घण्टाघरबाट हेर्दा

सफलले ठोक्देछन्
जुवराज सफल आच्या विष्णु पौड्याल मापाकै मान्छे रै’छन् । उनलाई सनक चढेसी’ चढ्यो–चढ्यो इन्द्रेको बाबु चन्द्रे आएपनि उनलाई चढेको सनक रोकिनेवाला छैन । अस्तिका दिन सफलले भ्रष्टाचारकी कुलदेवी पराराष्ट्रमन्त्री माने र्याली काजीका जोइ, अरथ मन्त्री विष्णु पौड्याल, ऊर्जा मन्तरी दिपक खड्का, श्रम मन्तरी शरदसिंह भण्डारीका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्देछन् । सफलले उजुरी हाल्देसी’ यतिबेला
अख्तियारमा बबाल मच्चिएको छ । नमिच्यिोस पनि किन झिना मसिनाहरुलाई अँठ्याउने, तर्साउने, माल पड्काउने गर्दै आएको अख्तियारका पदाधिकारीहरुले सफलले दोषेको मानिस माथि डण्डा चलाउने ल्याकतै राख्दैन । ठूलालाई रिझाएर सानालाई क¥याउने बानी परेका अख्तियारवालाहरु यतिबेला सफलको उजुरीलाई तामेलीमा राख्ने मनसायमा पुग्या छन् रे । कठै मेरो देश ।

