यतिबेला मुलुकको अवस्था बडो द्विविधामा रहेको छ । विगतमा निःस्वार्थ ढंगले व्यवस्था परिवर्तन गर्न सफल नेतृत्व गरेका व्यक्तिहरुको पटक पटक सत्ता स्वार्थका कारण राष्ट्रले भरोसा गर्न नसक्ने मानिसहरु समाजको चर्चामा छाउन थालेका छन् । नेपाली समाजको मनस्थिति बडो गज्जबको छ । असत्यलाई बारम्बार दोहो¥याएर सत्यको आवरण अर्थात जलप लगाउने ठग, अवसरवादी, डन, गुण्डाहरुको समाजमा राजनैतिक चर्चा हुनु दुर्भाग्य हो । व्यवस्था र अवस्था परिवर्तनका लागि आजीवन संघर्ष गर्नेहरुले जीवनकै उत्तरार्धमा आइपुग्दा समेत स्वार्थ त्याग गर्न नसक्नुु नै त्यस्ता व्यक्तिहरुको समाजमा चर्चा चुलिएको भन्दा कुनै अनौठो हुने छैन । यसलाई नेपाली समाजले चर्चा र प्रशंसा होइन विवेकपूर्ण तिरस्कार गर्न सक्नुपर्छ । मुलुककलाई अप्ठेरो परेको समयमा देशकै नागरिकता त्याग गरेर विदेश भासिने अनि सहज भएपनि दोहोरो नागरिकता बोकेर समाजलाई दिग्भ्रमित बनाउने, तीन महिना सत्तामा बस्दा वैवाहिक सम्बन्ध भएका ग्रिन कार्ड होल्डर धारीको पुराना दलहरुप्रतिको कटाक्ष नेपाली समाजले चर्चा र प्रशंसाको विषय नबनाई तिरस्कारको विषय बनाउनुपर्छ । हो ५० औं बर्ष जीवन दाउमा राखेर संघर्ष गरेकाहरुले गल्ति गरेका छन् तर उनीहरुको राजनीतिक गल्तिको प्रतिउत्तरमा ठग, अवसरवादीहरुलाई भिœयाउनु किमार्थ उचित होइन । आज मुलुुक ३५बर्ष अगाडिको भन्दा पनि पछाडि परेको छ । आम सर्वसाधारणको जीवनस्तर माथि उठ्न सकेको छैन । जनसंख्याको बृद्धिसँगै रोजगारीका अवसरहरु न्यून हुँदै गएका छन् । कक्षा १२ पास हुनासाथ ५० प्रतिशत भन्दा बढी विद्यार्थीहरु आफ्नो भविष्यको चिन्ता गर्दै विदेश पलायन भइरहेका छन् । या अवधिमा राज्यले उद्योग, धन्दा, कलकाराखना कहीँ कतैखोल्न सकेन । मुलुकको अर्थतन्त्र युवाहरुले पठाएको रेमिट्यान्स र वैदेशिक ऋणबाट चलेको छ । मुलुकको उत्पादन अरबमा निर्यात हुँदा अरबौको आयात भएको छ । अब मुलुक यही परिस्थिति, यही यथास्थितिबाट अगाडि बढ्न सक्दैन, समृद्धि हासिल हुन सक्दैन । नियमित प्रक्रिया अुनसार केही सडकहरु बनेका अवस्य छन्, केही पुलपुलेसा बनेका अवस्य छन् तर त्यो मात्र सफल विकासका लागि पर्याप्त होइनन् । पुराना नेतृत्वले यस कुरामा ध्यान दिन सकेन तर नयाँ आवरणमा आएका मुुलुकको कुनैपनि कालखण्डमा आफ्नो उपस्थिति नजनाएकाहरु, पुरानाले आर्जित गरेका शासन व्यवस्थाको व्याज खान हतारिएकाहरुसँग पनि मुुलुक समृद्धिका लागि कुनै ठोस योजना देखिएन । उनीहरुको दैनिकी पुराना नेतृत्वको चर्को आलोचना गर्नु, सामाजिक सञ्जालमा मानमर्दन गर्नुमा मात्र सीमित देखिएको छ । अवसर तिनीहरुले पनि पाएका थिए । तर कुनै स्मरणीय योग्य काम गरेको उनीहरुले स्वयम्ले उदाहरण दिन सक्दैनन् । छोटो समय सरकारमा बसेर केही गर्न सकिदैन भनेर आम नागरिकलाई दिग्भ्रमित बनाउनैमा उनीहरु व्यस्त छन् । काम पूरा गर्न छोटो समयमा नसक्नु स्वभाविक हो तर थालनी गर्न सकिन्छ भन्ने कुराको हेक्का स्वयम् उनीहरुले विना संकोच भन्न सक्नुर्छ । भ्रमको खेति ज्यादा दिन स्थायी हुँदैन, हेक्का रहोस् ।