घण्टाघरबाट हेर्दा

चुम्मा चुम्मामै आन्दोलत तुरियो
यसपटक गण्डकी प्रदेशको पोखरामा बडो गज्जब भयो । हुन त पोखरा भन्या पोखरै हो । विदेशी पर्यटकहरुले दिउँसै रात पार्दिन्छन् । यस पटक पोखरेलीले रात पारेको हेर्न विदेशी पर्यटकहरलाई पर्खिनै परेन । सहकारी ठग घण्टेलाई अदालतले गिराÏतारीको आदेश दिएसी’ घण्टेको बौद्धिक हनुमान फ्रिमा पोखरा पुगे, फ्रिमा खानपिन गरे, पोखराका सडकमा रमिता देखाएर उफ्रिए । पाँच ६ दिन मनोरञ्जनमा रमाएपछि एकाएक आन्दोलन तुरिएछ । जे होस् यस पटक पोखरामा कण्डमचाहिँ भरमार नै विक्री भएछ । आन्दोलनमा चुम्माचुम्मी परेपछि कण्डम विक्री नहुने कुरै भएन । चुम्मा चुम्मी वालाको माग पनि कम्ता रमाइला थिएनन् । सहकारी ठग घण्टेलाई सहकारीको रकम हिनामिनाका बारेमा प्रहरीले सोध्नै नहुने रे,अदालतले पक्राउ पूर्जी काट्नै नहुने रे । लाग्छ भौमान मंगलग्रहबाट ओलिएर आएका हुन् । हुन त सहकारी ठग घण्टेका पछि लाग्ने कोही सद्धे भए पो । आखिरी घण्टे पार्टी भन्या काण्डैकाण्डमा मुछिएकाहरुको क्लब न हो । अनि सद्धे कसरी हुने ?

