घण्टाघरबाट हेर्दा

श्री ६ महाराजको टीका मोह
श्री ६ महाराज राउचन्द्र बाजेको यसपटकको टीका मोह गज्जबको देखियो । पहिला पहिला राजाले दरबारमा सर्वसाधारणलाई टीका लगाइँदिँदा बाजे खुब विरोध गर्थे । आफूलाई राजासँग तुलना गर्दै बाजेले टीका लगाउँदा घण्टाघरलाईचाहिँ खित्का छाडेर हास्न मन लाग्यो । कहाँ राजा राम कहाँको त्यो गंगुतेली । राजा राम र गंगुतेलीको तुलनै हुन सक्दैन । गंगुतेली आच्या रामचन्द्र पौड्यालकोमा टिका थाप्न जाने प्रहरी, प्रशासन, कर्मचारी मात्र देखिए । ठीकै हो प्रहरी प्रशासन र कर्मचारी भन्या बलेको आगो ताप्ने त हुन् । उता निर्मल निवासमा आम जनता टीका टाप्न घण्टौ लाइनमा उभिएर टीका थापे । निर्मल निवासमा जनताको भीड थियो । तर बाजेकोतिर जनतै गएनन् । तै पनि बाजे ट्याँस–ट्याँस टीका लगाएर आत्मरतिमा रमाउँदै थिए । धन्न खप्रओलेचाहिँ बुद्धि पु¥याएर कसैलाई टीका नलगाउने पूर्व घोषनै गर्दिए ।

