गँडतन्त्रमा पाइदैन
लोकतन्त्र आयो, गणतन्त्र आयो । निर्धक्क मनमा लाग्या कुरा लेख्न, बोल्न, विरोध गर्न, नाराबाजी गर्न पाइन्छ भन्थे । तर मुलुकाँ लोकतन्त्र र गणतन्त्र नभएर गाँडतन्त्र, घाँडोतन्त्र पो आ’रैछ । अब हेरम न पश्चिमतिरका जुवाले शेरे र सेर्नीका बारेमा फेसबुकमा आफ्नो असन्तुष्टि पोखेछन् । उन्लाई उनैले तिरेको करबाट गुजारा गर्दै आएकाले तुरुन्तै अँठ्याएर झलङ्गकुट्टी पारेछन् । खप्रओ, सेरे सहभागी कार्जेक्रममा युवाहरुले नारा लगाउँदा खोजी खोजी पक्राउ गरिएछ । शेरे, सेर्नी, खप्रओका बारेमा बोल्नै नहुने, लेख्नै नहुने, विरोध गर्नै नहुने भएसी’यो गणतन्त्र त हुँदै होइन । यो गाँडतन्त्र नभएर अर्थोक हुनै सक्दैन । त्यसै दुर्गा प्रसाई उफ्रिएका होइन रै’छन् । त्यसै उनका पछाडि लाखौ दौडिएका होइन रै’छन् । अति भएसी खति त निश्चित हुन्छ । यही चाला हो भने बंगलादेशकी आमा टाप कसेझै यहाँका वा आमाको पनि गति नहोला भन्न सकिदैन । कि कसो हौ ?
गुनासो सुन्ने रे
शिलत निवासका राष्ट्रपति लाजचन्द्र पौड्यालको खोपडीमा अस्तिका दिन एउटा गज्जबको आइडिया फुरेछ । अब हरेक महिना कुनै न कुनै सार्वज्निक स्थलमा गएर स्थानीयको गुनासो सुन्ने रे । लाजचन्द्रले स्थानीयको गुनासो सुनेर के गर्नु ? पहिला बाउराम पर्धानमन्तरी हुँदा एकदिन जनताको झोपडीमा भन्ने अभियान चला थे । विचरा गरिबकोमा गएर उन्ले ऋण पान गरेर जुटाएको खानेकुरा खाएर चल्दिए । गरिवले खोया पाए ? लाजचन्द्रको अभियान नि त्यही हो । राष्ट्रपतिलाई हेलिकोप्टरको व्यवस्था गर्नैप¥यो, उत्रिएसी’ रातो कार्पेट ओछ्याउनै प¥यो, प्रहरी र सेनाले जनतालाई पाँच सय मिटर पर राख्नै प¥यो । अनि पाँचसय मिटर पर बसेका जनताको लाजचन्द्रले के गुनासो सुन्ने ? राज्यलाई खर्चको भार बोकाउनु भन्दा अर्को नाटक हुदै होइन ।
अह मलाई थाहा छैन
नेपालका एकजना अद्भूत नटवरलाल छन् । जसलाई जे सोधे पनि अहँ मलाई थाहा छैन भन्छन् । कुन सहकारीमा सर्वसाधारणको कति रकम जम्मा छ त्यो त तिनी सुँघेर थाहा पाउँछन् । आधा दर्जन भन्दा बढी सहकारीबाट आफ्नो तीन पुस्ते लेखाएर, आफैले ल्याप्चे हानेर आफैले सही धस्क्याएर करोडौ आफ्नो खातामा जम्मा गर्न निर्पुण छन् । उनको सबैभन्दा ठूलो खुबीचाहिँ यतिका प्रक्रिया पूरा गरेर ऋण लिने अनि नतिर्ने हो । पीडितहरुको रकम असुल उपर गर्न शक्तिशाली संसदीय समिति बन्यो । समितिले ९ घण्टा लगाएर बयान लियो । हरेक प्रश्नमा तीन नटवरलालले अहँ मलाई थाहा छैन मात्र भने । जे होस् नटरवाल घण्टेको कलालाई मान्नैपर्छ ।
ढिडो भन्दा कुराउनी मिठो
अस्तिका दिन माउवादीका आजीवन अध्यक्ष प्रचण्डाउले बडो गज्जबको गफ हान्दिए । उन्लाई अब अध्येक्षे पद ठूलो लाग्न छाड्यो रे । दुनियाँलाई ठग्न र बेकुव बनाए नि आफ्नै पार्टीभित्रका नेताहरुलाई किन बेकुव बनाएका होलान ? अरुले नेतृत्व छोड्नुपर्छ भनेर दबाब दिँदा सातो खाने गरी हप्काउँछन् । ठूलो लाग्न छाड्या भए अरु नेतालाई अध्येक्षे छोड्नु नि । त्यो नि गर्दैनन् । अध्येक्षे पनि नछोड्ने ठूलो लाग्न छाड्यो पनि भन्न नछोड्ने । हुन त उन्लाई ठूलो पनि कसरी लागोस् त ? लाउरेस र झालेमालेलाई विरालाले मुसा खेलाएझैे खेलाएर पटक पटक पर्धानमन्तरी भ्याइदिए । पर्धानमन्तरी छँदा बालुवाटारको ऐøयासी बसाई सिहदरबारको फन्के कुर्सीको मोज, आगे पिछी सेना प्रहरीको स्यालुट, अपरम्पार कमाई । अध्येक्षेमात्र हुँदा केही न केही । अध्येक्षे भन्दा ढिडो पर्धामन्तरी भन्या कुराउनी । अनि ढिडो भन्दा कुराउनी नै मिठो ।
