घण्टाघरबाट हेर्दा

बेला न बुकेला भेनेजुएला
बेला न बुकेला भेनेजुएला । ठाउँ न ठहर बूढीको रहर भनेझै अर्राष्ट्रिय पार्टीका अध्येक्षे माकुने भेनेजुएला दौडिएछन् । आफ्ना एकजना हनुमानलाई साथमा लिएर माकुने त्यसतर्फ दौडिएका रा’न । हुन त तिहारको बेला माकुनेको भेनेजुएला नगाको भए दिनचर्या नि बोरै हुन्थ्यो । उनी परे अहिन्दु । बरु नेताहरुले झै उनले घरमा झिलीमिली बत्ती बाल्ने, देउसी भैलो खेल्ने, दान दक्षिणा गर्ने कोटीमा माकुने परेनन् । पिने वालेको बहाना चाहिए भनेझै माकुनेले भेनेजुएला जानेचाहिँ अच्छा साइत जुराएछन् । गन्हाउने थुतुनो भएका माकुनेले भेनेजुएलामा जानको कारण बडो गज्जबले खुलाएका छन् । भेनेजुलाको संसदमा संवोधन गर्न निम्ता आएकोले जान लाग्या रे । माकुने न सरकार प्रमुख हुन्। न सत्ता पक्षेका प्रभावशाली नेता हुन् । न प्रतिपक्षेको प्रभावशाली नेता हुन् । भेनेजुएलाले यस्ता डमीलाई वित्थाँ संसदमा सम्बोधन गर्न किन बोलाउथ्यो ? आफै मपाई भएर पल्टिनु त भएन नि ।
सिस्नोपानीको खुइल्याउ कार्यक्रम

