पछिल्लो पटक नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने प्रयासमा सरकारका गतिविधि अगाडि बढेका छन् । नागरिक आन्दोलनकै कारण स्थापित गणतन्त्रमा सत्तापक्षको चरम उन्मादले अभिव्यक्ति स्वतन्त्रता, सभा गर्न, आलोचना गर्ने नैसंर्गिक अधिकार हनन हुनु व्यवस्थापकीय अन्तको संकेतको रुपमा हेर्न थालिएको छ । पछिल्लो पटक राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कति बचाऊँ महाअभियानका संयोजक दुर्र्गा प्रसाईको अभियानबाट सरकार आत्तिन थालेको छ । प्रसाईलाई मुलुकभरिबाट लाखौ सर्वसाधारणले अभियानमा स्वस्फूर्त साथ दिन थालेपछि र प्रसाईल दिँदै आउनु भएको अभिव्यक्तिले सरकार जुनसुकै हालतमा प्रसाई अभियान रोक्ने निष्कर्षमा पुगेको प्रष्ट हुन्छ । व्यवस्था फालेरै छोड्छु, राजसंस्था आजको अपरिहार्य आवश्यकता, राजसंस्था स्थापना गरेर छाड्छु, संघीयता खारेजी, लघुवित्त–सहकारी पीडितका पक्षमा आवाज उठाउनु, राज्यको सर्वाजनिक सम्पत्ति दोहन गर्नेलाई लखेट्न्े अभियान चलाएका प्रसाईप्रतिको नागरिकको क्रेजबाट सरकार, परम्परागत राजनैतिक पार्टीमा विचलन आएको थियो । दैनिकजसो परम्परागत राजनैतिक पार्टीबाट इमान्दार कार्यकर्ताहरु पार्टी छोडेर प्रसाईको अभियानमा जोडिन थालेका थिए । परिस्थिति यतिसम्म भएको छ कि परम्परागत राजनैतिक पार्टीहरुले जनसमक्ष पुग्ने हैसियत गुमाउँदै गएका थिए । जहाँ प्रसाई पुग्छन् त्यहाँ लाखौ सर्वसाधारणले उनको भव्य स्वागत गर्ने, राजनैतिक पार्टीहरुमाथि गालीको बौछार गर्ने, ढुंगामुढा गर्ने, सामाजिक सञ्जालमा अपशब्द बाल्ने क्रम बढ्दै गएको छ । प्रसाईको दिनप्रतिदिन बढ्दै गएको क्रेज रोक्न सरकारले कहिले कथित साइवर अपराध उजुरी गरी पक्राउ गर्ने, कहिले घरैमा नजर बन्द गर्ने कार्यलाई तिब्रता दियो । पछिल्लो पटक प्रसाइमाथि सोही प्रकृतिको अपराध सरकारले गरेको छ । साइवर मुद्धा चलाएर उनलाई गिराÏतार गर्नुका प्रमुख कारण उनले वतमान व्यवस्थाका विरुद्ध मंसिर ७ गर्ने काठमाण्डौ केन्द्रित आन्दोलनको आवहान गर्नु नै हो । काठमाण्डौ उपत्यकासँगै मुलुकभरिबाट १० लाख आम सर्वसाधारण प्रसाईद्वारा आवहान गरएको आन्दोलनमा आउने निश्चित थियो । जसलाई रोक्नु वर्तमान सरकारले आफ्नो हित अनुकूल सोच्यो । प्रसाईलाई राज्यका ज्यादतिले यतिबेला थप लोकप्रिय बनाएको छ । चौतर्फी प्रसाईको गिराÏतारीलाई लिएर सरकारप्रति सर्वसाधारणको आक्रोस चुलिदै गएको छ । यही परिस्थितिलाई मध्यनजर गरेर वर्तमान सरकारले मंसिर ७ गते काठमाण्डौको अति व्यस्त दरबारमार्ग परिषरमा शक्ति प्रदर्शनको नौटंकी गरी आफ्नो सम्पूर्ण ऊर्जा प्रसाइका विरुद्धमा खर्चियो । भेलामा १ लाख मानिस उतार्ने उसको घोषित लक्ष्य त पूरा हुन सकेन । १५–२० हजारका बीचमा अरुमाथि आक्षेप लगाएर आत्मसन्तुष्टि बटुल्यो । सरकार आफै शक्तिमा छ । राज्यका चारवटै सुरक्षा निकाय उसैको मातहतमा छ, स्रोत साधन उसकैको मातहतमा छ, केही हजार कार्यकर्ता अझै बाँकी छन्, फेरि शक्ति प्रदर्शनको औचित्य के ?