खबरदारी आन्दोलन गर्ने रे
माउवादीका सुप्रिमोले अस्तिका दिन काठमाण्डौको भृकुटीमण्डपमा भएको आन्दोलनको नेतृत्व गरेछन् । कठैबरा पहिला नेपालैभरि उनको आदेशमा रणसंग्राम हुन्थ्यो । अहिले खुम्चिएर भृकुटी मण्डपमा सीमित भएछ । उनले नेतृत्व गरेको आन्दोलनको नाम खबरदारी आन्दोलन रे । त्यो नि भ्रष्टाचार विरुद्धको । बाँँची बँची रहे टोड्काले के के देख्नुपर्छ र कानले के के सुन्नुपर्छ भन्थे हो रै’छ । उनले नेतृत्व गरेको पार्टी सुन तस्करीमा कुख्यात कहलिएको छ, एनसेल छली काण्डमा अरबौ डकारेको छ, क्यान्टोमेन्टमा हुँदै नभएको नक्कली सेना खडा गरी राज्ये कोषबाट सोहोर्नु सोहोरेको छ । उसैले भ्रष्टाचार विरुद्धको खबरदारी आन्दोलनको नेतृत्व गरेको छ । हुन त जमाना उल्टो छ भन्थे हो रै’छ ।
काग बाठो भएरै आची खाएको
काग ज्यादा बाठो भएरै आँची खाएको हो भन्थे हाम्रा गामघरतिर हो रै’छ । अब हेरम न त्यो सहकारी ठग घण्टे पार्टीका अध्यक्षलाई ।
मरेको लासलाई जुम्राले विस्तारै छोड्दै गएझै घण्टेलाई भगवान मान्ने झ्यासहरुले छोड्न थालेछन् । कानुनी राज्येमा अदालतको आदेश मान्दिनँ भन्ने, आफै अरबौ सहकारीको रकम ठग्ने अनि सहकारी पीडितलाई न्याये दे भन्ने, स्वदेश र विदेशमा मैयाँहरु राख्ने, स्वदेशमा मात्र नभएर विदेशमा ठगी मुद्धा खेपेका घण्टे यतिबेला आफ्नो औकातमा झ¥या छन् ।
ढालको व्यापार बढाउन….
मधेश प्रदेशमा आयाराम गयारामको नामबाट चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टी आच्या सहकारी ठग घण्टे पार्टीका प्रवक्ता मनिष झाले पोखराको आन्दोलनका बारेमा सत्य कुरा बोलेरै छाडे । उनले आफूहरु पोखरामा अध्यक्ष घण्टेलाई छुटाउन नभएर कण्डमको व्यापार बढाउन आएको स्वीकारेका छन् । अब
पोखरापछि काठमाण्डौमा यतिबेला कण्डमको व्यापार भरभार फस्टाएको छ रे । यस पछि रुपन्देहीमा फस्टाउने कण्डविद्हरुले अनुमान गरेका छन् । रुपन्देही जिल्ला अदालतले नि सहकारी ठगीमा घण्टेलाई गिराÏतार गर्न आदेश दिएको छ । घण्टेलाई अब प्रहरीले रुपन्देही पनि पु¥याउनैप¥यो । त्यसपछि कण्डम खरिदकर्ताहरु फ्रि बस चढेर रुपन्देही पुग्छन् । जे होस् कण्डम व्यापारले नै भए पनि मुलुकको आर्थिक मन्दी केही हदसम्म घट्ने निश्चित छ ।
बरु नग¥या भए हुन्थ्यो
माउवादी अब यो देशबाट साँच्चै नै सिद्धिएछ कि क्या हो ? काठमाण्डौको भृकुटीमण्डपमा भएको जुलुसमा ५० जना नेता कार्यकर्ता, शून्य जनता, ५० जना युटुवे र १ सय जना प्रहरी देखिए । आफूले नेतृत्व गरेको आन्दोलनमा जनताको निक्कै भीड हुने अनुमान ड्याल बाजेले ग¥या थिए । विचराले झलझल्ती सम्भिए होला् एकताका आफैले नेतृत्व गरेको सरकार सेनापतिसँग निहुँ खोज्दा सत्ताच्यूत हुनु परेको थियो । त्यसपछि माकुनेको नेतृत्वमा सरकार बन्यो अनि त्यो सरकारलाई कठपुतलीको संज्ञा दिएर जनविद्रोह गर्ने भन्दै आफ्ना कार्जेकर्तालाई अनिश्चित कालका लागि भन्दै सडकमा उता¥यो । एक हप्ता सडकमा कम्मर भाँचेर नाँचगान गरी रमाइलो गरेर जनविद्रोह घरतिर लाग्यो । सत्ताबाट खुस्किएपछि विचरा ड्याल बाउको होस ठेगानमा छैन । घरि एमाले घरि काँग्रेसको कान फुकेर सत्तामा बस्ने गरेका उनको यतिबेला हरिविजोग छ ।
भौमानका झोलेहरुमा छटपटाहट
भौमानका झोलेहरुमा चरम बेचैनी र छटपटाहट देखिएको छ । स्वभाविक हो आफ्ना प्रिय भौमान जेलको हावा खाने भए । झन जनआस्थाले जीवि राईको इमले समाचार छाप्देसी त विचराहरुमा राँडे रुवाई नै मच्चिएको छ । जनआस्थाले गलत लेख्या भए काउन्सिलमा मुद्दा हाल्दे भइहाल्यो । भौमानका झोलेहरुले बुझेका छन् जसको चरित्र नै छैन उसको चरित्र हत्या नै हुँदैन । एक समयमा झोलेका भौमानले काँचको पर्दामा सैयौको चरित्र हत्या गरेका थिए । सैयौसँग रकम बार्गेनिङ्ग गरेर कुम्ल्याएका थिए । भौमानका झोलेहरुले त्यसलाईचाहिँ पत्रकारिता ठानेका रहेछन् ।
गुरुङ र पोख्रेल जा“किदै
गरिबले आना सुका गरेर जम्मा गरेको रकम लुट्ने लुटेराहरु धमाधम अँठ्याउन थाल्या छन् । यही पंक्तिमा अब नेप्लिज लाउरेका धनराज गुरुङ र लेमालेका ऋषिकेष पोख्रेल फन्दामा पर्ने भा’छन् । संसदमा त्यो गुरुङ, सहकारी ठगलाई कारबाही गर्नैपर्छ भनेर कम्ता उफ्रेको थेनन् । भित्रिया कुरा त अर्कै परेछ । श्रीमतिलाई अगाडि सारेर करोडौ बजाइसक्या रै’छ । अर्को झालेमालेका नेताको पनि त्यही रवैया श्रीमति अगाडि श्रीमति अगाडि सारेर उस्ले नि गतिलैसँग बजाएको रै’छ । अरु कतिलाई गरिबका आँशुले पोल्ने हो हेर्दै जा साइँला ।
अन्तेमा
भौमानका झोलेहरु यस पटक राष्ट्रिय झण्डाको चरम दुरुपयोग गरे । एउटा सहकारी ठगको छानविन चलिरहेको अवस्थामा भौमानका झोलेहरुले कुन नैतिकता र हैसियतले राष्ट्रिय झण्डा बोकेका हुन् ? एउटा प्रमाणित ठगको पक्षमा नारा, जुलुस गर्नु लज्जास्पद त छँदैथियो राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु देशद्रोह हो । शायद भौमानको घण्टे पार्टीमा जान्नेलाई छान्ने भन्या यही होला । झन साह«ो त्यो लिकुरे डा. कार्की त जाँड टन्नै धोेकेर भैमा बसेर फलाक्ता कम्ता गज्जबको थिएन । अर्को ग्रिनकार्डवाला वाग्लेले त दुई वटीको हातै अँठ्यएर हिडेको दृश्यले भौमानका झोलेहरुलाई रकम लागेन ? वात करता है ?

तपाईको प्रतिक्रिया