घण्टाघरबाट हेर्दा

उत्पात छट्टपट्टी
माउवादीका अध्यक्ष एवम् सत्र हजार बलीका पूजारी प्रचण्डाउमा यतिबेला उत्पादन छट्टपट्टी चल्या छ । चल्ने भो नि । कहिले देउवा कार्ड प्रयोग गरेर सत्तामा मैमत्त साढे भएर लतार्ने, कहिले खप्रओ कार्ड प्रयोग गरेर ढलीमली गर्ने जोकर यतिबेला सडकछाप बन्दा उत्पात छट्टपट्टी त हुनै नै भयो । कागले आफ्नो नाम आफै काढ्छ भनेझै अस्तिका दिन तिन्ले चाइना कार्डको कुरा गरेछन् । खप्रओ मंसिर दोस्रो साता चीन भ्रमणमा जाँदै छन् । उनको भ्रमणलाई लिएर प्रचण्डाउले खप्रओले चिनियाँ कार्ड खेल्दैछन्, पहिला भारत भ्रमणमा जानुपथ्र्यो भनेछन् । हगिसक्यो दैलो देख्यो भन्या यही हो । प्रचण्डाउ पहिला प्रधानमन्तरी हुँदा पहिला चीन भ्रमणमा दौडिएको बिर्सेछन् क्यारे । हुन त नेपालका बिना पिँधका लोटाहरु न हुन शासक । जसले पहिला बोलाउँछ त्यतै जान खुट्टा उचालिहाल्छन् । वात करता है ।

