बुढाले गफ हान्देछन्
लाउरेसका मुखिया र्याले काजीले अस्तिका दिन पत्याउनै नसकिने गफ हान्देछन् । यस भन्दा अगाडि बरु चुपचाप बस्थे, उँगेर बस्ने, र्याल चुहाएर आफ्नै हातले सरक्क पुछ्थे अनि अति भएसी कसैले नबुझ्ने गरी झनक्क झन्कन्थे । तर अस्तिका दिन रयली काजीले पत्याउनै नसकिने गरी गफ हान्देछन् । अब म बूढो भएँ, राजनीतिबाट अलग हुने बेला भयो रे । माने र्याले काजी भर्खरै बुढो भएछन् । दुई चार दिन अघिसम्म तन्नेरी नै रै’छन् । पद र प्रतिष्ठान कब्जा गरुन्ज्यालसम्म कोही बुढो हुने कुरै हुँदैन । गिर्जाउले कहिल्यै पद छोडेनन् । आर्यघाटमा पुगेसीमात्र उनको पद तुरिएको थियो । काजीलेचाहिँ हरेस खाएछन् कि क्या हो ? घण्टाघरलाई चाहिँ र्याले काजीले राजनीति छोड्लान भन्ने विश्वासै छैन । फेरि अहिले काजीलाई गफ जोत्न सजिलो भएको छ । उखान टुक्काका नेपाली बादशाह खप्रओको संगत जो मिलेको छ । किसो हौ ?
नौटंकीवाजको अनसन फण्डा
प्रदेश नं. १ का सिजनल पूर्व मुख्यमन्त्री केदार कार्कीको यतिबेला अनसन फण्डा राम्रैसँग चलेको छ । आठ जना पार्टीका सांसदहरु लिएर झालेमालेको समर्थनमा मुख्य मन्त्री हुँ मुख्यमन्त्रीकै राम्रै स्वाद पाएका कार्की यतिबेला बडो छट्टपट्टाहटमा छन् । झण्डै ६ महिने मुख्यमन्त्री हुँदा आफूले केही लछारपाटो लगाउन नसके पनि विभिन्न माग राखेर अनसनको फण्डा गरिरहेको देख्दा घण्टाघरलाई कुरीकुरी लाग्या छ । आफ्ना दुई चार जना हल्लुड र युटुवेहरुलाई साथमा लिएर सार्वजनिक स्थानमा बस्न थालेका कार्कीलाई प्रहरीले घरैमा लगेर छोडेपनि दगुरेर फेरि आइहाल्छन् । कहिले जुुस पिएर अनसन तोड्छन् अनि फेरि पलेँटी कसेर बस्छन् । उनका मागचाहिँ १० बर्षसम्मका बालबालिकाले निःशुल्क औषधि पाउनुपर्छ भन्ने रै’छ । यस्ता जाबो माग आफू मुखमन्तरी हुँदाचाहिँ किन पूरा गरेनन् ? कुरा बुझ्नुको छ ।
सहकारी ठगको लर्को
नेपालमा सहकारीहरु किन भाँसिदै गा’रैछन् भन्ने कुरा त बल्ल खुल्न थाल्या छ । सहकारीको जरा कुटुकुटु खाने भाइरस त राजनैतिक दलका नेता र कार्जेकर्ता पो रैँछन् । अब हेरम न घण्टे पार्टीका ठग लामिछानेबाट शुरु भएको अध्याय यतिबेला बढ्दै गएको छ । श्रममन्त्री अर्यालय, ऋषिकेश पोख्रेल, धनराज गुरुङ्ग, शान्ति विक परियार । वाफरे वाफ । सहकारी ठगको नाम थपिदै गा’छ । यसको लहरो अन्तेमा बुढानिलकण्ठ, भैसेपार्टी, वाल्वाटारसम्म पुग्ला भन्ने त्रास देखियो । संसदीय छानविन समितिका कार्य अरु थपिलएला जस्तो । आखिरी जे हुन्छ नेपालमै हुन्छ ।
अत्तो न पत्तोको
खोकाई ?
विदेशी नियोगमा भर्खरै प्रस्ताविक राजदूतहरु यतिबेला अत्तो न पत्ताको खोकाइमा प्रतिष्पर्धा गरिरहेका छन् । खोकाका खोका माल दिएर राजदुत हुन लागेका उनीहरुसँग मुलुक समृद्धिका लागि ती देशहरुसँग कस्तो सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने कुरा त फाँक रै’छ । इजरायलका लागि प्रस्तावित राजदुतले इजरायल–हमास युद्ध बन्द गराउने भनेर अस्तिका दिन खोक्दै रै’छन् । पोर्चुगलका लागि प्रस्ताविक राजदुतले रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने छु भन्न भ्याएछन् । अझ अमेरिकाका लागि प्रस्ताविक राजदुतले त झन अम्रिकी राष्ट्रपतिलाई नेपालको संसदमा ल्याएर सम्बोधन गराउँछु सम्म भनेछन् । हुन त पहिला पहिला दुःख गरेर संगठन गर्नेलाई नेता भन्थे । अहिले लठैत, गुण्डागर्दी गर्ने, ढेउवालाई नेता भन्छन् । त्यस्तै त हो राजदुत सिफारिस भा’काहरु पनि गिदीमा लिदी परेका भएपनि ढेउवा अर्पण गरेसी विद्वान राजदुत ।
अबचाहि हाङगामेल गर्छन् कि ?
