सत्य बकेछन्
द्विसंकु सरकारका पर्धानमन्तरी खप्रओले अस्तिका दिन सत्य बकेछन् । उनले भन्या नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक हो रे । बाँची र बँचिरहनु मात्र पर्दो रै’छ यी भ्वाङ्ग परेका कान र आँखाका टोड्काले् के के सुन्नु र देख्नु पर्दोरै’छ । नेपालमा स्वास्थ्य सेवा सर्वसुलभ भा’भए किन नेपालका नेताहरु गिलो आँची आउँदा, जोडले हाच्छिउ आउँदा, अण्डकोडा सुनिदा लर्को...
तिब्र छट्टपट्टाहट
विगत पैत्तीस बर्षदेखि सत्ताको धन्दा चलाएर नव खर्बपतिमा दरिएका गणेहरुमा यतिबला तिब्र छटपटाहट देखिएको छ । गणेहरुका विरुद्धमा सम्पूर्ण नेपालीहरु सडकमा ओर्लिएर नाराबाजी गर्न थालेपछि होस हवास गुम भएको छ । जनतालाई सदैव आफ्नो हली गोठाला, खेतला सम्झेर नव खर्बपति बनेकाहरुले सपना पनि नराम्रो देख्न थाल्या छन् रे । हुन त नेपाली नतालाई कहीँ कतै सुध्रि पो हाल्छन् कि...
गंगुतेलीको चेतावनी
जनताले तिरेको कर मनपरी डकारेर घरेलु मन्तरी भा’का सुदुर पश्चिमतिरको एउटा गंगुतेली आच्या अनुहारै विरक्त देखिनेले अस्तिका दिन राजालाई चुनाति दिएछन् । राजाको एउटा वक्तव्यले अपानवायु नै बन्द भा’का तिन्ले बन्द कोठामा बसेर शासन गर्ने मन भए चुनावमा होमिएर खुल्ला राजनीति गर्नुसम्म भनेछन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । निभ्न लाग्या वत्ति अलि जोडले बल्छ त्यसपछि धिपिक्क...
स्त्रीलिंग भएको प्रभाणित
माउवादीका अध्येक्षे प्रचण्डाउलाई सबैले स्त्रीलिंग स्वभाव भएको भनेर भन्ने गरेको घण्टाघरका कानाले आजसम्म सुनेको भुलेको छैन । अस्तिका दिन सिराहामा पान चपाउँदै तिन्नले स्वकारे पनि । सराहा मेरो माइती गाउँ हो रे । माइती त स्त्रीको पो हुन्छ त । मर्दका त ससुरलाली पो हुन्छ । अब सिराहालाई माइती गाउँ भनेपछि सिद्धिगयो नि । स्त्रीलिंग र पुलिंग छुट्याउनै...
नेपाली जेलेन्सीको रुवाबासी
लुटेर, धम्क्याएर, हत्या गरेर, भ्रष्टचार गरेर राजनैतिक रोटी सेकेर खाँदै आएका नेपाल जेलेन्सीहरु यतिबेला तीब्र छट्टपट्टाहटमा प¥या छन् । पैत्तीस छत्तीस बर्षदेखि नेपाली जनताका बीचमा झुठको डमरु बजाएर नचाएर छोटे राजा बनेकाहरु गुन्टा सामान कस्न थाल्या छन् रे । प्रजातन्त्र दिवसका आवसरमा राजा ज्ञानेन्द्र शाहले निकालेको एउटा विज्ञप्तीले विचराहरु जथाभावि बर्बराउन थाल्या छन् । कोही राजालाई अँठ्याउनुपर्छ भन्दै...
न धुन छ न कला छ रे
दक्षिण बुझाएर क्रेनले तानेर तनुवा सांसद भएकी एकजना संघीय सांसदको कुरा सुन्दा घण्टाघरलाई आश्चर्य लागेको छ । लाउरेस निकट ती सांसदले काठमाण्डौ महानगरपालिकाका मेयरका बारेमा ताइ न तुइँको संसदमा गुड्डी हाँकिछन् । तिनको बिग्रिएको थुतुनोले फलाकिछन् बालेनको न स्वर छ , न सुर छ, न कला छ, न धुन छ त्यै पनि ट्रेडिङ्गमा कसरी...
थोडा तो सरम करो
सत्ताबाट गलहत्याइएका, आफ्नैले पनि जुम्राले मरेको लासलाई छा्ेड्दै हिडर गएसी सडकमा पुगेका र चौविस घण्टा बर्बराउदै हिडेका प्रचण्डाउले अस्तिका दिन संसदमा फलाकेछन् । सामाजिक सञ्जाल विधेकमा पाइलैपिच्छे जेल र जरिवानाका तरबार झुण्ड्याइएको छ रे । थोडा तो सरम करो । सामाजिक सञ्जाल विद्येयकको मस्यौदा प्रचण्ड सत्तामा हुँदा तयार पारिएको तिनले बिर्सेछन् । अहिले त्यही विद्येयक लाउरेस र...
घण्टेका छाउराको सनक
सर्वत्र बदनामी थोपडाहरुको क्लब राष्ट्रिय स्वतन्त्र पार्टी घण्टे क्लबका सांसदहरुले संसद बहिष्कार गरे रे । गर्न नै भए पनि आफ्नो क्लबका महाठग अदालत र प्रहरीका चक्कर कााट्दै हिडेका देखेसी विचराहरुको मन कुटुक्क कुटुक्क खाएको छ । संसदमा बसेर थपडी मार्नु सकसै हुन्छ । संसदमा घण्टेका २० जना बदनामी आयाराम गयाराम थोपडाहरु छन् क्यार । महागठ माउको सांसद पद...
बाफरे ! भाडामा रुने मान्छे
सहकारी ठग घण्टेलाई स्टण्ड गर्नचाहिँ इन्द्रेका बाउ चन्द्रे आएपनि नभ्याउने रै’छन् । घण्टेलाई रुपन्देही जिल्ला अदालतमा पु¥याउँदा अचम्मकै दृश्य देखियो । आफ्ना बाउ आमा परम धाम जाँदा पनि त्यसरी छाती ठोकी बलिन्द्र आँशु बगाएर छोडिदे कि छोडिदे भन्दै ८–१० जना देखा परे । घण्टाघरले यसो वाइनाकुलर सोझ्याएर हे¥या त वाफ रे वाफ † भाडामा रुने मान्छेको...
मन्त्रीलाई झ्याम कि झ्याम
नेपालका विजुलीमन्त्री आच्या दिपक काजीको पनि दिन साह राम्रा देखिएका छैनन् । जिन्दगीमा पहिलो पटक बुढानिलकण्ठे बाबा र माताको चाकडी गरेर विजुली मन्त्रालयतिर छि¥या थिए । तर झमेलै झमेलामा विचराको दिन वित्न थाल्या छ । कहिले स्काउटको जग्गाको किचलो, कहिले खोलाको लाइसेन्स झोलामा हालेर हिडेको किचलो, कहिले के के को किचलो त कहिले के को किचलो ।...