डबल सर्किट हान्ने भएछन्
हाम्रा देशाँ पर्धानमन्तरी चीन भ्रमणमा गा’छन् । दक्षिणकाले बोलाएनन् उत्तरकाले त बोलाउ भन्या भन्यै गरेर काइँ काइँ गरेसी’ उत्तकारले भ्रमणका लागिम निम्तो पठाएछ । तर गज्जब त के छ भने गोडा दसेक जनालाई निम्तो ग¥या थियो उत्तरकाले पर्धानमन्तरी खप्रओ बा’को मनैले मानेन । अखिरी आफ्नो खर्च लाग्ने हैन सरकारी खर्च त हो भनेर भान्से देखि सांसद, मन्त्रीहरु सेहोरपटार पारर चुले निम्तो नै मान्न गैदिएछन् । एकदिन अगाडिसम्म चीन जानेहरुको लिष्टमा ३९ जनाको नाम थियो । जाने बलामा त बा’ले डबल सर्किट हान्देर ८७ जना पु¥याइदेछन् । बा’को मन कमलो छ जान्छु कि जान्छु भनेर राँडेरुवाई गर्न थालेसी’ लग्देछन् । हैन हौ चीनमा ठूलै मान्छेको सादी उदी, विहेबारी पो छ कि क्या हो ? जन्ती गा’ भन्दा बढी लावालस्कर पुगे
त ? गोडापाँचेक दिनको भ्रमणमा यसो देश पनि हेरौ मुख पनि फेरौ भन्ने लागेर बा’को पछि लाग्नेले त्यहाँ के गर्दा हुन् ? ठूला–ठूला घर हेर्ने, सडकतिर बरालिने, फुटो खिच्ने र फेसबुकमा पोस्ट्याउने र राति टन्न धोकर पसारिने मान्छे पनि त चाहियो । कि कसो हौ ?
ब्लु क्रान्ति र रातो क्रान्ति
दुनियाँको अरबौ रुपया सहकारीबाट ठगेर ब्लु क्रान्ति गर्ने घण्टे पार्टीका छाउराहरु यतिबेला लाखा पाखा लाग्न थालेछन् । अब त सडकमा देखिन पनि छाडे ।
सहकारी ठगका सुप्रिम कमाण्डर घण्टेलाई प्रहरीले कहिले पोखरा, कहिले चितौन, कहिले काठमाण्डौ, कहिले रुपन्देही झ्यालाङ्गकुट्टी पार्दै लैँजादा घण्टेका ढलान टिम छाउराहरु त्यसै रातारात पुग्ने गर्थे । अब चाहिँ मासुभात पाउन छोड्छन् कि ठगको भित्री सबै कुरा बुझेछन् ? सडकमा उफ्रिन छाडेका छन् । उता रातो क्रान्ति गरेर दुनियाँलाई रुवाएर पटक पटक बाल्वाटार र सिंहदरबार छिरेका प्रचण्डाउ हिरिक्क भइसके । कहिले एउटासँग लगानगाँठो कसेर अर्कोसँग पोइल जाने, कहिले अर्कोसँग लगनगाँठो कसेर अर्कोसँग हनिमुन मनाउने । अन्तमा लाउरेस र झालेमाले मिलेर वाल्वाटारबाट लघारेपछि विचराको अपानवायु बन्द भा’छ । हिजो आज त हप्तामा एकदिन लाउरेसलाई लौन निधउरे काजी पर्धानमन्तरी बनिदिनुप¥यो भनेर चिठ्ठी पठाउन थाल्या छन् रे । अघि राँडले मानिन पछि राँडले जानिन, बाघ लग्यो घिच्याउन राँड लागी चिच्याउन भन्या यही हो ।
पचास शिक्षक बेपत्ता
त्रिभुवन विश्व विद्यालयका ५० जना शिक्षक बेपत्ता भएछन् । सरकारी छात्रृवृत्तिमा विदेश पढ्न गा’का उनीहरु बेपत्ता भा’ हुन रे । हुन त ती ५० जना शिक्षधकहरुले समयमै बुद्धि पु¥याएछन् । फर्केर आएर विश्व विद्यालयमा घोप्टिएर अभावको जीवन बाँच्नु भन्दा उतै डेरा डण्डा जमाउँदा उनेरले श्रेयस्कर देखेछन् । सत्य पनि यही हो । आखिरी त्रिभुवन विश्व विद्यालयका शिक्षकहरु पो हुन त । लाटागाँडा त हैनन नि । राजस्व तिरेको तीन चार बर्षसम्म लाइसेन्स नपाउने, ५६ थरिका कर तिर्नुपर्ने, ओषधोपचार गर्ने नसकिने, हरेक कुरामा लाइन लाग्नुपर्ने, न सुरक्षा छ अनि लापत्ता हुने नै भए ।
अब थुतुनो चलाउन नपाई
सामाजिक सञ्जालमा जथाभावि थुतुनो चलाउनेहरुलाई गृह मन्त्रालयले अब गोर्खेलौरी ठोक्ने भएको छ । अस्तिका दिन उसले सबैलाई थकाउँदै एउटा विज्ञप्ती निकालेछ । सामाजिक सञ्जालमा थुतुनो चलाउनेहरुलाई पानीमुनी भएपनि निकालेर कारबाही गर्ने भन्द्या छ । तर गृहको पत्रको थुतुनेहरुलाई कुनै प्रभाव नपरेको देखिन्छ । हैन हौ थुतुनो पनि के औधी चलाएको हौ ? लाग्छ तिनलाई थुुतुनो चलाउन दक्ष थुतुने शिक्षकले कुशलतापूर्वक तालिमै द्या छन् । भएजति आएजति सबै बक्या छ । बेरोकटोक भन्या छ । हैट प्रशिक्षित थुतुनेहरुलाईचाहिँ मान्नैपर्छ ।
उठाए त उठाए
धरानका मेयर हर्कु साम्पाङ्ग पनि विचित्रकै छन् । हिजोको दिनमा उन्ले माउवादी भएर चन्दा उठाए अहिले मेयर भएर चन्द उठाउँदैछन् भनेर विचरालाई हायलकायल पारिरा’छन् । हिजो माओवादीको नाममा चन्दा उठाए त के विराए ? उन्लाई नि पैसा चाहिएको थियो । चन्दा नउठाउने को होला ? ल्याकतले भ्याए सम्म सबैले उठाएकै छन् । माओवादी भनेर पैसो उठाउँदा अलि ग्वाम्मै आउथ्यो त्यही गरे । आज मेयर साहब भएर उठाउँदा बेलायतदेखि ह्वारह्वार्ती झर्छ । भोलि मेयरबाट सडकमा आएसी’ कस्ले पत्याउने ? साह«ै बाठा हुन हर्कु । जस्तो आँगन त्यस्तै नाचिदिन्छन् । जुन बेला जसको चल्ती छ त्यसेको भाउ त बढ्ने हो । मौका यही हो हर्कु । अरुले डाहा गरेर हुन्छ ? चन्दा उठाउन पनि खप्पराँ लेखिएको हुनुपर्छ । कि कसौ हौ ?
