पिण्डेश्वरमा सद्विज छर्नेको भीड : धर्मप्रति सबैको आस्था बढ्दै

धरान । आज शनिवार बालाचर्तुदशी पर्व । दिवंगत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै शनिवार बिहानैदेखि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको शुक्रबार रातिदेखि नै धरानमा भीड लागेको थियो । सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजको दिन सदिवज दिवंगत पितृहरुको आत्माले शान्ति पाउने जन विश्वास रही आएको छ । यस्तै अघिल्लो दिन साँझ बत्ती बालेर जाग्राम बस्ने प्रचलन छ । पितृहरुलाई अँध्यारोबाट मुक्ति दिँदै उज्यालो देखाउन बत्ती बाल्ने गरिएको भन्ने मान्यता रही आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा हिजो साँझबाटै सदविज छर्न आउनेहरुको भीड लागेको थियो । साँझ बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले विहान सदिज छरेका थिए । दिवंगत आत्माको शान्ति पाउने सद्विज छर्न गएका भक्तजन धर्मराज तिम्सिनाले बताउनुभयो ।


मन्दिरमा बत्ती बाल्दा, सद्विज छर्दा र साधु सन्तलाई जतिसक्दो सहयोग गरेका खण्डमा पितृहरु खुशी हुने जनविश्वास रहेको छ । बत्ती बाल्दा अँध्यारोमा बसेका पितृहरुलाई उज्यालो हुने र बाटो देख्ने मान्यता रही आएका कारण बालाचर्तुर्थीका दिन प्रत्येक बर्ष बत्ती बाल्ने र सद्विज छर्ने गरेको पिण्डेश्वर मन्दिरमा भेटिएकाहरुले बताएका छन् । पितृहरुलाई सम्झेर बत्ती बाल्ने र सद्विज छर्दामात्र आर्शिवाद प्राप्त हुने जनविश्वासका साथ उनीहरुले त्रयोदशीका दिन राति जाग्राम बसेर बत्ती बाल्ने र बाला चर्तुदर्शीका दिन सद्वी छर्ने गरिएको सर्वसाधारण बताउँछन् । खासगरी अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरुको लागि सम्पन्न गर्नुपर्ने नियम पुरागर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास समेत रहेको छ । यसलाई मध्यनजगर गरी धरान १४ को विजयपुरमा रहको रुद्राक्षरण्य पिण्डेश्वर मन्दिरमा बर्षेनी बालाचर्तुदशीका दिन भीड लाग्ने गरेको छ । यहाँ नेपालका विभिन्न ठाउँ तथा भारतबाट समेत सद्विज र्छनकै लागि आउने गरेका छन् । छरेको सद्विज चराचुरुङीले खाए पितृहरुले पाउने मान्यता रहेको सद्विज छर्न आएका कतिपय भक्तजनहरुले बताउने गरेका छन् । धरान उपमहानगरपालिका वडा नंं ८ की सदस्य एवम् कार्यपालिका सदस्य सावित्री परियारले पितृमोक्ष हुने विश्वासकै आधारमा सद्विज छर्न आएको बताउनुभयो । विश्वास बढेकै कारण बर्षेनी भक्तजनहरुको संख्या थपिदै गएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । त्रियोदशीको रातीबाटै अत्यन्तै भीड रहेको मन्दिरमा बालाचर्तुदशीका दिन सद्च छर्नेको भीड समेत अत्याधिक रहेको समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । सद्विज छर्न रु आउनेहरु बृद्धबृद्धामात्र हैन युवा पुस्ताको सहभागिता समेत उत्तिकै देखिन्थ्यो । सद्विज छर्ने परम्पारलाई हिन्दु सनातन धर्मालम्बीहरुले पितृहरुको सम्झनामा गरिने मुख्य पर्वको रुपमा लिने गरेका छन् । पछिल्लो समय युवा, युवती, बृद्धबृद्धा सबैले यो पर्वलाई आत्मसात गर्दै पितृलाई शान्ति प्रदान गर्दै आफूले आर्शिवाद ग्रहण गर्ने दिनको रुपमा लिएर पितृको नाममा अघिल्लो रात बत्ती बालेर जागाम बस्ने र बाला चर्तुदशीका दिन सदविज छर्ने प्रचलन बढ्दै गएको छ । धर्मप्रतिको आस्था बढाउनमा यस्ता पर्वले ठूलो सहयोग पु¥याएको छ ।

तपाईको प्रतिक्रिया