चौध प्रदे्शको आवश्यकता
काँग्रेस एमाले भँजाएर सत्ताको चास्नी खाँदै आएका भडुवा पार्टीका केन्द्रीय आजीवन अध्यक्षे प्रचण्डाउले अस्तिका दिन भन्या नेपालमा सात प्रदेशको हैन चौध प्रदेशको आवश्यकता छ रे । सात प्रदेश धान्न तोरीको फूल देख्या बेला चौध प्रदेशको गफ दिन भ्याएछन् भँडुवाले । हैन हौ यिन्को कामै भाँड्नु्, बिगार्नु, लथांलिङ्ग पार्नुमात्र हो कि क्या हो ? हुन त जग राम्रो भए पो घर गतिलो बन्छ । जगमा १७ हजारको हाडखोर छ, लुटेका सम्पत्ति थुपारिको छ, विधवाहरुको आँशु छ । टुहुरा बालबालिकाको सराप छ, बृद्ध बाबु आमाको सराप छ अनि त्यस्तो घरमा बस्नेले न देशको हित चाहन्छ, न समाजको हित चाहन्छ, न कुनै व्यक्तिको हित चाहन्छ । बरु यसै भएन त्यसै भएन यसै राँण देशै भाँड भनेझै नेपालको ७७ वटै जिल्लालाई एउटा एउटा प्रदेश बनाए लण्ठै साफ । देशभरि बग्रेल्ती मन्त्री, मुख्यमन्त्री र सांसद हुन्थे । वात करता है ।
घण्टेको हनुमानको रुवाबासी
एउटा स्यालले हुइøयाँ गर्दा त्यसको पछि हुइँ कि हुई गर्दै दौडिएका सहकारी ठग घण्टेका लाल बुझक्कड हनुमानहरुको यतिबेला रुवाबासी चलेको छ । सबै दशी प्रमाणले घण्टेतर्फ औँला ठड्याइ सक्दा पनि घण्टेका लाल बुझक्डहरु घण्टेले क्लिनचिट पायो भनेर रोदन गरिरहेका छन् । हुन त यो नेपाल हो । यहाँ झुट भरमार विक्री हुन्छ । जति झुटको प्रचार गर्न सक्यो त्यति नै व्यापार चल्छ । सत्य त यहाँ मरिगए नि विक्री हुँदैन । यतिबेला संसदीय छानविन समितिको प्रतिवेदन गृह सहित चार मन्त्रालयमा पुगेको छ । घण्टे ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा कारबाहीको सिफारिस भा’रैछ । अब घण्टेका लाल बुझक्कडहरु के गर्दा हुन् ?
पाच हजार भेला गर्न धौ धौ
अस्तिका दिन संविधान दिवस आच्या गनतन्त्र दिवस सत्ताधारीहरुले मनाएछन् । मनाउनै प¥यो । लोकलाज राख्न पनि मनाउनु प¥यो । नाकको सवाल पनि छ । उनीहरुले गज्जबको आइडिया लगाएछन् पाँच हजार मान्छे जुटाउन । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको ठूलै जमात भेला गराएछन् । सर्वसाधारण त शून्य । यस्तो हरिवजोग देखेसी’ वास्तविकता बुझ्नु पर्ने हो । तर स्वाँठहरुको सोच अझै गनतन्त्रको नाममा सत्ता दोहन मात्र छ । कुन दिन यहाँ जुठे कहाँ जुठेकी आमा हुन्छन् अनि चाल पाउँछन् ।
गज्जबै भएछ धरहरामा
काठमाण्डौको धरहरा अस्तिका दिनदेखि सर्वसाधारणका लागि चढ्न र उत्रन शुरु भएछ । पहिलो दिन प¥यो त्यसमाथि निःशुल्क चढ्न पाउने भएसी धरहरा चढ्नेहरुको मेलै लागेछ । निःशुल्क पाउने भएसी’ त्यसैपनि भीड लाग्ने नै भयो । ठेलमठेल गदै धरहरा चढ्दै गरेकालाई सोध्दा यो घण्टारलाई नि आश्यर्च लायो । धराहराको शिलान्यास गर्ने खप्रओ, रातारात उद्घाटन गर्ने खप्रओ । धरहरा चढ्दा कुनै नेतालाई सम्झनुहुन्छ भन्दाचाहिँ सबैले बालेन कि बालेन भनेछन् । यसो भएसी खप्रओ बाको कन्चट नतातिने कुरै भएन । गर्ने भन्ने हनुमान पगरी गुँथ्ने चाहिँ डेँढु भन्या यही हो ।
शुशिलाको सत्यमा छटपटाहट
पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले अस्तिका दिन कटु सत्य बोलिछन् । झुटको व्यापार हुने नेपालमा सत्यको व्यापार बन्द भएको तीन दशक भन्दा बढी भयो । सत्य बोल्योे भने यहाँ एक्लो वृहसपति पो भइन्छ । आजीवन काँग्रेस र प्रजातन्त्रका लागि त्याग गरेकी कार्कीले बोलेको सत्यबाट एकथरिलाई औडाहा भा’छ । उनले धर्म नमानीकन भन्दिछन् जस्तोसुकै अपराधी, बलात्कारी, भ्रष्टाचारी, व्यभिचारी भए पनि खप्रओको मान्छे, सेरेको मान्छे भएपछि उसले कुनै कार्वाही भोग्नु पर्दैन । वाह † क्या दनक दिइछन् कार्कीले । अब नेपालीलाई न्याय दिन, विश्वभरि नेपालीको असल छवि स्थापित गर्न संवैधानिक राजसंस्था ल्याउनैपर्छ रे । जे होस् कार्कीले ढिलो बोलिन् सत्य बोलिन् । भगवानको घरमे देर है अन्धेर नहीँ भन्छन् हेरम ।
दशवटा बालेनवाल टिसर्टले थुरुरु
नेपालमा गाडतन्त्रको जरा निक्कै भत्किएछ । चलाउनु हल्लाउनु नै नपर्ने भएछ । अझ चलायो, हल्लायो भने त यो गल्र्यामगुर्लुम ढल्ने पो रै’छ । अब हेरम न काठमाण्डौमा बालेनको नाम लेखिएको टिसर्ट लगाएर सडकमा निस्किएका युवा देख्नासाथ गाँडतन्त्रको रेखदेख गर्ने, स्यहारसम्हार गर्ने जिम्मा पाएको सरकार नै थुरुरु भएछ । विचारा हरुलाई बालेन हाउँगुजी नै भा’छन् । हुन त पाप गर्नेहरुको मनमा कहिल्यै शान्ति हुँदैन । हरेक समय उस्लाई पीडा भइरहन्छ । यतिबेला बाल्वाटारे् वा’ र बुढानिलकण्ठ र्याले काजीलाई त्यस्तै भा’छ । गणतन्त्र उम्रिदै देखि राम्रोसँग मलजल गरेर सबैलाई छहारी ताप्ने बनाएको भए आज १० वटा टिसट देख्दा काप्नै पर्ने थिएन । शुरुदेखि नै मुन्टा, जरा, हाँगाविगा काटेर आफ्नो र आफन्तका लागि पोसेपछि हुने यस्तै हो । कि कसो हौ ?
हात्ती आयो हात्ती आयो फुस्सा
सविधान संसोधन गछौ्र्र भनेर लाउरेस र झालेमालेको लगानगाँठो कसिएको थियो । जनताले नरुचाएका, विवादित विषयहरुमा अब ढिलै भए नि लाउरेस र झालेमालेले संसोधन गर्ने भए भनेर सबै मख्ख प¥या थिए । लास्टाँ उही हात्ती आयो हात्ती आयो फुस्सा हुने भयो । संघीयता, धर्म निरपेक्षता, समानुपातिकका जस्ता विषय हँटाउने सम्बन्धमा कुनै छलफल नहुने रे प्रहरीको थुतुनो च्यातिदिन्छु भन्ने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भन्या । हुन त एउटा कुरा गरेर अर्को गर्ने प्रवृत्ति नौलो होइन । केचाहिँ कुरामा अब संसोधन गर्ने त ? घाँडो संघियता, देशकै पहिचान नाश गर्ने धर्म निरपेक्षता र चाकडीको भरमा हजम गर्न पाइने समानुपातिक प्रणाली हटाउँलान् भन्या त अन्तेमा उही गुएँलाको फूल ।
अन्तेमा
लाउरेसका नेता जनकपुरिया पनि कहिलेकाँही दमदारै गफ गर्छन् । अतिका दिन उन्ले सहकारीबाट आएको करोडौ रुपैया घण्टे पार्टीका अध्येक्षेले चेक काटी काटी निकालेको भन्दै तत्काल हत्कडी लगाउन माग गरेछन् । चेक काटेर ठग्नेलाई हत्कडी नलगाए घाँस काट्न्लाई लगाउने त सम्म भनेछन् । कुरो त सोह«ै आना जायज हो । सहकारीको पैसा लखुर लुखुर हिडेर घण्टेको खातामा त आएको होइन होला । उता जिवी राईले आफूलाई फँसाउने घण्टेलाई कुनै हालतमा छोड्दिन भनेपछि म जसरी पनि केश मिलाउछु ढुक्क हुनुहोस् बरु मलेशिया छोडेर युरोप जानुस् भनेर भगाएछन् । घण्टेका झोलेहरु अब त्यो कुरा बुझे्सी’ के गर्लान् ?