इटहरी । पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ ।ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ ।
सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्दा साविकको सडक साँगुरो भएका कारण दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । नेपाल प्रहरी रजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बढ्दो सवारी दुर्घनालाई न्यूनिकरण गर्न टाइम काड सिस्टम शुरु गरेका छौ । यसको सकारात्मक प्रभाव परेको छ । टाइम कार्डका कारण चालकहरु समेतले सावधानी अपनाएका छन् । समयमा सार्वजनिक यातायात छुट्ने र एक स्थानदखि अर्को स्थानसम्मको दूरीलाई मध्यनजर गरी समय तोकिएको हुँदा प्रतिष्पर्धा गरेर सवारी चलाउनेहरु सतर्क भएका छन् । सडक विस्तार भए यता कार्तिक सम्ममा ७६ जनाको सडक दुर्घटनमा मृत्यु भइसकेको छ । यसमध्ये मोरङमा २३, झापामा २९ र सुनसरीमा १४ जना रहेका छन् ।