सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१७ खैरेनी स्थित एक कृषि फर्मबाट गाजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुप्रिम एग्रिकल्चर कृषि फर्र्मका संचालक मनिराज राई रहेको प्रहरीले जनाएको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भएसंगै फर्म संचालक धरान–१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।