हावा हो कि सा“च्चै हो ?
मधेश प्रदेशका कानुन, गृह तथा सामाजिक विकास मन्तरी यतिबेला थर्कमान छन् । विचरालाई धम्की आउन थाल्या छ रे । वाहियात कुरा गरेर राजकुमार लेखीले सो सहानुभूति बटुल्न खोज्या जस्तो छ । तिनलाई भूमिगत समूहका संयोजक जयकृष्ण गोइतले धम्की द्या रे । थपक्क दिएर कुरा सामसुम पार्नुपर्ने ठाउँमा अझ उराल्दै पो हिडेछन् । अरु सर्वसाधारणको सुरक्षा गर्ने मन्त्रालयमा बनेर आफै असुरक्षित हुनेले किन बस्नु ? यस्ता हुतिहारा मन्त्रीबाट सर्वसाधारणले कस्तो सुरक्षाको अनुभूति गर्नु ? मलाई गोइतले वाट्सअपबाट पैसा मागेको तर आफूले नदिने भनेपछि धम्की द्या रे । हावा मन्तरी । जयकृष्ण गोइतले त्यसै लेखीसँग पैसा मागेको पक्कै होइन । पक्कै पनि लेखीले टन्नै जम्मा गरेको सुइँको पाएको हुनुपर्छ । गोइतले अरु मधेश प्रदेशका मन्त्रीसँगचाहिँ पैसा नमाग्नु लेखीसँग मात्र माग्नुले पक्कै कुछ कुछ वात छ ।
सरकार ढल्दैन रे
झालेमाले्बाट उपप्रधान तथा अर्थमन्त्री बनेका ललिता निवास जग्गा काण्डका मुखिया विष्णु पौड्यालले अस्तिका दिन बुटवलतिर गएर खोक्नुसक्म खोकेछन् । खोकाई पनि लत्तरो हो र ? कसैले नपत्याउने गरी त्यसरी खोक्ने कला त पक्कै पनि आफ्ना गुरु खप्रओबाटै सिक्या होलान् ? यो सरकार कुनैपनि हालतमा ढल्दैन रे । सरकार ढाल्न प्रचण्डाउले धामी झाँक्री ग¥याग¥यै छन् । गोप्य रुपमा बुढानिलकण्ठे र्याले् काजीलाई लभ लेटर पठाकापठायै छन् । ठाम ठाममा भाषण छाट्याछाट्यै छन् । ठीकै दाउ खेल्न माहिर प्रचण्डाउको कोपभाजनबाट र्याले काजीलाई जोगाउनचाहिँ निगरानी बढाउनु् पर्ला जस्तो छ । ज्योतिषीले ७ पटक पर्धानमन्तरी हुन्छस् भनेर र्याले् काजीको चिना टिपन हेरिसक्या छन् । ढल्दैन भनेर ढुक्कचाहिँ नपर है पोख्रेल बा’ ।
अन्तेमा
अमेरिकामा सडकमा ठेला राखेर पानीपुरी बेचेर एकलाख कमाउँथे भन्ने ध्वाँस पिटेका सहकारी ठग घण्टेका स्थानीय निर्वाचन भएको उप निर्वाचनमा उमेद्वारै पाएनछन् । टुरिष्ट भिषामा नेपालमा आएर सर्वसाधारणको आनासुक्का गरेर जम्मा गरेको करोडौ रुपैया ठग्ने घण्टेले उमेद्वार नपाउनु स्वभाविकै हो । हिजोआज त घण्टेका छाउराहरु सार्वजनिक स्थलमै कानेखुशी गर्न थाल्या छन् घण्टे ठग नै हो । कारबाही हुनुपर्ने नै थियो भयो । यस्तै हुन्छ भन्ने कुरा हामीलाई थाहा थियो भन्न थाल्या छन् । यस्तो अवस्थामा घण्टे पार्टीबाट उप निर्वाचनमा कस्ले उमेद्वारी दिन अगाडि सर्छ त ? घण्टे पार्टीका मुखिया नै ठगी काण्डमा जाक्या जाक्यै छन् । ठग्न पनि के साह«े जान्या हो हँ ? ्रनागरिकतामा राज्यलाई नै बेकुब बनाएको छ, पासपार्टमा यस्तै । आप अब घण्टे गेले । छाउराहरुले बेलैमा मार्ग प्रसस्त गर्ने हो कि ?