नेपाल शिक्षक संघ सुनसरीको चैत्र ४ गते हुने निर्वाचनमा अध्यक्षमा त्रिकोणात्मक प्रतिष्पर्धा चार बर्षे कार्यकालमा संघको निर्वाचन नगरी सात बर्ष एकलौटी गरेको भन्दै सिग्देलको आलोचना

धरान । नेपाल शिक्षक संघ सुनसरीको ९ औं अधिवेशनले चैत्र ४ गते हुने निर्वाचनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघ सुनसरीको नेतृत्व हत्याउन यतिबेला तीन प्रतिष्पर्धीहरु निर्वाचनमा होमिएका छन् । त्रिकोणात्मक प्रतिष्पर्धामा रहेका अध्यक्षका प्रत्यासीहरु इन्द्रमोहन झा, वेणु सिग्देल र देवनारायण यादव आ–आफ्नो जितप्रति सुनिश्चित देखिएका छन् । अध्यक्षका...

गणेशचौक चिवाभन्याङ सडक ५१ किमी कालोपत्रे बाँकी

पाँचथर (फिदिम) । नेपाल  सरकारको गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु भारतको सिक्किम राज्यसँग जोडिएको पाँचथर जिल्लाको याङबरक गाउँपालिका वडा नं. २ स्थित चिवाभन्ज्याङ गणेशचौक सडकको काम सुस्त गतिमा अगाडि बढेको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिमको गणेशचौकबाट चिवा भन्ज्याङसम्म पुग्ने ६० किमी दुरी मध्ये हालसम्म थुर्पदोरोम्बासम्मको ९ किमी सडकको मात्र कालोपत्रे सडकको काम सम्पन्न भएको छ । मध्यपहाडी...

६ पार्टी बीचमा एकीकरण

धरान । आम निर्वाचनमा अस्तित्व समेत जोगाउन नसकेका, एउटै उद्देश्य भएपनि कहिल्यै एकै ठाउँमा उभिन नसकेका ६ साना क्षेत्रीय राजनैतिक पार्टीबीचमा एकीकरणको सहमति भएको छ । गत शनिवार झापाको विर्तामोडस्थित अतिथि सदनमा भएको भेला पश्चात स–सानो झुण्डमा रहेका ती राजनैतिक पार्टी बीचमा एकीकरणको सहमति भएको हो । एकीकरणको सहमति गरेका ६ वटै राजनैतिक पार्टीहरु विगतमा लामो समयदेखि प्रदेश नं. १ को...

सत्ता केन्द्रित राजनैतिक दलका कारण मुलुकमा विकृति मौलाउ“दै

सत्ता केन्द्रित (सत्ता लिप्सा चरित्र) राजनैतिक दलका कारण मुलुकमा चरम विकृति मैलाएको छ । जसरी हुन्छ हरेक राजनैतिक दल सत्ताकै लागि जस्तोसुकै हरकत गर्न पनि पछि नपर्ने भएका छन् । भर्खरै जन्मिएको राजनैतिक नामधारी पार्टी जसको न कुनै उद्देश्य छ, कुनै लक्ष्य छ, न कुनै आदर्श छ, न कुनै सिद्धान्त छ उ पनि सत्तामा पुग्न आत्तुर छ । इतिहास बनाएका राजनैतिक...

कोशी प्रदेश नामांकन विरुद्धको आन्दोलनले जनजीवन ठप्प : दर्जनौ पक्राउ पश्चात रिहा

धरान । प्रदेश नं. १ संसदले दुई हप्ता अगाडि दुई तिहाई भन्दा बढी वहुमतले कोशी प्रदेश नमांकन गरेपछि पहिचानवादीहरुको संयुक्त सघर्ष समितिले आइतबार आवहान गरेको बन्दले जनजीवन ठप्प भएको थियो भने बन्दका क्रममा अस्वभाविक गतिविधि गर्न खोजेको भन्दै प्रहरीद्वारा विभिन्न स्थानबाट पक्राउ परेका दर्जनौलाई साँझ रिहा गरिएको थियो । बन्दका कारण सुनसरी,मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम सबै भन्दा...

धनकुटा–धरान एकता समाजद्वारा वृहत स्वास्थ्य शिविर सञ्चालन : एकसय दश जनाको परीक्षण

धरान । हाम्रो अभियान स्वस्थ नागरिक समुन्नत समाजको नारा लिएर एक बर्ष अगाडि गठन भएको धनकुटा–धरान एकता समाजले शनिवार वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पक्षघात समूह (Stroke team ) का बरिष्ठ चिकित्सक, स्टाफ नर्सको सहयोगमा आयोजक धनकुटा–धरान एकता समाजद्वारा सञ्चालित स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । विभिन्न कालखण्डमा अवसर,  रोजगारी...

बन्द गर्न गएकालाई मेयरले उल्टै सम्झाएर पठाइदिए

धरान । पहिचानवादीहरुको आन्दोलनलाई समर्थन गदै एक दिन स्थानीय तह बन्द गरिदिन आग्रह गर्न पुगेका आन्दोलनकारीहरुलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उल्टै सम्झाएर पठाउनुभएको छ । कोशी प्रदेश नामाकरण  खारेजीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले स्थानीय तह मातहतका सबै कार्यालय बन्द गराउन नगरप्रमुख साम्पाङलाई आग्रह गर्न पुगेका उनीहरुलाई कोशी प्रदेश नामाकरणको विषयमा स्थानीय तहको भूमिका केही नरहने बताउनुभएको थियो । नगर...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रमिक महिलाहरु सम्मानित

धरान । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रमिक महिलादेखि लिएर व्यवसायिक, हस्तकला क्षेत्र तथा नर्स पेशामा योगदान पु¥याउने सात जना महिलाहरुलाई सम्मान गरिएको छ । ‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधि र महिलाको पहुचको विस्तार’ भन्ने मूल नाराका साथ महिला सञ्जाल धरानको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । श्रम क्षेत्रमा समर्पित धरानका त...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर रिट समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार राती ११ बजे सुनसरीको धरान उप–महानगरपालिका–१६ नौलोबस्तीबाट कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा घरको पछाडी लुकाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमा १५० एमजीको १२ हजार २ सय क्याप्सुल र स्पास्पिन ५...

अवैध सामान बरामद

झापा । झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भिœयाउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।  झापाको सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भिœयाउदै गरेको अवस्थामा घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ के.जि. सुपाडी, कपडा...