झाक्री उत्तानो चित्त
नमर्दकी जोइ हुनु भन्दा मर्दकी कमारी हुनु नै वेश भनेर हाम्रा बुढापाकाहरुले त्यसै भन्या होइनन् । अब हेरम न माकुने जस्ता स्यालको पछि लागेर के के न गरमला भनेर हिडेकी रामकुमारी झाक्री यतिबेला पार्टीकै आन्तरिक निर्वाचनमा उत्तानोचित परिछन् । माकुने लड्लान कि भनेर खुब हात अँठ्याएर हिड्थिन् । आन्तरिक चुनावमा तिनै माकुनेले झाक्रीलाई हराउन निर्देशन देछन् । माने माकुने र झाक्री बीचमा राम्रैसँग खटपट चल्या रै’छ । नत्र आफ्नो हात अँठ्याएर डोहो¥याउने झाक्रीलाई हराउन किन निर्देशन दिन्थे ? झाक्री पनि स्यालको पछि के लाग्या होला ? खप्रओकै पछि लाग्या भए झाक्रीको त्यस्तो बेहाल त हुने थिएन । अब झाक्रीले घरैमा ओथरा बस्नु प¥यो कि त वल्लो घरबाट पल्लो घरमा सर्ने तारतम्य मिलाउन प¥यो । नत्र झाक्रीको राजनीति गेल भैस पाइन मे ।
फेरि अर्को षड्यन्त्र
लाउरेस र झलेमालेको सरकारले फेरि अर्को षड्यन्त्र शुरु गरेछन् । भ्रष्टाचारमा पाँच बर्ष हदम्याद कायम गर्न खप्रओ र स्यालबहादुरले न्वारनदेखिकै बल प्रयोग गरेका थिए । तर यत्रतत्र सर्वत्र दुवैलाई गालीको बर्ष छुटेसी हच्किएका मात्र होइन अब आफ्नो खैरियत नहुने देखेर हटाए । अब फेरि अर्को षड्यन्त्रमा जुटेका छन् । अब सार्वजनिक पदमा बस्नेले भ्रष्टाचार ्रगरेमा निलम्बन नहुने कानुन ल्याउन ल्यारैछन् । हैन यिनीहरुको दिमागमा अर्थोक फुर्दैन ? अब निलम्बन नहुने कानुन ल्याए भने लुकीछिपी हुने भ्रष्टाचार खुलेआम खुल्लमखुल्ला, हाकाहाकी हुने भयो । हुन त सर्पको खुट्टा सर्पले मात्र देख्छ भन्छन् ।
घण्टेले छाया सरकार बनाउने रे
तीन महिना रजगज गरेको् घण्टे पार्टीले अब देशमा छायाँ सरकार बनाउने रे । घरेलु मन्तरी भएर ताइफाई गरेको, हैकम जमाएको, सहकारी ठगीका फायलहरु गायव बनाएको, माल लिएर रातारात प्रहरीहरुको सरुवा बढुवा गरेको, सिडियो परिवर्तन गरी अण्डरग्राउण्डबाट अकुत रकम झ्याप पारेको विचारालई झल्झल्ती याद आउदै होला । अब ८४ सम्म छायाँ सरकार बनाउने रे । एक पटकसत्ताको स्वाद पाइसकेपछि जिब्रो सत्ताका लागि लिम्लिवाई
रहन्छन् । केन्द्रमा छायाँ सरकार मात्र होइन स्थानीय तहमा पनि वडाध्यक्षसम्म बनाउने रे । लाजको पसारो । बनाऊ घण्टे बनाउ ८४ सम्मा त घण्टी नै गायव होला जस्तो ।
अन्तेमा
यतिबेला देशका सहरहरुमा तीजको रौनक छाएको छ । नेपाली महिलाहरु दिनैपिच्छे तीज डकार्न थाल्या छन् । महंगा होटलदेखि पार्टी प्यालेसहरुमा अल्कोहलको तालमा अकर्णप्रिय गीतमा महिलाहरु उफ्रिएका उफ्रियै छन् । सुन्नै नसकिने त्यस्ता अकर्णप्रिय गीतका सर्जकहरुलाई साधुवाद त दिनै पर्छ । तर घण्टाघरले नबुझेको कुरा तीज आउनु एक महिनादखि तीजकोे खुवाई जायज हो र ? तिथिमितिले जुन दिन तोकेको छ त्यही दिन मनाउनुपर्ने होइन र ? त्यसो भए दशैको टिका एक महिना अगाडिदेखि लगाउने ? जन्मदिन एक महिना अगाडिदेखि मनाउने ? बाबु आमाको श्राद्ध वरखी एक महिनादेखि गर्ने ? खान दौडिएका तिजेहरुले कहिले कुरा बुझ्ने ?