दशैँमा छैन व्यवसायमा रौनक

नेपालीहरुको महान चाड विजयादशमीको पूर्व सन्ध्यामा समेत स्थानीय व्यवसायमा कुनै प्रकारको रौनक देखिएको छैन । दशैमा त व्यवसाय चल्ला कि भनेर यस भन्दा अगाडि घाटै भएपनि दशै कुरेर बसेका व्यवसायीहरु निराश हुन थालेका छन् । पैसा हुनेका लागि सधै दशैँको रमझम नहुनेहरु ऋणपात गरेर दशैको जोहो गर्ने सुरसारमा भएपनि आकाशिदो महंगीले उनीहरु स्थानीय बजार छोडेर भारीय बजारतर्फ आकर्षित भएपछि व्यवसायीको दिनचर्या छोड्नु कि ओकल्नुको अवस्थामा पुगेको छ । अर्कोतर्फ समाजको लागि कुनै दायित्व नै नभएका अनलाई व्यवसायका कारण स्थानीय व्यवसायीहरु थप मारमा परेका छन् । एउटा सामान्य सामान समेत अनलाइनबाट मगाउने प्रवृत्ति स्थानीय व्यवसायीका लागि घातक बन्दै गएको छ । अनलाइनबाट मगाइने त्यस्ता कुनै पनि समानको विश्वासनीयता नहुने, चित्त नबुझ्दा पुन ः फर्काउन नमिल्ने हुँदा समेत एउटा वर्ग अनलाइनबाट आवश्यकीय सामान मगाउन उद्यत रहेको देखिन्छ । दैनिक एउटा सहरमा मात्र करोडौको व्यापार गर्ने अनलाइनका कारण स्थानीय व्यवसायीको व्यवसाय चौपट हुन थालेपछि अनलाइन व्यवसायको विरोधमा आवाजहरु उठ्न थालेका छन् । कतिपय स्थानमा स्थानीय राजनैतिककमीहरुले अनलाइन व्यापारको विरोध गरौ, तिरस्कार गरौ, बहिष्कार गरौ भन्दै माजिक सञ्जालहरुमा सूचना प्रवाह गर्न थालेका छन् । यसका निम्ति स्थानीय उपभोक्ताहरु समेत भई स्थानीय व्यवसायीसँगै वस्तु खरिदतर्फ अग्रसर हुनुको विकल्प छैन । यसका निम्ति स्थानीय प्रशासन समेतको सक्रियता आवश्यक रहन्छ । अनलाइन खरिद सस्तो हुने भन्ने एउटा मानसिकताले पनि जरा गाँडेको छ । यो मान्यता त्याग्नुपर्छ । दशैको मुखमा सरकारले राजधानी लगायतका केही सहरमा सस्तो पसलको नाममा गर्ने धन्दामात्र हो त्यसबाट उपभोक्ताले खासै लाभ लिन सक्ने अवस्था छन । १० वा १५ दिन सञ्चालन हुने यस्ता सस्तो पसल नागरिकको आँखामा छारो हाल्ने एउटा प्रवृत्ति मात्र हो । साँच्चै नै सरकारले आफ्ना नागरिकहरुलाई राहत दिन चाहेको हो भने अति आवश्यकी सामान, दैनिक उपभोग्य सामानहरुमा चर्को भन्सार शुल्क जुन लगाएको छ त्यसलाई हँटाउने र त्यस्ता सामानमा सिब्सडी समेत उपलब्ध गराउनुपर्छ । तर सरकार दोहनमा मात्र तल्लिन छ, उसका प्रशासन इमान्दार छैनन् । अनि कसरी स्थानीय व्वसाय प्रवद्र्धन हुन्छ ?

तपाईको प्रतिक्रिया