घण्टाघरबाट हेर्दा

घण्टेका छाउराहरुले खै कुरा बुझ्या ?
नेपालका सहकारी ठगीमा सर्वोत्कृष्ट ठहरिएका घण्टेका छाउरा हरुले कुरा नबुझ्या हुन कि बुझ पाएका हुन् घण्टाघर नै द्विविधामा प¥या छ । अब हेरम न अधिकार रलोकतन्त्रका लागि जेल बस्नु र सहकारी ठगेर, संगठित अपराध गरेर जेल बस्नु आकाश जमिनको फरक हो भन्ने कुरा तिनका घैँटामा किन घाम नलाग्या होला ? यतिबेला घण्टेका छाउराहरु घण्टेले गरेका अपराधलाई होइन भनेर गोयल्सवादी हल्ला गर्न प्रतिष्पर्धा गरिरा’छन् । हग्नेलाई भन्दा देख्ने्लाई लाज भनेझै । हैन हौ जान्नेलाई छान्ने भन्थे तर सबै झुठका पुलिन्दा मात्र रै’छन् । झन त्यो एउटी डा. भन्ने च्याँखुरी र अर्की विदेशी पोइसँगरमाएकीहरुको ताल देख्दा उदेकै लागेर आएको छ । थुतुनोमा जे आयो त्यही फलाकेको छ । अदालतलाई सरापेको छ, चोर देश छोड भन्या छ, गाँजा खाएर सडकमै तमासा देखाएको छ । जे होस् घण्टेका छाउरा छाउरीहरुले यतिबेला पोखरा, काठमाण्डौ, चितवनबासीहरलाई भरपुर मनोरञ्जन गराएका छन् ।
अधिकारीले मौकामा चौका हानेछन्

मौका पाएपछि चौका हान्न जान्नै पर्छ । मौका चौका हान्न नजान्ने गलगाँडको कुनै काम छैन । कोशी प्रदेशका कानुनमन्त्री लिला बल्लबले चौका हानेर लीला नै देखाइदिएछन् । कसैलाइै थाहै नदिई ९ देखि १५ लाख दाम लिएर ६ जनालाई जापानतिर हिड्या थे विचरालाई जापानी प्रहरीले ४८ घण्टा एयरपोर्टमै ठिंगु¥याएर फर्ता पठाइदिएछ । एक कान मैदान भएसी’ लीलालाई राजीनामा ठोक्न लगाइयो । अरु लाउके ६ जनालाई प्रहरीले सम्मानपूर्वक हत्कडी लगाए पनि उनलाइ भने अपमान गरेर त्यत्तिकै छोडेछ । हुन त लिलाले गरेको कार्य नेपालमा जायजै हो । यहाँ उपसभामुखले अम्रिका पठाउँछन, भुटानी शरणार्थी किनबेच हुन्छ । भोलि फेरि पदमा पुग्ने हो कि होइन ? पुगेको बेला पनि यसो लिला नगर्ने हो भने इज्जतै जोगिन्न । कि कसो हौ लिला बाजे ?
टाप कसे रे
दिपक मनाङ्गे उर्फ राजीव गुरुङ टाप कसे कि टाप कसे भनेर समाचार आ–आरेछ । अदालतले मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसी’ उनी टाप कस्या हुन् रे । गण्डकी प्रदे्शो मन्तरी समेत भैसक्या मनाङ्गलेले मोवाइल स्वीकच समेत अफ ग¥या छन् रे । वाहियात † मनाङ्गे भन्या मनाङ्गे हुन् । हावा न चावासँग क्यामेरा हल्लाएर पत्रकार भा’काहरुले मनाङ्गेलाई मात्र देखेछन् । हजारौ मान्छे मान्नेहरु यो देशाँ दिनैपिच्छे भुकिरा’छन् । राजनीतिको जामा लगाएसी’ जस्तोसुकै अपराध पनि चैट हुन्छ भन्ने कुरा किन नबुझेका होलान् ? कुरा बुझ्नुमा छ ।
लाजचन्द्रको् जुत्ता मोह
शितल निवासे लाजचन्द्रको जुत्ता मोह बडो गज्जबको रै’छ । खाँदा नि जुत्तै लगाएर खाइदिन्छन्, बस्दा नि जुत्तै लगाएर बस्दिन्छन्, सुत्दा नि जुत्तै लगाएर सुत्दिन्छन्, बाबुको श्राद्ध गर्दा नि जुत्तै लगाएर गर्दिन्छन् । जुत्ता मोह होस् त लाचनन्द्रको जस्तो । अब हेरम न अस्ति भर्खरै महान धार्मिक पर्व छैठ सिद्धिएको छ । भक्तजनहरु निराहार बसेर खाली खुट्टामै सूर्यलाई अर्घ दिन थाल्या थे । लाजचन्द्र आफ्ना आसेपासे, अगुवा, चरुवा लिएर छठ पूजामा पुगेछन् । यतिसम्म त पाच्य नै हुन्छ । तर लाजचन्द्रले छालाको जुत्ता लगाएर सूर्यलाई अर्घ दिएछन् । योचाहिँ कसैका लागि पनि पाच्य हुँदैन । हुन त धर्मान्तरणको वकालत गर्ने लाचन्द्रले जुत्ता लगाएर अर्घ दिनु नोलोचाहिँ होइन । धर्म एउटा संस्कार र अनुशासन पनि हो भन्ने कुरा लाजचन्द्रलाई हेक्का भए पो । जे होस् जुत्ता मोहचाहिँ मान्नैपर्छ ।
सित्तैको पानी बेच्दा नि घाटा
काठमाण्डौका मेयर बालेन साहले अस्तिका दिन बडो गज्जबको कुरा गरे साह«ै घत लाग्ने । अब हेरमन खोला नालाको, बोरिङ्ग गरेर निकालेको सित्तैको पानीमा पनि घाटा भयो भनेर खानेपानी बोर्ड, केयुकेलले पानीको मूल्य बढाएछन् । कहीँबाट खरिद गरेर ल्याएर बेचेका भए पो घाटा हुन्छ । सित्तैको पानी बेच्दा नि कहाँ घाटा हुन्छ ? धरानकै अन्तरेउलाई हेरम न । त्यहीँ पानीको मुद्धा बोकेर काँग्रेस, एमालेका बिग्रेका अण्डाहरुले भोट दिएर जिताएका अन्तरेउले पानीको महसुल बृद्धि गरेछन् । घाटा भयो रे । नागरिकले खाने पानीमा व्यापार गर्ने त होइन होला ? सित्तैको पानीमा व्यापार गर्दा नि नाफा खोज्न थालेसी’ बातै खलास । कि कसो हौ अन्तरेउ ?
नेताहरुको राजनीतिक धन्दा
नेपालका राजनैतिक दलका नेताहरुले राजनीतिक व्यवसाय जहिल्यै नि नाफा उन्मुख छ । नेपालका कैयौ उद्योग धन्दाहरु घाटामा गएर टाँट पल्टिएका छन् । कसैको बैंकले लिलाम ग¥या छ, कसैले कौडीको भाउमा बेचेर आफू सडकमा आएर ऋण तिरिरहेका छन् । तर राजनैतिक व्यवसाय जहिल्यै कुस्त मुनाफामा । राजनीतिक व्यवसाय मौलाउनुको प्रमुख कारण सुनको तस्करी ग¥यो, शरणार्थीको तस्करी ग¥यो, सरकारी जमिन बेचेर कुम्ल्यायो, अरुसँग अरबौको चन्दा धम्क्याई धम्क्याई लियो, महंगा स्कुल आफैले सञ्चालन ग¥यो । व्यापारमा यस्तो धन्दा गरेपछि घाटा हुने कुरै भएन । भाषणमा विकास भट्यायो धन्दाचाहिँ राजनीतिक ।

