धरान । सानै उमेरदेखि फुटखेललाई प्राथमिकता राख्दै विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गर्दै आएको धरान १८ स्थित डिपोट मा.विले यस बर्ष पनि विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकौ छ । विद्यालय स्तरबाटै बास्केट तथा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको डिपोटले यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिता ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसीको आयोजना गर्न लागिएको हो । प्रतियोगिता यही आउदो पुष १२ देखि १९ गतेसम्म डिपो माध्यमिक विद्यालयकै प्रांगरणमा हुन लागेको हो । बास्केट बल र फुटबल प्रतियोगितामा प्रशिक्षण नै राखेर कक्षा समेत सञ्चालन गर्दै आएको स्कूलले २०ै६२ सालदेखि निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
कक्षा–५ सम्मका १२ वर्ष उमेरका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने आयोजन गर्न लागेको प्रतियोगिता आयोजना गर्नुको प्रमुख कारण कक्षा ५ सम्ममा बालबालिकालाई खेलकुद गतिविधिमा संलग्न गराउने, सुनसरी भरिका नीजि विद्यालयहरुसँग सम्बन्ध विस्तार गर्ने, भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको विद्यालयका प्राचार्य राजकुमार राईले बताउनुभयो । स्कुल व्यवस्थापन समिति सदस्य एवम शिक्षा उपसमितिका संयोजक सूर्य पन्धाकले साना उमेरका विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गराउन र उनीहरूमा निहित खेल प्रतिभा उजागर गर्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउनकै लागि प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
प्राचार्य राजकुमार राईले सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरूलाई मात्र प्राथमिकताका आधारमा प्रतियोगितामा सहभागी गराइने गरिएको छ । प्रतियोगितामा पहिलो खेलमा पराजित हुने विद्यालयले प्लेट च्याम्पियनसिपको लागि प्रतिस्पर्धा गर्नेछन् । डिपो कप विजेताले रनिङ शिल्ड सहित नगद ११ हजार १११ रुपैयाँ पुरस्कार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ७ हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने विद्यालयले नगद ५ हजार १११रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । प्लेट च्याम्पियनसिपमा प्रथम हुने विद्यालयले नगद ३ हजार १११ रुपैयाँ रनिङ शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । प्लेट रनर अप ले नगद २ हजार१११ रुपैयाँ सहित रनिङ शिल्ड प्रमाणपत्र पाउने भएको छ ।
यसअघि १८ औँ संस्करणमाको विजेता नेपाल प्रहरी स्कुल धरान १४ र उपबिजेता बराह राईजिङ स्टार स्कुल वराहक्षेत्र बनेको थियो भने बिलिभर्स बोर्डिङ स्कुल धरान ५ तेस्रो स्थानमा रहेको थियो । प्लेट च्याम्पियनको उपाधि कार्मेल हाई स्कुल धरान–१८ ले हासिल गरेको थियो ।