व्यवसायिक, दक्षता, कुशलताका कारण नेपाली सेनाले बेलायतमा भएको क्याम्ब्रियन गस्ती अभ्यासमा तेस्रो पटक स्वर्ण पदक प्राप्त गरेको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा सर्वाधिक उत्कृष्ट रहेको नेपाली सेना बेलायतको उक्त अभ्यासमा ३७ देशका १ सय २१ अन्तर्राष्ट्रिय सेनाहरु टोलीसँगै प्रतिष्पर्धामा रहेको थियो । बेलायतको वेल्स व्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यास २०२४ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेर एक पटक उसले आफ्नो कुशलता अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको छ । सानो मुलुक, अन्य देशको सेनाको संख्याको तुलनामा थोरै भएपनि नेपाली सेनाको व्यवसायिक कौशलताले यतिबेला सर्वत्र चर्चा पाएको छ । क्याम्ब्रियन गस्ती अभ्यासमा संयुक्त अधिराज्य बेलायतका सेनाको समेत सहभागिता रहेको थियो । बेलायतले त्यस प्रकारको अभ्यास सन् १९६० देखि नै सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले भने सन् २०१४ देखि सहभागिता जनाउँदै आएको छ । उक्त प्रतियोगितामा दुई दिनको अवधिमा हतियार एवम् ५० पौण्ड तौल भएका बन्दोबस्तीका सामाग्री ५० किमी दुरी पार गर्नुपर्ने थियो । यसका अलावा अभ्यास खेल वा प्रतियोगता लडाइँको तयारी, सशुत्रपक्षको खबर संकलन, घाइते सेनाको व्यवस्थापन जस्ता कार्यहरु समेटिएका थिए । नेपाली सेनाले विभिन्न शक्ति राष्ट्रहरुका सेनासँग नियमित शैन्य अभ्यास गर्दै आएको छ । जसका कारण आवश्यक युद्ध कौशल, विपद व्यवस्थापन तथा उद्वार लगायतका कुरामा दक्ष सावित भएको छ । पछिल्लो पटक देशभित्रै पनि नेपाली सेनाले विपद् व्यवस्थापन तथा उद्वार कार्यमा देखाएको कौशलता आफैमा अविस्मरणीय रहेको छ । असोज १० देखि १४ गतेसम्मको अविरल बर्षाका कारण सैयौले ज्यान गुमाउनु परेको, खरबौ बराबरको सम्पत्ति नष्ट भएको, हजारौ परिवार घरवारविहीन भएको कहालीलाग्दो अवस्थामा नेपाली सेनाले आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि व्यवस्थापनको कार्य गरेको थियो र गदैै आएको छ । प्राकृतिक विपत्तको यस अवस्थामा उद्वार तथा पुननिर्माणका लागि नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिनुले समेत नेपाली सेनाको कुशल दक्षता प्रष्ट हुन्छ । यतिबेला देशको राजधानीसँग जोड्ने मुख्य मार्गहरु तहसनहस भएका छन् । पहिरोले सडक क्षतविक्षत बनाइदिएको छ । करोडौका पुलहरु बगेका छन् । ती सबै पुल निर्माणमा नेपाली सेना जुटेको छ । चाहे त्यो सिन्धुली धुलीखेल सडक मार्ग होस्, चाहे धुलिखेल तातोपानी सडक होस, चाहे सिद्धार्थ राजमार्ग होस्, चाहे पृुथ्वी राजमार्ग होस, चाहे पूर्वी पहाडी राजमार्ग होस् सर्वत्र नेपाली सेनाले पुननिर्माणको कामलाई तिब्रता दिएको छ ।