घण्टेको निलो क्रान्ति
हिजोआज सामाजिक सञ्जालहरुमा कस्ले कस्तो अभिव्यक्ति दिएको छ त्यो हेरेर त्यो कुन राजनैतिक दल, दलाल, ठगको निकट हो भनेर छुट्याउन सबैले सक्ने भएका छन् । ठग्न सक्ने, झुट बोल्न सक्ने, अदालतको विरुद्ध नारा लगाउन सक्ने, आमाचकारी अरुलाई गाली गर्ने, आलोचना सुन्नै नसक्ने, सहकारी ठग घण्टेको सबै अपराधको भारी बोक्नेहरु निलो क्रान्तिमा माने ब्लु अर्थात नांगो आन्दोलनका मतियारहरु हुन् । यि नांगो आन्दोलनका मतियारहरुलाई सहकारी ठग घण्टेको बचाउमा सडकमा आउँदा अर्थोक केही कुराको चिन्ता हुँदैन । उनीहरुलाई चिन्ता हुन्छ केवल साँझमा ढाल किन्न पाइन्छ कि पाइँदैन । यसपाली पोखराले ढाल विक्रीमा रेकर्ड नै बनाएकोे छ । अब पालो रुपन्देहीको । त्यहाँका व्यापारीहरुले अग्रिम स्टक गर्न थाल्या छन् रे । लौ बधाई छ निलो क्रान्तिका छौडाहरुलाई ।
अन्तेमा
वनमन्तरी ऐनबहादुर माझीले बडो गज्जब गर्ने भएछन् । अजर वैजानमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलनमा शाहले ३० जना लाने भएछन् । तीन जनाको लागि निम्तो आएमोमा शाहले आफ्ना स्वकीय सचिव, छोरोसहित मन्त्रालयका कर्मचारीहरुलाई लिएर चल्दिन आँट्या रै’छन् । मन्त्री, सचिव र महाशाखा प्रमुखबाहेक अरुको कुनै कामै नभए नि वनमन्तरीले ३० जना किन बोक्न लाग्या होलान् ? आयोजकले तीन जनाको मात्र खर्च व्यहोर्ने भन्या रै’छ । अरुको खर्च कस्ले ब्यहोरेछ । वनमन्तरी शाही पनि केशी प्रदेशका कानुमन्त्रीले झैँ असुली धन्दामा पो लाग्या हुन् कि क्या हो ? आफ्नो खल्तिबाट तिनले पक्कै पनि व्यहोरेका छैनन् । जनही २७ जनबाट कति कति असुलेका छन् भोलिका दिनमा पुगेर आउनेले छादिहाल्छन् । कि कसो हौ ?

तपाईको प्रतिक्रिया