धरान । बर्षातको समयमा धनकुटा र सुनसरीको संगम स्थल सागुरीगढी गाउँपालिकाको भेडेटारमा पर्यटकको संख्या न्यून हुने गरेको छ । कोशी राजमार्गको धरान ४ निशानेमा बर्षैनी भारी बर्षा हुदा पहिरो खसेर सडक अवरुद्ध हुने भएकोले पनि पर्यटक आउन नसकेका हुन् । केर्ही दिन अगाडि आएको भारी बर्षाका कारण यो सडक खण्डको निशानेमा विगतकै जस्तो पहिरौ खस्यो । पहिरोका कारण सवारी साधन अवरुद्ध भए सडक सुचारु गर्न कठिनाई भयो । एक्कासी आएको ठूलो बर्षाका कारण पहिरो खसेर सडक नै अवरुद्ध हुदा लामो समयसम्म सवारी साधन सञ्चालनमा आएनन् । निशानेमा पहिरो खसेको यो पहिलो हैन ८ बर्ष अगाडि यही ठाउँमा भारी बर्षाले कालो सडक नै बगाएपछि त्यसको केहीमाथिबाट टूयाकै खोलेर सञ्चालन गर्न झण्डै १५ दिन समय लागेको थियो । चुरे पहाड कमसल माटोकै कारण त्यहाँ भारी बर्षा हुने वित्तिकै पहिरोको जोखिम हुने गरेको छ । बर्षाद् भयो कि भेडेटारबासीलाई निशानेमा पहिरो खस्ने र सडक अवरुद्ध हुने चिन्ताले सताउने गरेको छ ।
साँगुरीगढी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु छन् । पछिल्लो भेडेटारमा स्काइवाक सञ्चालनमा आएपछि भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटक बढी मात्रामा आउने गरेका छन् । स्काइवाकको मजा लिनकै लागि मात्र दैनिक ७(८ सय पर्यटक भेडेटार आउने गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । पर्यटकको आगमनमा वृद्धि भएपनि बर्षादको समयमा पहिरो झरेर सडक अवरुद्ध हुुदा भने समस्या हुने त्यहाँका व्यवसायीहरुले बताएका छन् । स्काइवाक सञ्चालन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भए पनि बर्षैनी बर्षाद्का समयमा खस्ने गरेको पहिरोले भने व्यवसायीहरुलाई धेरै समस्या पु¥याएको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठ बताउनुहुन्छ । समय समयमा जाने पहिरोको दीर्घकालीन समस्या हुन नसक्दा भेडेटारको व्यापार व्यवसायमा प्रभाव पार्ने गरेको छ । नैपालबाटमात्र हैन भारतको विहार, दार्जीलिङ, सिक्किम लगायतबाट दैनिक ५ सय भन्दा बढी पर्यटक भेडेटारको चीसो मौसमसँगै प्राकृतिक मनोरमको दृश्यावलोकन गर्न आउने गरेका छन् । बर्षैनी बर्षादको समयमा पहिरो खस्दा सडक अवरुद्धमात्र हैन जोखिम पनि उत्तिकै थपिएको छ ।