स्थानीय निकायको आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेस अधिकांश स्थानमा विजयी

धरान । विविध कारणले रिक्त हुन गएका स्थानीय निकायका रिक्त ४४ स्थानको आइतबार भएको निर्वाचनमा अधिकांश स्थानमा नेपाली काँग्रेसका उमेद्वारहरु विजयी भएका छन् । मुलुकका विभिन्न स्थानमा भएको स्थानीय निकायको रिक्त स्थानमा निर्वाचन आयोगद्वारा घोषित परिणाम अनुसार नेपाली काँग्रेसले किर्तिपुर नगरपालिकाको प्रमुख, खोटाङ जिल्लाको समन्वय समितिको प्रमुखमा निर्विरोध सहित २४ स्थानमा आफ्नो वर्चस्व कार्यम गरेको छ । कुल ४४ स्थानमा भएको निर्वाचनमा एमालेले ९, माओवादीले ७, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृतले १, रास्वपाले १, नेमकिपाले १ र १ जना स्वतन्त्र उमेद्वार विजयी भएका छन् । जान्नेलाई छान्ने भन्ने नारा अघि सारेको सहकारी ठगी मुद्धामा प्रहरी हिरासत अदालती बयान दिँदै हिडेका रास्वपाका अध्यक्ष रवि लामिछाने घोषित मत परिणाबाट लज्जास्पद रुपमा किनारा लागेका छन् । रास्वपाले मोरङको उप निर्वाचनमा ३७५, ताप्लेजुङको निर्वाचनमा ७, तेह्रथुमको निर्वाचनमा ३८, सुनसरीको निर्वाचनमा ३३, ओखलढुंगाको निर्वाचनमा १५१, उदयपुरको निर्वाचनमा २०२, धनुषाको निर्वाचनमा १०, महोत्तरीको निर्वाचनमा ४, नुवाकोटको निर्वाचनमा ८३२, मकवानपुरको निर्वाचनमा ८३, गोरखाको निर्वाचनमा ८२, गुल्मीको निर्वाचनमा ४३, कपिलवस्तुको निर्वाचनमा ९२, बर्दियाको निर्वाचनमा १०, दैलेखको निर्वाचनमा ५३, रोल्पाको निर्वाचनमा ७, कालिकोटको निर्वाचनमा ५, जाँजरकोटको निर्वाचनमा १७९, डोटीको निर्वाचनमा ३१ र कञ्चनपुरको निर्वाचनमा २११ मत मात्र प्राप्त गरेको छ । काठमाण्डौ वडा नं १६ को वडाध्यक्षको उप निर्वाचनमा माओवादीसँग एलाइन्स गरेका कारण उक्त स्थान उसले विजयी प्राप्त गरेर खातासम्म खोल्न सफल भएका छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले कही पनि खाता खोल्न सकेनन् ।
सबै ध्यान किर्तिपुरमा : काँग्रेसले बाजी मा¥यो


हालै सम्पन्न उप निर्वाचन अन्तर्गत किर्तिपर नगरपालिकको निर्वाचन (प्रमुख पदका लागि) प्रमुख राजनैतिक दलहरुले सम्पूर्ण शक्ति खन्याए पनि अन्ततः नेपाली काग्रेसले आफ्नो पुरानो शाखलाई जोगाउँदै बाजी मारेको छ । किर्तिपुरको उपनिर्वाचनमा सत्तारुढ घटक एमाले तेस्रो भएको छ भने रास्वपाले उमेदर नै पाउन सकेन । निर्वाचनको परिणाम अनुसार नेपाली काँग्रेसका कृष्णमान डंगोलले ५ हजार३३४ मत ल्याई विजयी भएका थिए । उक्त निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिएर चर्चा बटुल्न सफल सफाई अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाएका थिए भने अर्का स्वतन्त्र उमेद्वार कविकुमार महर्जनले १ हजार ३१४, दिनेशकुमार अधिकारीले १ हजार ४८ र राप्रपाका धुव्र महर्जनले ९९५ मत पाएका थिए ।
बुई चढेर एक वडा जित्दा रास्वपाको फूर्ति
माओवादसँग साँठगाँठ गरेर मुलुकभरि भएका ४४ स्थानको स्थानीय तहको उप निर्वाचनमा काठमाण्डौ वडा न १६ मात्र झिनो मतले विजयी पाएको रास्वपा अधिकांश स्थानमा जिते सरह स्याल हुइøयाँ फैल्याएका छन् । काठमाण्डौ महानगरपालिका वडा नं. १६ मा कुल मतदाता संख्या २१ हजार १५ रहेकोमा १० हजार ५५६ मात्र झरेको थियो । झरेको मतमध्ये रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरेकी थिइन् । यस भन्दा अगाडि उक्त वडामा २ कार्यकाल नेपाली काँग्रेसले निर्वाचन जितेको थियो । काठमाण्डौ वडा नं. १६ सहरी विकास मन्त्री प्रकाशमान सिंहको मतदान गर्ने वडा समेत हो । यस भन्दा अगाडि सिंहकै क्याम्पका मुकुन्द रिजालले निर्वाचन जितेका थिए । नेपाली काँग्रेसका नेता तथा मन्त्री समेत रहेका सिंहको वडामा अन्यले निर्वाचन जित्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । नेपाली काँग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत मात्र प्राप्त गरेका थिए । हुन त काठमाण्डौ वडा नं. १६ को वडाध्यक्षको निर्वाचन भन्दा रास्वपाकले अन्यत्र कही पनि जित निकाल्न सकेन । उसले ४४ स्थानमध्ये २२ स्थानमा त जमानत जोगाउन समेत सकेन ।
सिके राउतको जनमत पार्टी सहभागितामै सीमित
मुलुक विखण्डनको मृुद्धा उठान गरेर राष्ट्रिय राजनीतिमा आउन सफल सिके राउतको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा सहभागितामा मात्र सीमित हुन पुग्यो ।जम्मा ४४ स्थानको मत परिणाम सार्वजनिक हुँदा उक्त पार्टीबाट उमेद्वारी दिएका कुनै पनि उमेद्वारले विजयी हासिल गर्न सकेनन् । यतिमात्र नभएर त्यस पार्टीका उमेद्वारहरुले जमानत समेत जोगाउन सकेनन् । मोरङको ग्रामथान गाउँपालिकामा उमेद्वार दिएका विनोदकुमार माझीले जम्मा ४२ मत मात्र प्राप्त गरे । त्रिजुगा नगरपालिका वडा नं. १२ बाट उमे्वारी दिएका प्रमोद मलाहा यादबले ६० मत ल्याए, झापाको कन्काई नगरपालिका वडा नं. ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेसरी नगरपालिका वडा नं १ मा शैलेन्द्र कुमार साहले ७४ मत, सोही नगरपालिकाको वडा नं. ४ मा उदय
नारायण पण्डितले २२१, रौतहटको इशनाथ नगरपालिका वडा नंं ७ मा शेख जामिरुलले १३५, गढीमाई नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत मात्र प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया