दुर्घटनामा बालिकाको मृत्यु : बस जलाइयो, आक्रोसित भिडद्वारा प्रहरी प्रमुख समेत घाइते

इटहरी । इटहरी उपमहानगरपालिका वडा नंं.१ खनारस्थित रिलायन्स मिल अगाडि मंसिर २ गते बसको ठक्करबाट बालिकाको मृत्यु पश्चात स्थानीयले बसमा आगजनी मात्र गरेका छैनन् स्थानीयले सुनसरीका प्रहरी प्रमुख सुमनराज तिम्सिनासहित प्रहरीलाई ढंगामुढा गरी घाइते बनाएका छन् । दुर्घटनापश्चात आक्रोसित भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज, अश्रु ग्याँस र हवाई फायर समेत गर्नुपरेको थियो । स्थानीयको ढुंगा मुढामा परी सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनराज तिम्सिना, सशस्त्र प्रहरी बल ४ नंं. हेडक्वाटर इनरुवाका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिना, इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक विकास राई, प्रहरी सहायक निरीक्षक आनन्द पोख्रेल, प्रहरी हवल्दार गोमादेवी राउत, प्रहरी सहायक निरीक्षक भुपराज पोख्रेल, प्रहरी जवान सन्दिप कुमारमोक्तान, प्रहरी हवल्दार कल्याणी आचार्य, प्रहरी जवान गणेश तिम्सिना, प्रहरी हवल्दार श्याम नारायण यादव, प्रहरी बरिष्ठ हवल्दार समिर सापकोटा, प्रहरी सहायक हवल्दार अशोक राई, प्रहरी सहायक हवल्दार दिपक राई, प्रहरी बरिष्ठ हवल्दार अयोधी यादव, प्रहरी जवान प्रकाश दाहाल, प्रहरी हवल्दार सरोज पोख्रेल, प्रहरी सहायक हवल्दार लोकनाथ धमला, प्रहरी जवान सुमन खड्का, सशस्त्र प्रहरीका सहायक हवल्दार राकेश न्यौपाने, सशस्त्र प्रहरी जवान दिनेश राई, प्रहरी सहायक हवल्दार विजय विक, प्रहरी जवान यलम्बर राई, प्रहरी जवान शान्तराम चौधरी गरी जम्मा २३ जना घाइते भएका थिए । प्रहरीले भिड नियन्त्रण गर्नका लागि इन्सासबाट ११ राउण्ड हवाइ फायर, ग्याँसगनबाट ७ सेल जिल्ला प्रहरी कार्यालयको टोलीले चलाएको थियो । यसैगरि इटहरीको प्रहरी टोलीले ग्याँस गनबाट ३ सेल, एसएलआरबाट २ राउण्ड (जंगी) दुहवीको प्रहरी टोलीले ३०३ राइफल्सबाट २५ राउण्ड हवाइ फायर (ब्लाक), सुटनबाट ७ वटा रबर काटिज र ग्याँसगनबाट १ सेल फायर गरेको थियो । मसिर २३ गते इटहरीबाट दुहवीतर्फ जाँदै गरेको प्रदेश न. १–०१–००१ ख ४५७४ नम्बरको बसको ठक्कबाट इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ९ की छात्रा सम्झना यादवलाई ठक्कर दिँदा उनको घट्ना स्थलमै मृत्यु भएको थियो । बालिकाको मृत्यु हुनासाथ आक्रोसित स्थानीयले बसमा तोडफोड मात्र गरेनन् आगजनी समेत गरेका थिए । स्थानीयले ठक्कर दिने बस जलाउनुका साथै अन्य सवारी साधनमा समेत अन्धाधुन्ध तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणबाहिर जान नदिन इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको कमाण्डमा ४० जनाको प्रहरी टोली गएपनि स्थिति नियन्त्रण नभएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरक्षिकको कमाण्डमा २७ जना, दुहवी,धरान र महेन्द्रनगरबाट ८७ जनाको प्रहरी टोली पुगेको थियो ।


स्थिति नियन्त्रणमा आएपछि सोही दिन साँझ इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौड्यालको कार्यकक्षमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, पीडित पक्षका मानिसहरुबीच छलफल भएको थियो । छलफलका क्रममा थप हिंसा भड्किन नदिन पीडितलाई यथाशक्य चाँडो न्याय दिलाउने र घटना सम्बन्धमा सुक्ष्म रुपमा अध्ययन अनुसन्धान गरी दोषी उपर कारबाही गर्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया