महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

धरान । महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानरपालिका १६ नं. वडा कार्यालयले विगतदेखि नै महिला लक्षित तालिमको आयोजना गर्दै आएको छ । पछिल्लो समय महिलाकै इच्छा अनुसार अनुसार सौन्दर्य सम्बन्धी तालिम शुरु गरिएको छ । महिलालाई समाजमा स्थापित गराउनका लागि सबैभन्दा पहिला आत्मनिर्भर बनाउन आवश्यक छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारले महिला लक्षित...

स्थानीयको माग बमोजिम बन्दै गरेको प्रहरी चौकी निर्माणमा मेयरकै अवरोध

धरान । धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप केही बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध...

उर्लाबारीका शिक्षकद्वारा यौन दुव्यवहार

मोरङ । मोरङको उर्लाबारीका एक शिक्षकद्वारा आÏनै विद्यार्थीमाथि यौन दुव्र्यवहार भएको खुलेको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित राधिका माविका शिक्षकद्वारा विद्यार्थीमा यौन दुव्र्यवहार भएको रहस्य खुलेको हो । झापा स्थायी घर भएका शिक्षक तीर्थ श्रेष्ठले जेठ ३० गते बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा गरेको नियमित अनुगमनका क्रममा उक्त घट्नाको रहस्य बाहिरिएको हो । हाल उनलाई...

तराईमा अत्याधिक गर्मी, गर्मी छल्ने उपयुक्त स्थान भेडटार बन्दै

धरान । छिनमै घाम लाग्ने, छिनमै हुस्सुले गाउँ नै छोप्ने विशेषता साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारको विशेषता नै हो । तराईमा टन्टलापुर घामसँगै खप्नै नसक्ने गर्मी हुदा यहाँ हुस्सुले भेडेटार छेकेर चिसो महसुस गर्न पाइन्छ । पछिल्लो समय तराईमा गर्मी बढेसँगै भेडेटारको प्राकृतिक मनोरमसँगै शितलताका लागि जाने सर्वसाधारणको सख्या पनि उत्तिकै बढ्दै गएको छ ।इटहरीको खपिनसक्नु गर्मी छल्न भेडेटार पुग्नु...

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी मजदुरलाई सम्मान

धरान । नेपाल सरकारले २०७५ सालमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत नेपालका ७ सय ५३ वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको थियो । सो कार्यक्रमबाट २०७५ मा वित्तीय सामाग्री खरिद तथा व्यवस्थापन भएको र २०७६ साल देखि कामका लागि पारिश्रमिक आयोजनामा शुरु गरेको थियो । सोही अनुरुप धरान उपमहानगरपालिकाका सुचिकृत बेरोजगार व्यक्तिहरुलाई १ सय...

बर्षिकोत्वसको अवसरमा सम्मान

धरान । नेपाल अगवाल महिला मञ्च धरान सुनसरीले आफ्नो बार्षिक साधारणसभाको अवसरमा समाजमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ । संघले भव्य कार्यक्रमको आयोजना गरी सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अग्रवाल महिलाहरुलाई समाजम स्थापित गराउदै सामाजिक कार्यमा अग्रसर गराउन २०७५ सालमा स्थापना भएको मञ्चले गठन भएयता धेरै सामाजिक कार्यमा सक्रिय भइसकेको छ । समाजकी अध्यक्ष इन्दु तोदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यो मञ्चले...

धनकुटा जिल्लामा चल्ने सार्वजानिक सवारी साधनहरुमा टाईम कार्ड लागु

धनकुटा । धनकुटा जिल्लामा चल्ने यात्रु वाहक सवारी साधनहरुमामा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी यात्रु महानुभावहरुको सुरक्षित यात्राको लागी कोशी लोकमार्ग अन्तरगत भेडेटार देखि सिधुवा सम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनमा टाईम कार्ड लागु गरिएको हो । असार १ गते साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त...

बेलिबृज भाँचिदा तीन कामदारको मृत्यु

पाँचथरे । मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन् । जेठ ३१ गते बेलुका बेलीबृज...

धरान उपमहानगरपालिकामा तनावै तनाव

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र मेयरका रुपमा हर्क साम्पाङ निर्वाचित भएर तीन बर्ष वितिसक्दा पनि वडाध्यक्ष, कार्यपालिका सदस्यहरु एक मत नहुदा अधिंकांश समय तनावमै वित्ने गरेको छ । निर्वाचित भएपछि बसेको पहिलो कार्यपालिका बैठकबाटै मेयर र अन्य जनप्रतिनिधिबीचको मनमुटावका कारण कतिपय कार्यपालिका बैठक बस्न सकेको छैन भने कामकारबाहीमा समेत विवाद उत्पन्न हुने गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ...

महिलालाई कानुनसम्बन्धी जानकारी गराउन प्रशिक्षण

धरान । नेपालको संविधानमा महिलालाई धेरै अधिकार प्रदान गरेको छ । महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत समेटेर संविधान निर्माण भएपनि धेरै महिलाहरुलाई कानुनी प्रावधान नै थाहा छैन । जसले गर्दा महिलाले संविधानमा उल्लेख भएका कानुनी प्रावधानको उपयोग गर्न पाएका छैनन । यसैलाई मध्यनजर गरी धरानमा महिला लक्षित प्रशासकीय एवम् कानुन सम्बन्धी एक दिने प्रशिक्षण दिइएको छ । नेपालमा...