वर्तमान राज्य व्यवस्था र तिनका मतियारहरुको अराजकता, लुट, फरियावाद भ्रष्टचारले चरम सीमा नाघेपछि मुलुकभरि फैलिएको आम असन्तुष्टि, राष्ट्र,
राष्ट्रियता, धर्म, सँस्कृति बचाऊ राष्ट्रिय महा अभिमयानका संयोजक दुर्गा प्रसाईको नेतृत्वमा वार कि पारको अवस्था सिर्जना गरेको छ । मंसिर ७ गते हिन्दु धर्मसहित राजसंस्था पुनस्र्थापनाको उद्घोष गरेका प्रसाईले कार्तिक १२ गते इटहरीमा आएर कोशी प्रदेश स्तरीय विशाल आम सभालाई सम्बोधन गर्दै मंसिर ७ गते काठमाण्डौ आइदिन चुले निम्ता दिएर फर्किएका थिए । आफ्नो नीजि अंगरक्षकहित आफ्नै छुट्टै साम्राज्य बनाएर अभियानमा जुटेका प्रसाईको उक्त उद्घोषप्रति ऐक्यवद्धता जनाउँदै कोशी प्रदेशबाट ठूलो संख्यामा आम सर्वसाधारण काठमाण्डौ प्रस्थानको तयारी थालेका छन् । विगत ३५ बषदे्खि एउटै अनुहारका व्यक्तिले सांसद हुनै पर्ने, मन्त्री बन्नै पर्ने, प्रधानमन्त्री बन्नै पर्ने एक छत्र अराजकताले राजनैतिक रुपमा नागरिक अवाक भएका छन् । नागरिकको दैनिकीसँग शासक वर्गलाई कुनै सरोकार कहिल्येै देखिएन । लघुवित्तको नामा तिनै शासक वर्गका साथ सहयोगमा तिनका आफन्तले सर्वसाधारणको उठीबास लगाएको, सहकारीको नाममा सर्वसाधारणलाई सडकमा पु¥याएको, एउटा सम्भ्रान्त परिवारले चलाएको बैकबाट उठिबास लगाएको, युवाहरु दैनिक हजारौको संख्यामा आफन्तसँग रुँदै एयरपोर्टबाट विदा हुनुपरेको कारुणिक दृश्य नेपालका लागि दिनचर्याकै रुपमा रहेको छ । व्यवस्था परिवर्तनसँगै नागरिकको अवस्था परिवर्तन गर्ने हौवा दिएर नागरिकलाई सडकमा उतारेर, सार्वजनिक सम्पत्ति तोडफोड गर्न लगाएर सडकमा टायर बल्न लगाएर, अरुका घरमा ढुंगा हान्न लगाएर आतंक सिर्जना गरेर व्यवस्था परिवर्तन गरेर सत्तामा पुगे । सत्तासीन हुन साथ यिनमा यति उन्माद चढ्यो कि राज्य नै मै हुँ भन्ने मानसिकता देखाए । अब जुन ढंगले यिन्ले विगतमा व्यवस्था परिवर्तन गरे अब पुन ः सोही यिनैका विरुद्ध पुनरावृत्ति हुने देखिएको छ । प्रसाइको अभियानलाई साथ दिन दलका झण्डा बोककाहरु समेत काठमाण्डौ जाने तयारीमा छन् । पूर्वाञ्चलबाट मात्र प्रसाइ अभियानको नेतृत्वको आन्दोलनमा सहभागी हुन ग्रामीण क्षेत्रका लुघुवित्त पीडित, चक्रवर्ती व्याज पीडितहरुसमेत तयारीमा रहेका छन् । प्रसाइको अभियानलाई साथ सहयोग र सहभागिता जनाउन जानेहरुलाई सत्तासीन नालायकहरुले राज्य व्यवस्थाको चरम दुरुपयोग गर्ने सम्भावना त्यतिकै रहेको छ । उनीहरुलाई काठमाण्डौ प्रवेश गर्नेै नदिने नियतले राजमार्गका हरेक नाकाहरुमा सुरक्षाकर्मी तैनाथ गर्ने, बाटैबाट उनीहरुलाई फिर्ता गराउने, तर अब सिर्जना हुने राज्य आतंकबाट सत्तासीन दलको अलिकति भएको शाख समेत धुमिल भएर जाने निश्चित छ । यो व्यवस्था फलेरै छाड्छु भन्ने दृढ संकल्प लिएका दुर्गा प्रसाईले अभियान सफल नभएसम्म आफूले विश्राम नलिने घोषणा गरिसकेका छन् ।