उद्योगको लाइन काटेर बेरोजगार सिर्जना गर्दैछ प्राधिकरण

लोडसेडिङको समयमा डेडिकेटेड र टंक लाइन प्रयोग गरेको र सोको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको निर्देशनमा शुक्रबार नेपालका ३२ वटा उद्योगको लाइन काटिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नियुक्त पाएका घिसिङले उद्योगको लाइन काट्नु दुर्भाग्यपूर्ण हो । लाइन काटिएका ३२ उद्योगहरु शुक्रबारदेखि नै पूर्ण रुपमा बन्द भएका छन् । उद्योगहरु बन्द हुँदा त्यहाँ कार्यरत हजारौ मजदुरहरु बेरोजगार भएका छन् । उनीहरुका आश्रित परिवारको विहान बेलुका छाक टार्ने समस्या उत्पन्न भएको छ । त्यसै पनि नेफालको उद्योगहरु रुग्ण अवस्थामा रहेका छन् । खुल्ला अर्थतन्त्र र बजारका कारण बाह्य आयात गरिएका उत्पादनसँग प्रतिष्पर्धा नसक्ने अवस्थमा पुगेका छन् । यद्यपि ती उद्योगहरुले हजारौ मजदुहरुलाई रोजगारी दिएका थिए । सरकारी स्वामित्वमा रहेका उद्योगहरु घाटामा गएको भन्दै एक पछि अर्को नीजिकरणका नाममा समाप्त पारिएका छन् । पछिल्लो पटक थप आठ वटा सरकारी उद्योगहरु निजिकरणमा लगिएको छ । सरकार आफू पनि रोजगारी सिर्जना गर्न सक्दैन भने अर्कोतर्फ निजी क्षेत्रका रुग्ण उद्योगहरु समेत बन्द गराउने षड्यन्त्रमा लागेको छ । ट्रक र डेडिकेटेड लाइनको बक्यौता सात बषृ अगाडिको हो । सात बर्षसम्म महसुल नउठाएर नेपाल प्राधिकरण के हेरेर बसेको थियो ?
बेरोजगारीकै कारण आज लाखौ दक्ष युवा शक्ति परिवारको लालनपालन गर्नकै लािग विदिेशिन बाध्य छन् । घर परिवार आफन्त छोडेर अर्काको देशमा ग्एर श्रम गर्न बाध्य छन् । यसको ज्वलन्त उदाहरण दैनिक विदेशी युवा युवतीको सख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा गएर हेर्दा प्रष्ट हुन्छ । त्यहाँको दृश्यले परिवार र आफन्तको मात्र नभएर जसको पनि मन भक्कानिएर आउँछ । स्वदेशमै रोजगारीको अवसर पाए उनीहरु त्यसरी बाहिरिने थिएनन् । नपाल विद्युत प्राधिकरणका घिसिङ्ग राजनैतिक प्रभावमा परेको उद्योगको लाइन काट्नुले प्रष्ट पारेको् छ । बक्यौता उठाउनुपर्छ तर उद्योगको कूलपूँजी भन्दा बढी महसुलको विल पठाएर होइन । एउटा निश्चित अवधिसम्मको लागि किस्ताबन्दीमा पनि लिन सकिन्थे । तर प्राधिकरणका घिसिङ्गले उद्योगै बन्द गराउने नियत राखेर लाइन काट्दा त्यसबाट सिर्जना हुने समस्याको जिम्मेवारी पनि लिनुपर्छ । सम्भवत ः यस घटनाले कुलमान र उनका मतियारका विरुद्ध मजदुरहरु सडकमा आउने परिस्थिति नबनोस् । आफ्नो सम्पूर्ण सम्पत्ति, जायजेथा बैंकमा धितो रोर उद्योग स्थापना गरी राज्याई राजस्व बुझाउने, हजारौलाई रोजगारी दिने उद्योगीहरुको मनोदशा कस्ले बुझ्ने ? अन्य देशमा औद्योगिक क्रान्ति भएका छन् तर नेपालमा सरकारी उद्योगको ित कुरौ छाडौ निजी क्षेत्रका उद्योगहरु समेत धरासायी बनाउने घिनलाग्दो षड्यन्त्र भएको छ । अन्य देशले औद्योगिक क्रान्तिका लागि उद्योगहरुलाई विद्युतमा छुट दिएको छ,राजस्व्मा छुट दिएको छ, पूर्वाधार निर्माण गरेर सहजता दिएको छ । जसका कारण ती दशका उद्योगहरले अन्तर्राष्ट्रिय बजबजारमा आफ्नो प्रभुत्व जमाएका छन् ।

तपाईको प्रतिक्रिया