विदेशतिर लखेट्या लेखेट्यै
अब त नेपालका नेता, मन्त्रीहरुले विदेश जाँदा भेष बदलेर जानुपर्ने भएको छ । पहिला पहिला नेपालका नेता, मन्त्री, साँसद बडो टाँठसँग विदेश सयर गरेर फर्कन्थे । विदेशमा भएका नेपालीहरुले पनि तिनको राम्रो खातिरदारी गर्थे । अब भने समय फेरिएछ । विदेश गयो कि त्यहाँका नेपालीहरुले लाठो लिएर लखेट्न थाल्या छन् । आफ्न नागरिकले आफ्नै नेता, मन्त्री, साँसदलाई लखेट्न थालेसी’त्यो देशको सरकार पनि ट्वाँ परेर हेर्न थाल्या छन् । अब हेरम न केही दिन अगाडि पर्धानमन्तरी खप्रओ अम्रिका गा’थे । अम्रिकामा बसेका नेपालीहरुले तिनको झाँको झारे । उता बेइमानी केटो योगेश भट्टराई बेलायत पुग्दा त्यहाँका नेपालीले तिन्लाई भ्याकुरो खेदेभैm खेदेछन् । विदेशतिरबाट त नेता, मन्त्री, सांसद खेद्ने अभियान शुरु भएको छ । अब नेपालबाट चाहिँ कहिलेदेखि शुरु हुने हो ? यो चाहिँ हर्न बाँकी छ ।
पशु बलीको विरोध
यस बर्ष पनि पशु बलीको विरोध गर्नेहरु देशाँ राम्रैसँग सल्बलाएका थिए । एनजिओ, आइएनजिओबाट डलर घिचेर बर्षमा एक पटक सल्बलाउँछन् । डलरेले नि नेपालमा गर्नु ग¥या छ । जे होस् पशुबलीको विरोध गर्ने डलरेहरुको कमाउ धन्दा चाहिँ गज्जबकै छ । ती डलरेहरु मासु बिना भातै खाँदैनन् । तर शुबलीको विरोधचाहिँ तीन हात उफ्रेर गर्छन् । हैन हौ तिनले विहान बेलुकै खाने मासुचाहिँ काटमार नगरी आउँछ कि क्या हो ? दशैँमा हिन्दु धर्मालम्बीहरुले सदियौदेखिको आस्था र परम्परा धान्न पशुबली दिन्छन् । अनि डलरेहरुले काम पाइ हाल्छन् । डलरेहरु सहाकारी भए पनि त लौ भन्नु ? त्यो डलरको कामै हिन्दु धर्म, सँस्कार, रितिरिवाजको विरोध गर्नु हो । हिन्दु जागेका दिन कहाँ जुठे, कहाँ जुठेकी आमा हुन्छन् अनि थाहा पाउँछन् ।
किन रोइलो ग¥या होलान् ?
भाटभटेनीका मालिकले झालेमालेका अफिस बनाउन काठमाण्डौमा ११ रोपनी जग्गासँगै घरै बनाएर दिने भएसी’एकथरिलाई खपिनसक्नु भा’छ । उन्को सम्पत्ति जोसुकैलाई दिउन् ? गाँडेहरुको किन रोइलो ? आफ्नो सम्पत्ति आफूखुशी कसैलाई दान दिनै नपाइने हो र ? भोलि अर्कोलाई देलान् । विचरा झालेमालेको यतिबेला कन्तविजोग छ । मदन नगरमा भएको अफिस पहिला नै बाढीले उत्तानो परिदियो । फेरि अस्थायी अफिस खोल्या थे यसपालिका बाढीले हेरि नसक्नुको बनाइदियो । सरकारमा भएको त्यत्रो ठूलो पार्टीका लागि एउटा स्थायी अफिस त चाहियो । पार्टीविहीन माने घरविहीन भएसी’ मिनबहादुरले जग्गा मात्र हैन घरै बनाइदिने भएछन् । विचरा मिनबहादुरले दानै दिन नपाउने भन्ने त छैन । अनि गाँडेहरुलाई किन औडाहा भएको होला ? नबुझ्या कुरो ।
टीकाचाहि“ अब मिनस“गै…..
यतिबेला एकथरि युवाहरु थकथक मानिराँ छन् । उनीहरुले दशैको टीकाचाहिँ आउने सालदेखि भाटभाटेनीका काइँला साहुसँगै लगाउने निर्णय गरेका छन् । हुन पनि हो । जता आगो बल्छ त्यतै ताप्ने हो । वित्थाँ शितल निवास गएर टीका लगाएर गुन्द्रुकको झोलमा जात फाल्न उनीहरु तयार छैनन् । मिनबहादुर गुरुङ्गसँग टीका लगाएको भए एक दुई रोपनी जग्गा दिइ पो हाल्थे कि ? अरु बुंगासँग टिका लगाएर केही नझर्ने उनीहरुको ठम्याई छ । अर्को पटकदेखि काइँलासँगै टीका लगाउने हो कि । कि कसो हौ ?
दुई थरी टीका
भर्खरै सिद्धिएको यसपटकको दशैमा दुई थरिको टीका लगाउने काम भएछ । घरमा मान्यजनहरुसँग लगाएको टीकाचाहिँ धर्म, सँस्कृति, परम्परा जोगाउन लगाइयो रे । उता राजासँग लगाएको टीकाचाहिँ देशभक्तिको टीका थियो रे । जेहोस् अन्तरे काकाले यति कुराचाहिँ बुझेका रै’छन् । देशभक्तहरु यो देशमा अझै रै’छन् । नत्र निर्मल निवासमा घण्टौ लाम लागेर टीका थाप्न त्यत्रो महासागर जाने नै थिएन । देशभक्तहीनहरुचाहिँ अन्यत्र बरालिए । नत्र शितल वासमा टीका लगाउन अनिवार्य आउनु भनेर उर्दी जारी गर्नुपर्ने थिएन । वात बुझ्नुमा छ ।
अन्तेमा
को कस्को हो को कस्को हो भन्ने कुरामा नेपालीहरु बर्षौदेखि अल्मलिएका थिए । अब भने सबै कुरा क्लियर भएको छ । अब भाटभाटेनी एमालेको निकट रै’छ भन्ने कुरा क्लियर भयो । सिजी कम्पनी नेपाली काँग्रेसको रै’छ भन्ने कुरा त पहिलादेखि नै सबैलाई थाहा थियो । माने सिजीका मालिक विनोद चौधरी काँग्रेसको कोटाबाट साँसद छन् । खुंखार ठग ठेकेदार शारदा प्रसाद अधिकारीचाहिँ माउवादीका रै’छन् । नत्र प्रचण्डाउ बसेको त्यत्रो घर सित्तैमा दिने थिएनन् । सहकारी ठग घण्टे पार्टीकाचाहिँ चितवनको सदुर्शन सहकारी रै’छ । जेहोस् सबै पार्टीका लागि सुहाँउदिँला नामहरु जोडिएको छ । अब कोही कन्Ïयुज हुने सवालै भएन । अरु झ्यासहरुचाहिँ कुन कुन सँग जोडिएका छन् त्यो घण्टाघरले चाँडै जनसमक्ष ल्याउने छ ।

तपाईको प्रतिक्रिया