लाउरेसबाट ताप्लेजुङ्गबाट प्रदेश सांसद भएका खगेनसिंह हाङगाम कोशी प्रदेशको कृषि तथा सहकारी मन्तरी भएछन् । हाङ्गगाम जस्ता लडाकु मन्तरी नभएर अरु हुने कुरा पनि त भएन । हाङगामले गत बर्षका भदौ २२ गते ताप्लेजुङ्गका डिएसपी राजन लिम्बु र उनका सबै परिवारलाई उडाइदिने धम्की दिएका थिए । लाउरेसका हाइ कमाण्डले हाङ्गगामको उचित मूल्यांकन गरेकै हो । त्यस्ता लडाकुलाई मन्तरी नबनाए त अन्याय नै हुन्थ्यो । अबचाहिँ मन्तरी हाङगामले पार्टीको नाम उँचो बनाउलान् जस्तो छ । केही न कामका उ ल्या भन्दा गुँ ल्याउनेलाई मन्तरी बनाउने परम्परामा काँग्रेसले परिवर्तन ल्याएजस्तो छ ।
चौधरीको पद जाला कि रहला
माकुनेको पार्टी नेकपा एसका सांसद मेटमणि चौधरीले अस्तिका दिन एउटा अन्तरवातामा भन्देछन् लिपुलेक कालापानी, लिम्पियाधुरा भारतकै हो । चौधरीले वडो आँट गरेर सत्य भन्देछन् । संसदबाट निशानछाप संविधान संसोधन गरेर, बनाएर, चुच्चे नक्सा छापेर मात्र हुँदैन रे चौधरीले भन्या । यही कारणले चौधरी यतिबेला चर्चामा आएका छन् । उनी चर्चामा आउन बेला बेलामा यस्ता फण्डाहरु निकालिरहन्छन् । पहिला सरिता गिरीले चौधरीकै कुरा बोल्दा सांसद पदबाट हँटाइएको थियो । अब माकुनेले के गर्लान् ? मेटमणिलाई हँटाउलान् कि नहँटलाउन् ? हुन त विचरा माकुनेलाई पनि हैरानै छ । अरु दलसँग हात पसारेर बल्ल तल्ल १० जना सांसद जम्मा गरेर बार्गेनिङ्ग गर्दै बस्या छन् । चौधरीलाई कारबाही गरेर माकुने किन हाइट घटाउँथे ?
पार्टी र पद नहेरी काम गर्नु रे
पार्टी, नेताको चाकडी गरेर मुख्य सचिव भा’का एक नारायण अर्याल अस्तिका दिन बडो आदर्शका कुरा गरेछन् । उन्ले आफ्ना मातहतमा सचिवहरुलाई पार्टी र पद नहेरी काम गर्न, कालो बजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएछन् । क्या वात नामै एक
नारायण । मुख्य सचिव बन्न आफूले पार्टी र नेताहरुको चाकडी र खै त्यो केजाति गरेर आएको भुसुक्कै बिर्सिएछन् । आफूभन्दा गोडातीनेक जना सिनियर हुँदाहुँदै अर्याल कसरी मुख्य सचिव बने ? त्यही पीडाले गोडादुईक जना सचिवले त राजीनामै ठोके । वात करता है ।
अन्तेमा
संसद र बाहिर ताइन तुइले उफ्रने काजी हिजोआज थाकेछन् कि क्या हो ? चाइचुइँ छैन । हुन त मटनकाजी उफ्रेर फलाकेरै नेता भा’ हुन् । उनले विद्यार्थीरुलाई ढुंगा हान्न, अर्काको घरकोे सीसा फुटाउन सिकाएका हुन् । अब देशमा यत्रो सहकारीको गाइजात्रा चलिरा’छ । धनराज गुरुङ्गदेखि अरुका नाम पनि भटाभट बाहिर आको आई छ । मटन काजी किन बोल्दैनन् । संसदमा संसदीय समिति बनाउनुपर्छ भनेर बुरुक्क बुरुक्क उफ्रेर ससंदै चल्न नदिनेको नेतृत्व तिनै मटन काजीले ग¥या हैनन र ? अब भटाभट आफ्ना तानिन थालेसी’ मटन काजीले सुइँकुच्चा ठोक्या हो कि क्या हो ?