घण्टेको पुत्लादहन
सहकारी ठगमा गोल्डमेडल प्राप्त गरेका घण्टे पार्टीका अध्येक्षेको अस्तिका दिन पीडितहरुले तामझामका साथ पुत्लादहन गरेछन् । रत्नपार्क जस्तो ठाउँमा हजारौ पीडतहरु भेला भएर आक्रोस पोख्दै पुत्लादहन गरेपछि घण्टे बेपत्तासँग दौडिएर तराईतिर पुगेछन् । बुटवल, काठमाण्डौ, पोखरा, चितवनका सहकारीहरुलाई टाँट पल्टाएसी’ तराइतिरका मालदार सहकारीको खोजीमा घण्टे दौडिएका होलान् । घण्टेको पुत्ला जलाउने पीडित र प्रहरीबीचमा केही बेर
राम्रैसँग पौठेजोरी चलेछ । जलाएको पुत्लामा पानीको फोहोरा हानेर निभाएर प्रहरीले ठूलै बहादुरी प्रदर्शन गरेछन् । आखिरी प्रहरीले गर्ने धर्म भन्या यस्तै हो । ठग छाती खोलेर हिड्या छ, पीडितमाथि अत्याचार । अब घण्टेलाई कसैले तम्रा त पीडितहरुले जलाएछन् नि भन्यो भने स्पष्ट छ जवाफ रेडिमेट आउँछ थाहा छैन । हैन हौ निर्लज्जताको पनि हद हुन्छ नि । अब घण्टेलाई देख्या भने लाज पनि लजाउँछ ।
छाडाहरुले भ्याएछन्
निर्धक्कसँग सत्य कुरा बोल्ने सेर्वाहीबाट निर्वाचित स्वतन्त्र सांसद अमरेन्द्रकुमार सिंहमाथि अस्तिका दिन लाउरेश र झालेमालेका छौडाहरुले आक्रमण गरेछन् । साह«ै असल काम गरे । अमरेशलाई गर्नुपर्ने यस्तै हो । न आफू खान्छन् न अरुलाई ढुक्कले खान दिन्छन् । बडो मेहनत गरेर खाने बाटो बनाएका हुन्छन् । अरु त अरु राष्ट्रिय भाउजुले भुटानीलाई दयामाया गरेर नेपाली बनाउँदै स्वाँई कि स्वाई अम्रिका पठाएको, प्रहरी प्रशासन सरुवा बढुवा, निर्वाचनका बेला पार्टीका उमे्वारबाट लिएको नजरा, टिकापुर जग्गा प्रकरणलाई सिंहले साह«ै प्रचार गरेका थिए । यता पर्धानमन्तरी ओलीले गिरिबन्धु प्रकरण लगायतबाट यसो केही अर्ब जोहो ग¥या थे । सिंहले देखि सहेनन् । जे होस् सिंहलाई दुवैका छौडाहरुले संयुक्त रुपमा पड्काएछन् । सरकार पनि दुवैको संयुक्त छ । पड्काउँदा पनि संयुक्त पड्काउनु परेन त ?
माकुने रितिदै
नाम मात्रको एकीकृत समाजवादी पार्टीका अध्येक्षे माकुनेलाई साढे सातले गाँज्न थालेछ कि क्या हो ? लाउरेस र झालेमाले मिलेर सरकार चलाउन थालेसी’ नै माकुनेको अनुहारको रंग उड्न थाल्या थियो । अरुसँग टाँसो लागेर यसो तर चाढ्दै फूर्ति लगाउन पाएका थिए । अब त्यो बाटो पनि बन्द भयो । यतिबेलै आएर माकुनेको पछि लागेर राजनैतिक उन्नति हैन अवन्नति हुने देखेर वनझाक्री सहित केही साँसद, नेता कार्जेकर्ता झालेमाले प्रवेशको तारतम्य मिलाउन थाहा पाएसी’ माकुनेलाई न दिनमा भोक छ न रातमा निन्द्रा छ । लागोस् पनि कसरी ? पुरानो घरमा आगो झोसेर हिड्दा आफ्नो हात अँठउने तिनै झाक्री थिइन् । यही अवस्था भएमा माकुने गैस भैस पाइनमे पररुसहित हुने निश्चित छ ।
गँडतन्त्रको उपलब्धी
नेपालमा विस्तारै गाँडतन्त्रका उपलब्धीहरु देखिन थालेको छ । अर्काको घरका सीसामा ढुंगा हानेर सडकमा अरुका गाडी र टायर बालेर, महिनौ सम्म उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय बन्द गरेर, राष्ट्र निर्माताका शालिक फोडेर, स्कूल कलेज बन्द गरेर ल्याएको गाँडतन्त्रको उपलब्धी यतिबेला सबैले पाउन थाल्या छन् । गाँडतन्त्रको चासनी खानेहरुको आलोचना गर्नुहुँर्दैन पक्राउ परिन्छ । Ïलोअर्स घटायो भने पनि पक्राउ परिन्छ, लेख्दा पनि पक्राउ परिन्छ, बोल्दा पनि पक्राउ परिन्छ । चास्नी खानेहरुका बारेमा थुतुनो उघार्नै हुँदैन । हैन हौ गाँडतन्त्रको चास्नी खाएर डम्म भएकाहरुले हिटलरको आत्मा बोकेर कहिलेसम्म लोकतन्त्रको दुहाई दिन्छन् हँ ?
