नेपाली का“ग्रेसका मसिहा सुवर्ण शमशेरको ११५ औं स्मृति दिवस

कार्तिक २४ गते शनिवार नेपाली काँग्रेस जन्माउने, हुर्काउने, नेपालको प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्वसँगै अािर्थक सहयोग गर्नुहुने काँग्रेसका मसिहा सुवर्ण शमशेरको ११५ र्औ स्मृति दिवसमा काँग्रेसका कुनै पनि तह र वर्गका नेताले उहाँप्रति स्मरण, श्रद्धासुमन समेत प्रकट गरेनन् । सत्ताको उन्मादमा नेपाली काँग्रेज आजको दिनसम्म आइपुग्दा यति स्खलित, निकम्बा होला भनेर कसैले सोचेको समेत थिएन । सुवर्ण शमशेरको नेपाली काँग्रेसमा त्याग र समर्पण भौतिक रुपमा मात्र नभएर काँग्रेसका लागि आन्दोलनमा सम्पूर्ण आर्थिक व्ययभार समेत व्यहोरेको एउटा सच्चा सपुत हुनुहुन्थ्यो ।सुवर्ण शमशेरलाई कुनै कुराको अभाव थिएन । सन् १९०९ फ्रेुअरी १६ मा काठमाण्डौको टंगाल दरबारमा उहाँको जन्म भएको थियो । श्री ३ महाराज भीम शमशेरका नाति, हिरण्य मशेरका छोरा सुवर्ण शमशरले सन् १९३२ मा कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गर्नुभएको थियो । राणा कुलमा जन्मेर पनि उहाँले आफ्नै अध्यक्षतामा नेपालबाट एकतन्त्रीय जहानीय राणा शासन समाप्त गर्न २००५ सालमा प्रजातान्त्रिक काँग्रेस पार्टीको स्थापना गर्नुभएको थियो । जसमा महेन्द्र विक्रम साह, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय लगायतका दिग्गजहरु रहनु भएको थियो । उहाँले विस्तारै नेपालमा प्रजातन्त्र स्थापना र राणा शासनका विरुद्धमा अभियान चलाउन थाल्नु भयो । यता २००३ सालमै बनारस बसेर बीपी कोइराला लगायते गठन गरेको नेपाली राष्ट्रिय कांग्रेसले पार्टी गठन गरे पनि राणा शासन विरुद्ध, प्रजातन्त्रका लािग कुनै काम गर्न सकेको थिएन । सुवर्ण शमशेरसँग आर्थिक अवस्था र कार्यकर्ता प्रसस्त थिए । तर दुवैको उद्देश्य एक भएकोले दुवैका शीर्ष नेता बीपी र सुवर्ण शमेर बीचमा भएको भेटवार्ता र छलफल पश्चात २००७ साल चैत्र २७ ते कलकत्ताको टागर हलमा दुवैको एकीकरण भई नेपाली काँग्रेसको स्थापना भयो ।
शनिवार अर्थात सेक्टेबर ९ तारेख उहाँको स्मृतिमा दिवस । अत्यन्तै सौम्य प्रजातन्त्रप्रतिको समर्पण, सबै प्रतिको सद्भाव सुवर्ण शमशेरका अविस्मरणीय गुण थिए । दुवै पार्टीको एकीकरणपश्चात २००७ साल असोज १० र ११ गते भारतको वैरगनियामा संयुक्त सम्मेलन भयो । उक्त सम्मेलनले २००७ साल कार्तिक २५ गतेदेखि जनक्रान्ति गर्ने घोषणा ग¥यो । जन क्रान्तिका लागि ठूलो मात्रामा हातहतियार, लडाकु दस्ताको आवश्यक पर्ने नै भयो । यी दुवै कुरा सुवर्ण शमशेरले जुटाइदिनुभयो । सुवर्ण शमशेरले २००७ सालको क्रान्तिमा हातहतियार खरिद गर्न एकमुष्ट २५ लाख रुपैया दिनुभयो । सोही रकमबाट वर्माबाट राणा शासनको विरुद्ध जनक्रान्तिका लागि हतियार खरिद मात्र गरिएन महावीर शमशेरको जहाज हिमालय एंभिएसबाट पटनाको बनारस नजिकको चौरमा ल्याइयो । त्यसबेला पटनाका मुख्यमन्त्री (विहार श्रीकृष्ण सिहको ) सहयोगमा ट्रकमा नेपाल भिœयाइयो । यतिमात्र नभएर सुवर्ण शमशेरले आफ्नै भान्जा जो सुवास चन्द्र बोसका आजाद हिन्द फौजका सेना थिर बम मल्ललाई मुक्ति सेनाको नेतृत्वमा चयन गर्नुभयो । जनक्रान्ति शुरु हुनुभन्दा अगाडि मल्लले ती हतियार वडो गोप्य ढंगल देशका विभिन्न भागमा पु¥याउनुभयो । झण्डै चार महिनापछि देशबाट राणा शासनको पतन भयो ।यतिमात्र नभएर २०१७ साल पौष १ गते पनि भागेर प्रवासमा बसेका सम्पूर्ण कार्यकर्ताको भरणपोषणमा गर्नुभयो । २०२५ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर कलकत्ताबाट आएर बीपी लगायतका नेताहरुको विदाई गराउनुभयो । यस्ता सपुतको आज नेपाली काँग्रेसले स्मरण सम्म गर्न उचित ठानेन ।

तपाईको प्रतिक्रिया