दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टको रुपमा रहेको मुलुकै सबैभन्दा ठूलो दमक भ्यु टावर ८ महिना अगाडि निर्माण सम्पन्न भएपनि अझै प्रयोगमा आउन सकेको छैन । झापाको दमक नगरपालिका वडा न. ३ स्थित चिनियाँ निर्माण कम्पनी जेडिसीजी आइसी, काठमाण्डौ ललितपुरस्थित ॐ साइराम कस्ट्रक्सन र आशिष कस्ट्रक्सनको ज्वाइन्ट भेन्चरमा भ्युटावरको २०७६ साउनदेखि निर्माण शुरु भएको थियो भने २८० चैत्रमा सम्पन्न भएको थियो । कुल १ अर्ब ७५ करोडमा निर्माण सम्पन्न भएको भ्युटावर १ सय मिटर अग्लो रहेको छ । भ्युटावरको ७२ मिटर अर्थात १८ तला कंक्रिट ढालन
रहेको छ भने २८ मिटरमा स्टिल फ्रेम जडान गरिएको छ । भ्युटावरको वेशमेन्ट २३५० मिटर स्क्वायरमा दमक भ्युटावरको स्वामित्वमा ५ सय विगाह जग्गा रहे पनि भ्युटावर ७ विगाह जग्गामा फैलिएको छ । यसको वेसमेन्ट मात्र २३५० मिटर स्क्वायरको रहेको छ । वेशमेन्टमा २ सय वटा मिटर साइकल र ५० वटा साना सवारी साधन पार्किङ्ग गर्न सकिने भ्युटावरका प्राविधिक इन्जिनियर शिव यादवले जानकारी दिनुभयो । प्राविधिक इन्जिनियर यादवका अनुसार वेशमेन्टदेखि चौथो तलासम्म २३५० मिटर स्क्वायरकै साइजमा भ्युटावर निर्माण भएको छ । चौथो तलादेखि ८ मिटर स्क्वायरको छ भने छैठौ तलामा गएर ७५० मिटर स्क्वायर, दशौ तलामा गएर ६३५ मिटर स्क्वायसर र १६ औ तलाभन्दा माथि ४६० मिटर स्क्वायरको संरचना बनेको छ ।
क्यामेरा, स्प्रिङकल, स्मोकिङ्ग डिरेक्टर चिनियाँ कम्पनीका
अत्यन्तै आकर्षक नेपालकै हालसम्मकै सबैभन्दा ठूलो भवन दमक भ्युटावर अवलोकन गर्न दैनिक हजारौ सर्वसाधारण आउने गरे पनि औपचारिक रुपमा उद्घाटन नभएका कारण उनीहरु अग्लो पर्खालबाहिरबाटै हेरेर फर्कने गरेका छन् ।भ्युटावरमा चारवटा लिÏट जडान गरिएको छ । जसमध्ये दुईवटा लिÏट १५ तलासम्म पुग्छन् भने २ वटा १६ तलासम्म पुग्छन् । भारतमा निर्माण भएको जमसम कम्पनीका लिÏट १६ तलासम्म मात्र जडान गरिएको छ भने बाँकी १७ र १८ तलामा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । भ्युटावरमा चिनिया कम्पनीका HIKVISION कम्पनीका अत्यन्तै पावरफूल २०८ वटा क्यामेराहरु जडान गरिएका छन् । २०६ वटा क्यामेराहरु भ्युटारको बाहिर र भित्र जडान गरिएको छ भने दुईवटा शक्तिशाली क्यामेराहरु १८ तला माथि रहेको २८ मिटर अग्लो स्टिल फ्रेमको टुप्पामा जडान गरिएको छ । स्वचालित ती दुवै क्यामेराहरुले टाढा टाढा सम्मका दृश्यहरु कैद गर्न सक्छन् । ती दुईवटा पिटिजेट क्यारमेराले नाइट भिजनको समेत काम गर्ने अर्थात राति समेत त्यसले दृश्यहरु कैद गर्न सक्छन् । सुरक्षाको दृष्टिले समेत ती दुई पिटिजेड क्यामेरा महत्वपूर्ण भएको प्राविधिक इन्जिनियर यादवले जानकारी दिनुभयो । स्वचालित क्यामेरा भएकोले टाढाटाढाको दृश्य त देखिन्छ नै यसका अलावा मानिसहरु जता–जता जान्छन् त्यसको दृश्य यसले कैद गर्दछ । क्यामेराका अलावा स्प्रिङकल मेशिन र स्मोकिङ डिरेक्टर समेत चिनियाँ कम्पनीकै जडान गरिएको छ । हरेक तलाका छतमा जडान गरिएको स्प्रिङकल मेशिन आगो लाग्नसाथ आफै पड्किने र पानी हाल्ने काम गर्छ । यसले भ्युटावरको सुरक्षामा महत्वपूर्ण काम गर्ने प्राविधिक इन्जिनियर यादवले जानकारी दिनुभयो । यसका अलवा स्मोकिङ्ग डिरेक्टरले आगन्तुकहरुले भ्युटावरमा धुमपान गरेर आफै आवा निकाल्ने भएकाले भ्युटावर सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने छ ।
उद्घाटन र सञ्चालनको अझै टुंगो लागेन
भ्युटावर निर्माण कम्पनीले ८ महिना अगाडि निर्माण सम्पन्न गरेपछि केन्द्रीय तहको नीति निर्माण गर्ने सहरी विकास मन्त्रालयलाई हस्तान्तरण ग¥यो । नेपाल सरकार मन्त्री परिषद्को २०७४ चैत्र १४ गतेको निर्णय अनुसार पुनर्गठन पछि त्यस मन्त्रालयले हाल सहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्य गर्दै आएको छ । भ्युटावर सञ्चालनको जिम्मा कस्ले लिने भन्ने सम्बन्धमा हालसम्म कुनै निर्णय हुन नसक्दा यसको औपचारिक उद्घाटन र सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिने कि केन्द्र आफैले सञ्चालन गर्ने भन्नेमा अन्यौलता देखिएको छ । दमक नगरपालिका वडा नं. ३ हालसम्म ग्रामीण क्षेत्रको रुपमा रहेको छ । भ्युटावर सम्म पुग्ने स्तरीय सडक निर्माण हुन सकेको छैन । जसका कारण भ्युटावरलाई व्यवसायिक ढंगले सञ्चालन गर्न हाल सम्भव नदेखिने स्थानीय सुधिार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भ्युटावर निर्माण त भयो तर अझैसम्म उद्घाटन र सञ्चालनको टंगो लागेको छैन ।