नेपालको पहिलो स्टोन स्किपिङ (पानी सुल्के) खेलमा चतराका राहुल लिम्बु बने बिजेता

नेपालमै पहिलो पटक आयोजना गरिएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ । चतरा हाईकिङ ग्रुपको आयोजनामा मंगलबार नगरपालिकाको वार्ड १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भए । प्रथम बनेका राहुल लिम्बुले पहिलो चरण पार गरि दोस्रो चरणको सेटमा...

नेपालको मौलिक खेल स्टोन स्पिकिङ (पानी शुल्के) चतरामा हुने

धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् । सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन । तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन...

भारतीय दुतावासद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

काठमाण्डौ । भारतीय राजदुतावास काठमाण्डौद्वारा कार्तिक ९ गते विहीबार कप्तान रोहित पौड्याल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुलाई दुतावासमा स्वागत समारोहको आयोजना गरियो ।  उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सरिन स्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यवसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको...

डिपो कप आगामी मंसिरको पहिलो सातादेखि

धरान । विद्यालय स्तरबाटै फुटबल खेलको विकासमा अहोरात्र खटिएको धरान १८ ललित अम्बर डिपो माविले यस बर्ष पनि डिपो कपको १८ औं संस्करण तथा दिलकुमार प्लेट च्याम्पियन २०८० मंसिरको दोस्रो सातामा गर्ने भएको छ । कक्षा ५ सम्म अध्ययनरत १२ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गरी ०६१ सालदेखि निरन्तर आयोजना गर्दै आएको डिपो यो प्रतियोगिता कोभिडका समयमा बीचमा रोकिएको भए पनि...

पूर्व खेलाडीहरुद्वारा प्लेयर बक्स निर्माण

धरान । धरान रंगशालामा पूर्व खेलाडीहरूले प्लेयर बक्स निर्माण गरिदिएका छन् । धरानका पूर्व खेलाडीहरूको संस्था हाम्रो धरान भेट्रान क्लवले रंगशालामा प्लेयर बकस निमार्ण गरिदिएका हुन् । भेट्रान क्लवले निर्माण गरेको प्लेयर बक्स कोशी फुटबल संघ अध्यक्ष किशोर राई र जिल्ला खेलकुद विकास समिति सुनसरी अध्यक्ष दिपक राईले उद्घाटन गर्नुभएको थियो । १ लाख ७० हजारको लगानीमा प्लेयर बक्स निमार्ण गरेको...

प्याव्सन एन्फा प्रेसिडेन्ट कप सम्पन्न

धरान । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक सुनसरी जिल्लाभरिका नीजि विद्यालय समावेश गरेर व्याव्सनमा आवद्ध विद्यालयलाई समावेश गरी फुटबल प्रतियोगिताको लिंग गेम सञ्चालन  गरिएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन भएको थियो । ‘प्याब्सन एन्फा प्रेसिडेन्ट कप’ नामले सञ्चालन भएको विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र सबैभन्दा...

सितेरियो कराँतेमा आकर्षण बढ्दै

धरान । नेपालले सितोरियो करातेमा नेपालले गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हँुदै गएका छन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ ।...

फिफा कनेक्ट कार्यबाला गोष्ठी सम्पन्न

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमै पहिलो पटक ‘फिफा कनेक्ट’ कार्यक्रम जिल्ला स्तरमा सुरु गरेको छ ।  कोशीप्रदेश फुटबल संघको समन्वयमा जिल्ला फुटबल संघका पदाधिकारीलाई सहभागी गराई ’फिफा कनेक्ट’ बारे कार्यशाला सुरु गरेको हो । कार्यशालामा १४ जिल्लाका फुटबल संघका पदाधिकारी सहभागी छन् । सहभागीलाई प्राविधिकहरुले कार्यशालामार्फत तथ्यांक प्रविष्टिलगायतका सीप प्रदान गर्ने  छन् । ’फिफा कनेक्ट’ सफ्टवेयरमार्फत...

सन्तानको स्मृतिमा बास्केटबल प्रतियोगिता

धरान । जोकोही पनि आफ्ना सन्तानलाई गुमाउनु पर्दा पीडा हुन्छ्, जीन्दगीभर चोट सहेर बस्छन् । जीन्दगीभर त्यो चोटले पिरोलिरहन्छ । तर रचनात्मक कार्यमा ध्यान जादैन । धरान १८ का एक दम्पत्ति आफ्नो एक मात्र छोरालाई गुमाउनु पर्दा पनि उनीहरुले छोराले छोडेर गएको अधुरो सपना पूरा गराउन त्यसमै लगानी गरेका छन् । बास्केटबलका उदयीमान खेलाडी ती सन्तानको इच्छा पूरा गर्न गत...

कोरा राइड च्यालेन्जबाट उठेको रकमबाट बेड सहयोग

धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् । गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट  धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् । कोरा राइड च्यालेन्ज २०८० का संयोजक...