घण्टेले घण्टा बजाएकै रैछ
सहकारी ठग घण्टेले सहकारी मात्र ठग्या होला भन्या त बैंकहरु समेत टाँट पल्टाएको रै’छ । सहकारी ठगीमा प्रहरी कहिले पोखरा, कहिले रुपन्देही, कहिले चिताँैनमा झ्यालाङ्गकुटी बनाइरहेको थियो । अब बैंक ठगीमा पनि झ्यालाङकुटी बनाउने भयो । नेपालको नटवरलाल घण्टेले ज्योति विकास बैंकको समेत ३० करोड भ्याइदिएको रै’छ । घण्टेलाई प्रहरीले जता लैजान्छ घण्टे क्लबका छाउराहरु त्यतै पुग्छन् । रविलाई न्याय दे भन्दै नारा लगाउँछन् । ठगलाई कारबाही गर भन्नुपर्नेमा न्याय दे रे । जे होस् घण्टे क्लबका छाउराहरुको दानापानीचाहिँ राम्रै चल्या छ । आते, जाते, खाते सबै हराममा पाएसी’ बेराजगार विचराहरु हस्याङफस्साङ गरेर दौडनु स्वभाविक हो । अदालतले गरेका काम कारबाहीमाथि औला ठड्याएर दगुर्ने घण्टेका छाउराहरुले अबचाहिँ बुझ्दै गए जस्तो छ । सडकमा उफ्रनेहरु पातलिदै गएका छन् ।
मुकुन्दे पनि गज्जब लेख्छन्
त्यो डल्ले घैटे, फर्सी जस्तो अनुहार भएको मुकुन्द ल्याण्ड पनि कहिलेकाहीँ त घत लाग्दो कुरा गर्छन् । अस्तिका दिन मुकुन्द ल्याण्डले भन्या सहकारी, बैंक ठग घण्टेलाई हरामको खाँदै दौडिएका छाउराहरुले बाघ हो भन्दै रै’छन् । बाघ भए त जंगल पो पस्थ्यो । तर चार वटी स्वास्नी बटुल्ने त बोका हो । बोकाको बास्थान खोर हो रे । हैन मुकन्द ल्याण्ड पनि कुरा त गर्छन् । अब खोरमा जाकिएका दिन घण्टेका छिचिमिराहरुको हरिविजोग हुने भयो । न फ्रिमा खाते, पाते पाइन्छ न कहिले एउटा सहर त कहिले अर्को सहरको शैयर गर्न पाइन्छ । विचराहरुलाई बडो आपत्त प¥या छ ।
गा“डतन्त्रकी महारानीको स्वागत
भ्रष्टाचारकी कुलदेवी सिंघमकी जयकान्त सिग्रेकी अवतार जुआर राणाले अस्तिका दिन डँडेलधुराको दौरा गरिछन् । जुआर राणा डँडेलधुरा पुग्दा उनको भव्य स्वागत भएछ । नेपाली जनताले ढुंगा हानेर ल्याएको गणतन्त्रकी महारानी जो हुन् । स्वागतमा भाडामा जम्मा गरिएकाहरुको काम जयजयकार गर्न नै हो । विचराहरुले दाम अनुसारको काम गरे केही विराएनन् । गाँडतन्त्रकी महारानीले न डँडेलधुरेलाई न चिन्छिन्, न जान्दछिन् । न कसैका हितै गरेकी छन् न डँडेलधुराको विकासमा सिन्को भाँचेकी छन् । तै पनि जयजयकार । हुन त नेपालमा यस्तै हो । भाडामा विरोध गर्ने र समर्थन गर्ने पाइहालिन्छ । जेहोस गाँडतन्त्रकी महारानीको स्वागतमा कुनै कसरचाहिँ बाँकी राखेनछन् टट्टुहरुले ।
नामै धनराज
नामै धनराज भएसी’ बातै खलास । विरोध गर्नुको तुकै रहेन । लाउरेस पार्टीका उपसभापति धनराज गुरुङ्ग उहीँ घण्टेको लाइनमा चल्या रै’छन् । आशलाग्दो कटो जेठाजु प¥या भनेझैँ गुरुङ्गको धन्दा पनि बजाउने नै रै’छ । अब हेरम न श्रीमतिलाई अगाडि सारेर मितेरी सहकारीबाट लुँड्याउनु लुँड्याएछन् । अकुत लुँडएसी’ क्रिस्टोतिर खन्याएछन् । सहकरी ठगी गर्ने, बैंक टाँट पल्टाउनेहरुलाई सरकारले धमाधम अँठ्याउँदा गुरुङ्गलाईचाहिँ किन नअँठ्याएको होला ? कि घण्टे जस्तो ठूलो स्वरले बोल्न नजानेर पो हो कि ? लुड्याउनु लुड्याएसी श्रीमतिलाई कागजी पारापाचुके देछन् । हेर्दा गठ्ठे गठ्ठ देखिने, सुस्तरी बोल्ने गुरुङ्गलाईचाहिँ सरकारले डामेर छोड्दया हो कि क्या हो ? दालमे कुछ काला है ।
गनगनेको गनगन
लाउरेसका बाख्रा व्यापारी नेता गनगने थापाले अस्तिका दिन बडो गज्जबको कुरा गरेछन् । लाउरेसभित्र धेरै फोहोर भयो रे । फोहोर सफा गर्न ढिलाई गर्नु हुन्न रे । घण्टाघरले नबुझेको कुरा हैन हो बाख्रा व्यापारी नेताले कसरी फोहार देखेछन् । फोहोरमा गन्ति हुने को रै’छन् ? भटाभट नामै तोमिएदिएको भए उत्तम हुने थियो । मनका कुरा गुम्स्याएर राख्नु त भएन नि । फोहोर भएरै लाउरेसको नजिक पर्दा नाक चेप्टएर हिड्नु प¥या छ । ३५ बर्षमा अधिकांश समय लाउरेसले नै सिंहदबार र बालुवाटार कब्जा ग¥यो । एकसे एक चप्पलेहरु महाराजामा परिणत भए । लौन गनगने काजी ति फोहोरको नाम समेत भटाभट भनुम त । थुतुनो चलाएर मात्र त भएन नि । थुतुनो त एैरेगैरे नत्थु खैरेल पनि चलाउँछन् ।
कारबाही गर्ने रे
कस्ता कस्ता कहाँ गए नत्थु खैरेको धमास । अब हेरम न नेपालका वायु सेवा कम्पनीहरुले मनपरी शुल्क यात्रुहरुबाट असुलेको दुई महिना भन्दा ढी भैसक्या छ । चौतर्फी विरोध हुँदा नि सरकारको कानमा सिरेटो चल्या छैन । सरकारका एकजना प्युपाले अस्तिका दिन बडो गज्बको गफ हान्देछ । सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्तरी बद्री पाण्डेले भन्या मनपरी शुल्क लिने निजी वायुसेवा कम्पनीलाई कारबाही गर्ने रे । कारबाही गर्नेले भट्याइ रहँदैन । दनादन
कारबाही गर्छन । हुन त विचराले कारबाही पो किन गर्नु ? मन्तरी पद नै दुई दिनको घामछायाँ हो । कारबाही गरेर वित्थाँ सुख्खा वाहवाही बटुल्नु भन्दा निजी कम्पनीहरुबाट एक मुष्ट नजराना असुल्यो बातै खँलास । पहिला पनि भएकै हो । परम्परा धान्नुस् है मन्तरी ज्यू । नत्र सुख्खा सुख्खै मन्त्रालयबाट बाहिरिनु पर्ला ।
अन्तेमा
पर्धानमन्तरी खप्रओले अस्तिका दिन भन्या देश व्याक गिएर लगाएर पछाडि फर्कदैन रे । पछाडि फर्केर दुर्गतिको दिशा समाउँदैन रे । बुढाले उखान टुक्का नहान्या धेरै भा’थ्यो । फेरि शुरु गरेछन् । राजा ज्ञोनन्द्र शाहलाई राजा बनाएर नारायणहिटी फर्काउने अभियानमा लागेकाहरुलाई खप्रओले भाडाकुटीको संज्ञा दिएछन् । मंसिर ७ देखि दुर्गा प्रसाईले नेता, मन्त्री, व्यवस्था बढार्ने आन्दोलन गर्ने भएसी’ खप्रओले त्यस्तो अभिव्यक्ति दिनु स्याल कराउनु र कुखुरा हराउनु एउटै सयोग जस्तो त भा’हैन ? मान्छे डराएपछि नानाथरिका उट्पट्याङ्ग, बक बक गर्न थाल्छ । घर घरबाट जनता जाग्दै छन् भन्ने कुराको विचरालाई हेक्का भएर पनि बुझ पचाएका हुन कि क्या हो ? बंगलादेशबाट आमा लखेटेको किन बिर्सेको होला ?

तपाईको प्रतिक्रिया