बिराटनगर । झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका–१० का २८ बर्षीय उत्सव पौडेल, काठमाण्डौ टोखा नगरपालिका–३ का ४० बर्षीय अर्जुन राज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका–५ का २१ बर्षीय रमोध राय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१५ स्थितबाट सुनसरी धरान–१४ का २४ बर्षीय सुशिल भुजेललाई निषेधि औषधी लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका–१ का ४१ बर्षीय गोपाल कुमार जबंशीलाई ५ किलोग्रा गाँजा सहित र बिराटनगर–४का ६२ बर्षीय सहरुद्दिन मियाँलाई ३ किलोग्राम गाँजा सहित उनिहरुको घरबाटै पक्राउ गरेको छ ।
लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भइरहेको छ ।