ठग्ने म लामिछाने होइन
हाम्रा बाबु बाजेले ठग कहिल्यै उपास बस्दैन र ठगले कहिल्यै सत्य बोल्दैन भन्थे हो रै’छ । अब हेरम न सहकारी ठगी खाने लामिछानेलाई अस्तिका दिन संसदीय समितिले बयानमा बोलायो । समितिले बोलाएपछि निगुरमुन्टी भएर नि जानै प¥यो । सूर्य दर्शन र सुप्रिम सहकारीबाट करोडौ ह्याप्स गरेर ठगी खाने लामिछानेले दुवैबाट माल खाने लामिछाने म हैन पो भन्देछन् । उल्टै आरोप प्रमाणित नहुने गरी प्रमाण पेश गरेको छु भनेर बखानका लागि भर्ति गरेका झोलेहरुसँग गफिएछन् । सहकारीबाट माल लिँदा ठगी खाने लामिछानेको एउटा नागरिकता थियो । अहिले अर्कै नागरिकता छ । अब नागरिकतै फरक परेसी’ ठगी खाने लामीछाने नै हो भन्ने भएन । जे होस सहकारी ठग घण्टलाईचाहिँ मान्नैपर्छ ।
वायु बन्द हुने गरी दनक देछन्
रास्वपा जन्माउने डा. मुकुल ढकालले अस्तिका दिन सहकारी ठग घण्टे पार्टीका अध्येक्षे ठगी खाने लामिछानेलाई मुखभरिको जवाफ दिएछन् । मान्छे गतिलै होला भनेर पार्टीको अध्येक्षे बनाए अन्तेमा आएर वन साङलाले घर साङलालाई खाइदियो । यतिबेला ठगी खाने लामिछाने र डाक्टर ढकालबीचको जुहारी उत्कर्षमा पुग्या छ । मान्छेको स्वभाव सुँघेर र चाटेर थाहा पाइदैन । जे होस् आफूले जन्माएको पार्टीबाट ठग र भ्रष्ट खोदाउन वा पार्टी जोगाउने एक्लै लडाई लड्दै छन् । रास्वपा यतिबेला ठग, पातकी, देश विरुद्ध सूचना बेच्नेहरुको क्लब नै भएको छ । विचरा ढकाल क्लब भत्काउन धम्की दिइरहेका छन् । हुन त भगवानके घरमे देर हे अँन्धेर नही भन्छन् । हेरम आगे के हुन्छ ?
राष्ट्रिय परिचयपत्र माथि नत्थी
ढिलै भए पनि सर्वोच्च अदालतले प्रशंसनीय काम गरेको छ । राष्ट्रिय परिचयपत्र माथि नत्थी लगाइदिएको छ । नेपालीहरुको पहिचानै मेटाउने गरी देशका सुप्रिम भडुवाहरुले विश्वबैंकसँग १६ अर्ब ऋण लिएर हावादारी राष्ट्रिय परिचयपत्र बनाइरहेका थिए । बनाइदै गरेको राष्ट्रिय परिचयपत्रमा न हाम्रा चोरी चेलीले आफ्नो् पहिचानको वस्त्र लगाउन पाएका थिए । निधारमा लगाएको टीका पुछ्न लगाउने, नाक कानका झुम्का फुलि खोल्न लगाउने, पोते निकाल्न लगाउने, सिन्दुर पुच्छन लगाउने, पुरुषलाई शिरमा टोपी लगाउन नदिने, राष्ट्रिय पोसाक दौरा शुरुवाल लगाउन नदिने गरी फोटो खिच्यो । न राष्ट्रिय परिचयपत्रमा बंशजको कुरा छ न अगीकृतको कुरा छ । नेपाली हुनुको कुनै कुरा झल्कैदन भने घण्टाको राष्ट्रिय परिचयपत्र ? सर्वोच्चले अझ पूर्ण रुपमा खारेजीको फैसला गर्देको भए उत्तम हुने थियो । कि कसो हौ ?
क्या वात
राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले अस्तिका दिन वडो गज्जबको कुरा गरे । क्या वात पुरञ्जन आचार्य । उनले भन्या यतिबेला नेपाली काँग्रेसमा ८० प्रतिशत काँग्रेस नबुझेका छन् र २० प्रतिशतमात्रले काँग्रेसलाई बुझेका छन् रे । अब २० प्रतिशतले ८० प्रतिशतलाई काँग्रेस बनाउन सम्भवै छैन । काँग्रेसमा काँग्रेसकै खडेरी परेको छ । काँग्रेस बुझेका भए भुटानी नागरिक काण्ड घट्ने थिएन, वाइडवडी काण्ड हुने थिएन, लाउडा काण्ड हुने थिए, पजेरो काण्ड हुने थिएन । चप्पल बजाउँदै काठमाण्डौ छिरेकाहरुको महल हुने थिएन, गाउँको बोली बिसेर आइसियोस् र गइसियोस् भन्ने थिएनन्, छोरा छोरलाई महंगा र विदेशी स्कुलमा पढाउने थिएनन् । माने काँग्रेसमा यतिबेला खडेरी परेको छ । बीपीकालीन काँग्रेस त्याग र निष्ठाको थियो, देउवाकालीन काँग्रेस मनि र मपल्सको छ भने गनगने र विश्वकर्माको काँग्रेस पतन या उदयको हुने निश्चित छ । कि कसो हौ ?
छिट्टै महिला प्रधानमन्त्री रे
हाम्रा केपी बाले फेरि जोक गरेछन् । हुन त जोक गर्न खप्रओलाई कस्ले उछिन्ने ? उनलाई जोकमा विद्यावारिधी दिए नि हुन्छ । अस्तिका दिन बाले भन्या यो दशको प्रधामन्त्री छिट्टै महिला बनाउने बारेमा सोचरा’छु रे । कति हँसाउन सक्या हुन् बुढाले । पर्धानमन्तीको लागि सिंगोरी खेलिरा’ बेला बुढाको थुतुनोमा महिलाको नाम Ïयाट्ट कहाँबाट आयो हँ ? फेरि खप्रओले महिलालाई पर्धानमन्तरी बनाउन सोच्दा के नसोच्दा नहुने हुन्छ र ? अब त बुढेसकाल लागो वा हँसाउन अलि कम गर्ने हो कि ?
भेंडा सिंहलाई चिन्ता लागेछ
बाबुको विरासतमा पटक पटक लाभांस हसुरेका सहरी विकास मन्त्री भेँडा सिंहलाई यतिबेला एउटा कुराले साह«ै पिरोलेको छ । उनी पिरोलिनुको प्रमुख कारण महामन्त्री विश्वप्रकाश शर्माले नेता बहिर्गमन नीति ल्याउनु नै हो । सदैव एउटैले ढलीमली गर्दा पार्टी कमजोर बन्दै गएको भन्दै पछिल्लो महासमितिको बैठकमा शर्माले त्यस्तो प्रस्ताव ल्याएका थिए । जुन हाल केन्द्रीय समितिबाट अनुमोदन हुने तरखरमा छ । जनतामा लोकप्रिय हुन्जेल सम्म चुनावमा लड्न पाउनुपर्छ भन्दै भेडासिंह बर्बराउँदै हिड्न थाल्या छन् । भेडासिंहलाई यतिबेला पर्नु पीर परेछ ।
बंगलादेशबाट आमा…
नेपालका बिजुली माध्यमहरु दिनप्रतिदिन बडो छाडा हुँदै गाँ’छन् । थुतुनोमा आए जति फलोकै थिए । हुँदाहुँदा अब त बंगलादेशबाट आमा भागिन नेपालबाट बा’लाई खेदाउनुपर्छ भन्न थाल्या छन् । वा भन्या वा नै हुन् । बाले दुःख ग¥या थे रत आज थुतुनो चलाउन पाएका छन् । हुन त थुतुनो चलाएरमात्र गुजारा नहुँदो रै’छ । जे होस वा खेदाउने अभियान शुरु भएको छ । आमाहरुलेचाहिँ शतर्क हुनुपर्ला ।

तपाईको प्रतिक्रिया