धरान । कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायतमा शनिवारदे्खि टाइमकार्ड लागू गरिएको छ । दुई हप्ता अगाडि खनारमा एक स्कूले छात्राको सार्वजनिक सवारी साधनको ठक्करबाट मृत्यु भएपछि सरोकारवालाहरुले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गर्ने निर्णय गरेका थिए ।
कोशी प्रदे्शका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले शनिवार मोरङ्गको गछियामा आयोजित कार्यक्रममा बस चालक अशोक टुटुलाई पहिलो टाइमकाड हस्तान्तरण गरी यसको शुरुवात गर्नुभएका थियो । विराटनगर काँकडभिट्टा बस चलाउँदै आएका टुटुलाई उहाँले जिम्मेवार चालक हुन समेत आग्रह गर्नुभएको थियो । दैनिक जसो प्रतिष्पर्धात्मक रुपमा एकले अर्कोलाई उछिन्ने, तिब्र गतिमा सवारी सञ्चालन गर्ने प्रवृत्तिले दैनिक दुर्घटना न्यूनिकरण गर्न टाइमकार्ड उपयोगी हुने डिआइजी खापुङले विश्वास व्यक्त गर्नुभयो । पूर्व पश्चिम राजमार्गको कोशी व्यारेजसम्म १५ स्थानमा टाइम कार्ड रुजु गनुपर्ने र तोकिएको समयमा मात्र सर्वाजनिक जारी साधन चलाउन पाइने नियम समेत बनाइएको छ ।
सो अवसरमा कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरे, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीम राई ज्वाला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज श्रेष्ठले समेत टाइम कार्डले् दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।