धरान । धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ ।
धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराए । प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरुबाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेको खेलाडीहरुले सहभागिता हुन पाउने छन् । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउन पाउनेछन् । १० कक्षा सम्मका खेलाडीहरुको हकमा भने टिमको सम्पुर्ण १२ जना खेलाडी नै समावेस गर्न पाइने आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी गराउनुभयो । । विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दिवंगत पूर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तीन वर्ष अघि देखि धरान मेघा कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उनको सम्मानमा प्रतियोगिता आयोजनाको सुरुवात गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले वताए प्रतियोगिता पुस १ गते देखि ५ गते सम्म आयोजक धरान मेघा कलेजको बास्केटल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगिताको फाइन खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडीले १ मिनट थी्र पोइन्ट सट गर्नेछ । त्यसमध्ये बाट वढी बास्केट गर्ने उत्कृष्ट तीन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएकामध्येबाट एक मिनेटमा जसले वडि थी्र पोइन्ट वास्केट गर्नेछ उही थी्र पोइन्ट च्याम्पियन घोषित हुनेछ । थी्र पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।