धरानका ऐतिहासिक मन्दिरहरु ओझेलमा

धरान । धरान मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको गणेश भीमसेन, कृष्ण मन्दिर, हनुमान मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा मन्दिर लगायतका करिब ५० वटा भन्दा बढी स(साना मन्दिरहरुको प्रचार प्रसार तथा भौतिक संरचनाको विकाश गर्न नसक्दा ओझेलमा परेको स्थानीय प्रेमप्रसाद पराजुली बताउनुहुन्छ ।

धरानलाई धार्मिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न पर्यटन व्यवसायी र सर्वसाधारण केही हदसम्म उत्साहित भएपनि धरान पमहानगरपालिकाले यस्ता क्षेत्रका विकासमा न्यून बजेट छुट्याएकै कारण धार्मिक स्थलको विकास हुन नसकेको स्पष्ट छ । नगरपालिकाले विजयपुर क्षेत्रका मठ मन्दिरहरुको स्तर विकाशका लागि गुरुयोजनानै बनाउन नसकेको पर्यटन व्यवसायी बासुदेव बराल बताउनुहुन्छ । राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका पुरातात्विक महत्वको मन्दिरहरु अहिले जीर्ण भएका छन भने मन्दिर क्षेत्रका जग्गाहरु समेत अतिक्रमणमा परेका छन् । ऐतिहासिक महत्व बोकेको विजयपुरमा ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको संरक्षण नगरी धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने कुरा खाली प्रचारबाजी बाहेक केही हुन सक्दैन ।

तपाईको प्रतिक्रिया