बेला न कुबेला बजिनीको मेला भन्ने उखान यतिबेला सिस्नोपानी भन्ने जोकरहरुको जमातमा ठ्याक्कै लागू भएको छ । न गाइजात्रा, न गोरु जात्रा, न घोडा जात्रा जहिल्यै मन लाग्यो, तहिल्यै अरुलाई खुइँल्याउन कार्जेक्रम ग¥यो । अब हेरम न दुर्गा प्रसाइ, सहकारी ठग घण्टेका छाडाहरु, दश बर्षसम्म नरसंहार मच्चाउनेहरुले दैनिक जसो खुइँल्याउँदा खुइल्याउँदा शरीरमा भुत्लोसम्म भेट्न मुस्किल प¥या वाल्वाटारे बा’ खप्रओलाई खुइँल्याउन अस्तिका दिन सिस्नो पानीले कार्जेक्रम गरेछ । कार्जेक्रममा खप्रओ बा’लाई नि अतिथिको रुपमा निम्त्याएछ । अतिथि देवो भव ः भनेर बोलाउने अनि उसलाई तथानाम गाली गर्ने ? यो त हजम भएन । देउसी, भैलोको समयमा आर्शीवाद दिनुपर्नेमा खुइँल्याउनु त मिल्दैमिल्दैन । धन्न खप्रओ थे र मुसुमुसु हाँसेर चल्दैछन् । लाउरेसका र्याले काजी भएका थे भने सिस्नोपानीको जोकरहरु कहाँँ मंगले कहाँ मंगलेकी आमा हुन्थे ।
घण्टे क्लबका छौडाहरुको रा“डे रुवाई
यतिबेला घण्टे क्लबका छौडाहरुको देशव्यापी राँडे रुवाई मच्चिएको छ । मच्चिनु पनि स्वभाविक हो । आफ्ना सुप्रिमो ठग क¥याप्पै पक्राउ परेसी’ विचराहरुको चिल्लीबिल्ली भा’छ । सहकारी बचत कर्ताहरुको करोडौ ठग्ने ठगलाई छोडिदे कि छोडिदे भनेर कहिले गुर्रर्र दौडिएर पोखरा पुग्छन्,कहिले गुर्रर्र दौडिएर चितवन पुग्छन्, कहिले गुर्रर्र दौडिएर काठमाण्डौ माइतीघर मण्डला पुग्छन् । यी गुर्रर्र दोडिनेहरु सहकारी ठग घण्टेका ढलान टिम भएका छन् । हुन त ढलान टिमवाला छौ्रडाहरुलाई रमाइलो पनि भा’छ । जता दौडिए पनि खर्च लाग्ने हैन । जे खाए नि फ्रिमा पा’छन् । सबै कुरा मुÏतमा पाएसी’ छौडाहरुले भाडामा राँडे रुवाई ग¥या त हुन नि । कुरा बुझ्नुमा छ ।
लाजचन्द्रको जुत्ता मोह
काम पनि छैन काज पनि छैन खान लाज पनि छैन भन्ने उखानसँग ठ्याक्कै मेल खाएको शितल निवासे बाजे लाजचन्द्र पौड्यालको जुत्ता मोह यसपटक राम्रैसँग देखियो । यसपटकको गाइ तिहारका बेला लाजचन्द्र पौड्यालले लाजै लजाउने हर्कत देखाइदिए । उन्ले गाई तिहारमा गाईको पूजा बकाइदा छालाको जुत्ता लगाएर गर्दिए । एउटा वाहुनको छोरो, बनारसतिर पढेको भन्थे, पूजा गर्दा खुट्टा धुएर खाली खुट्टाले गर्नुपर्छ भन्ने ज्ञानचाहिँ लिएका रहेनछन् । त्यही गाईपूजा एउटा लिम्बुको छोरो राजेन्द्र लिङ्गदेनले खाली खुट्टा गरेर बाजेलाई दह«ै चड्कन हान्देछन् । धर्म, संस्कार र सँस्कृति सिकाउनुपर्ने शितल निवासे बाजेले धर्म, संस्कार, संस्कृतिको धज्जी नै उडाइ दिएछन् । क्या वात लाजचन्द्र पौड्याल ?
विचरा दिनैपिच्छे भक्कानिन्छन्
सत्र हजारे छविलाल हिजो आज दिनैपिच्छे भक्कानिन थाल्या छन् । किन नभक्कानिउन त विचरालाई वाल्वाटार र सिहदरबारको झल्कोले गाँजिरहन्छ । कहिले खप्रओतिर धारे हात लगाउँदै भन्छन् सँगै मर्ने सँगै बाँच्ने बाँचा ग¥या थियो । कहिले र्याले काजीतिर धारे हात गाउँदै भन्छन् बेइमानको विश्वास गर्नु मेरो भूल थियो । विचरालाई कति पीडा भएको छ । कहिले ओलीलाई फकाएर वाल्वाटार छि¥यो, कहिले काजीलाई फकाएर वाल्वाटार छि¥यो । पासा खेल्न त छविलालले क्या जानेका थिए । तर स्यालको चुतु्¥याई बुझेसी खप्रओ र काजी खालमै बस्न छाडिदिए । अहिले विचरा छविलाल जहाँ गए पनि भक्कानिन्छन् ।
गठ्ठे पनि कायरो हान्निएछन्
काठमाण्डौ भन्दा बाहिर आफ्नै देशका गाउँघर जान नचाहने भएरै होला सहरी विकास मन्त्री भा’का गठ्ठे आइकाजी कायरोतिर घुमफिर गर्न चल्देछन् । कायरोमा बस्ती विकास सम्बन्धी कार्जेक्रममा भाग लिन हिड्या र्े । नमच्चिने् पिङको सय झड्का भन्या यही हो । आफ्नै गृहनगरमा अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन नसक्नेले कायरोमा गएर के भट्याउँदा हुन् ? आइ आइ गरेर आधा घण्टा पोडियममा उभिएर फर्कने त हुन् । अनि यता अएसी’ सञ्चार कर्मीका अगाडि बाह« सत्ताइसको फुइँ हाक्ने् होलान् । यस भन्दा बढी तिनको खुवी न पहिला देखिएको यिो न अहिले देखिएको छ, पछि दे।िखएला भन्ने त विश्वासै छैन ।
अन्तेमा
सहकारी ठगीबाट डामिएका, मामा घरमा बसेका नेपालका नटवरलालले तिहारको शुभकामना देछन् । देश र देश बाहिर बसेकाहरुले ठग घण्टेको शुभकामनालाई कसरी ग्रहण गरे होलान् ? घण्टाघरलेचाहिँ स्वदेश तथा विदेशमा बस्नेहरु हल्काफुल्का ठग्न जाने, वातैपिच्छे नाई मलाई थाहा छैन भन्न जान्ने, जहाँ बस्यो त्यही स्वास्नी बटुल्न सक्ने, स्वदेश र विदेशतर्फका नागरिता र पासपोर्ट लिन भ्याएकाहरुलेचाहिँ अब करोडौ ठग्न कुनै प्रकारको हिच्किाहट गर्नु हुँदैन भन्ने प्रेरणा पाएका होला । सबै सिकारु ठगलाई घण्टाघरको पनि शुभकामना ।

तपाईको प्रतिक्रिया