धरान । रिडर्स झापाले आयोजना गर्दै आएको कला साहित्य उत्सवको पाँचौ संस्कर आगामी फागुन १४ गतेदेखि झापाको काँकडभिट्टामा हुने भएको छ ।
तीनदिनसम्म चल्ने अर्थात १४ देखि १६ गतेसम्म चल्ने कला साहित्य उत्सवलाई विगतको भन्दा फरक ढंगले आयोजना गर्न लागिएको रिडर्स झापाले जनाएको छ । रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले दिनुभएको जानकारी अनुसार यसपटकको पाँचै सस्करणमा हामीले विगतको भन्दा फरक शैली अपनाएका छौं । उहाँले भन्नुभयो कार्यक्रम नै नयाँ स्वरुपमा सञ्चालन हुने भएको छ । कस्तो नयाँँ स्वरुप भन्ने जिज्ञासामा उहाँले भन्नुभयो विगतमा कला र साहित्यका सम्बन्धमा उत्सव केन्द्रित गर्ने गरेका थियौ । एउटै शैली, उस्तै परम्पराका कार्यक्रम सञ्चालन हुँदा त्यसले आकर्षण दिन नसकेको विगतको अनुभवलाई अब नयाँ ढंगले उत्सव मनाउने सोचमा रहेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो नेपालका दु्रदराजसँगै छिमेकी मुलुक भारतको आसाम, मणिपुर, दार्जिलिङ्ग, सिक्किम, पश्चिम बंगालको कोलकोत्ता लगायतका स्थानहरुबाट समेत कला साहित्यका सर्जकहरुको आगमन हुने हुँदा उत्सवमा पर्यावरण विमर्शलाई घनिभूत रुपमा विमर्श गर्ने सोच बनाएका छौै । कला साहित्य उत्सवमा कला साहित्यको सर्जकमात्र नभएर कृषक, शिक्षक, बैद्धिक वर्ग, सञ्चारकर्मी, विद्यार्थीसँगै विभिन्न सामाजिक तथा अन्य क्षेत्रका क्रियाशील समूहलाई पनि सहभागी गराइने छ । विगतमा कृषक शिक्षक तथा अन्य क्षेत्रका आवद्धहरुलाई सहभागी गराइएको थिएन अध्यक्ष दाहालले भन्नुभयो । रिडर्स झापाले कला साहित्य उत्सव २०६९ सालदेखि प्रत्येक दुई दुई बर्षमा आयोजना गर्दै आए पनि विगतमा विविध कारणले केही संस्करणहरुलाई निरन्तता दिन सकेको थिएन ।