रास्वपा परित्याग

विराटनगर । सहकारीको करोडौ रुपैया अपचलनको आरोपलाई अस्वीकार गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पार्टीबाट धमाधम नेता, कार्यकर्ताहरुकोे बहिर्गमन हुन थालेका छन् ।आदर्श, विचार, सिद्धान्त केही नभएको रास्वपाबाट मोरङ्गका एक दिग्वज नेता बाहिरएका छन् ।

दुई बर्ष अगाडि भएको प्रतिनिधिसभाको निर्वाचमा मोरङ्ग क्षेत्र नं. ३ बाट उमेद्वारी दिएका विकेश उप्रेतिले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी रास्वपा परित्याग गरेको घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य समेत पत्रकारहरुका अगाडि च्यातेर खुट्टाले किल्चेका थिए । मोरङ्ग क्षेत्र नं. ३ मा अत्यन्तै लोकप्रिय रहेका उप्रेतिले २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चौथो स्थान हासिल गरेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा नेता उप्रेतिले भन्नुभयो रास्वपा पार्टी नै होइन । एउटा सहकारी ठगले आफूमाथि लागेका आरोपको सम्बन्धमा संसदीय समितिको प्रश्नमा नाइ मलाई थाहा छैन भनेर उम्किन खोज्नु किमार्थ ठीक होइन । उनका हरेक गतिविधि शंकास्पद रहेकोले त्यस्तो व्यक्तिले नेतृत्व गरेको पार्टीमा बस्नु नैतिकताले नदिएका कारण आफूले रास्वपा परित्याग गरेको उपे्रतिले बताउनुभयो ।

तपाईको प्रतिक्रिया