राउण्ड किक पाएसी रुवाबासी
बारम्बार अरुलाई राउण्ड किक हानेर बालुवाटार र सिंहदरबारमा मोज गर्दै आएका माउवादीका अध्यक्ष प्रचण्डाउको यतिबेला रुवाबासी चल्या छ । खप्रओले राउण्ड किक हानेपछि भसेपाटीको पाखाबारीमा पछारिन पुगेका प्रचण्डाउ हिजोआज अब जनताले खप्रओलाई राउण्ड किक हान्छन् भन्दै डुक्रन थाल्या छन् । कहिले संसद र सडकबाट देखाइदिन्छन् भन्छन्, कहिले जनताले देखाउँछन् भन्छन् । हुन त सर्पको जस्तो जिब्रो भएका यिन्को बोलीको न हिजो कसैले विश्वास ग¥या थिए, न आज विश्वास ग¥या छन् न भोलि नै विश्वास गर्छन् । संसदीय चुनावमा कँग्रेसको चिट चोरेर जस्ट पास भएका प्रचण्डाउले फस्ट र सेकेन्ड हुनेलाई झण्डै दुई बर्ष राम्रैसँग खेलाए ।
गँडमे नही लत्ते चल….
हिन्दीमा एउटा उखान छ गाँडमे नही लत्ते चल कलकत्ते भन्ने । यो उखान यतिबेला नेपालका विजुली मन्त्री दिपक खड्कासँग ठ्याक्कै मिल्छ । विजुली गाडीका लागि चाहिने व्याट्री स्वदेशमै निर्माण गर्नुपर्छ रे । जाबो एउटा सियोसम्म बनाउन नसक्नेले विजुली गाडीको ब्याट्री बनाउने कुरा गर्दा घण्टाघरलाई समेत कुरीकुरी लागेर आयो । भएका उद्योगहरु बेच्दै सिध्याउने, गाँडतन्त्र आएको ३५ बर्षमा एउटा उद्योग खोल्न नसक्नेले व्याट्रीको फ्याक्ट्री खोल्ने कुरा त्यो थुतुनोले कसरी भट्याउन सक्या होलान् ? बरु गोरखकाली टायर उद्योग खोलम, जनकपुर चुरोट कारखाना खोलम, बुटवल धागो उद्योग खोलम, वीरगञ्ज चिनी कारखाना, कृषि सामाग्री कारखाना खोलम, रघुपती जुट मिल खोलम, हिमाल सिमेन्ट कारखाना खोलम, हेटौडा काठमाण्डौ रेपवे खोलम भन्या भए त तैवरु तै । कि कसो हौ ?
उत्कृष्ट कर्मचारी नै भेटिएन
नेपालमा अब उत्कृष्ट कर्मचारीहरु नै भेटिन छाडेछ । घुस नखाने, भ्रष्टाचार नगर्ने, सेवाग्राहीलाई नठग्ने, दुःख नदिने कर्मचारी गाँडतन्त्रमा भेतिटनु त सम्भवै छैन । यस पटकको ३१ औं निजामति कर्मचारी दिवसका यस्तो चरित्र भएको कर्मचारीलाई पुरस्कृत गर्न धुइँपतल खोजिएछ । तर भेटिएन । सरकारले नि के मजाक ग¥या हाला ? त्यस्ता कर्मचारी नभेटिएको पनि आठ बर्ष भएछ । भए पो भेटिनु । निजामति कर्मचारी दिवस न हो । देशको सबभन्दा बेइमान कर्मचारी खोज्या भए तिनका बीचमा प्रतिष्पर्धा नै गराउनुपथ्र्यौ । कुन कर्मचारीले सबैभन्दा बढी अवैध आर्जन ग¥या छ त्यसलाई पुरस्कृत गर्ने छौ भन्नुपर्नेमा इमान्दार कर्मचारी खोजेर पनि कही हुन्छ ? सरकार पनि खाली मजाक मात्र गर्छ ।
अन्त्येमा
नेपाली महिलाहरुको महान चाँड भर्खरै समाप्त भएको छ । एक महिना अगाडिदेखि शुरु भएको तीज पर्वमा महिलाहरु आफना श्रीमानको आयु चार्ज गरिदिए कि गरेनन त्यो घण्टाघरलाई थाहा भएन । तर श्रीमतिहरुले आफ्नो आयुको व्याट्रीचाहि डाउन अवस्यै रे । हुन त श्रीमतिहरुले एक महिना तीज मनाएर श्रीमानको आयु चार्ज गरिदिएर के गर्नु ? श्रीमानहरु पनि त्यस्तै छन् । चुरोट, भोला, रजनीगन्धा, रक्सी, रम खाएर उमेरको ब्यालेन्स विगारिहाल्छन् । जेहोस् कसैको उमेर चार्ज होस् कि नहोस वियर, रम, रक्सीको चाहिँ मिहलाहरुले राम्रैसँग सदुपयोग गरिदिएर चार्ज गरिदिएका छन् । गाउँघरतिर पहिला पहिला मनाइने रत्यौली पर्व यसपटक महिलाहरुले रेष्टररेन्टहरुमा गएर भएपनि मनाइदिएकाले सँस्कृतिको संरक्षणचाहिँ भएको छ । कि कसो हौ ?