धरान । दुवै मिर्गौला खराब भई उपचार गराई रहेका चर्चित गायक नवराम राईको विहीबार अन्त्येष्ट गरिएको छ । उपचारकमै क्रममा मृत्यु भएका राईको अन्त्येष्ीट धरान १७ कुम्भीआहालमा गरिएको होे । लोकप्रिय गीत गुराँसको फेद मुनि, सम्झनाको छाया, कालो कालो रातका जस्ता चर्चित गीतका रचनाकार नवराम राई हाल धरान–११ रिटिडमा बस्दै आउनु भएको थियो । उहाँ केही समय अगाडिदेखि मृगौला खराब भएर उपचार गराउदै आउनु भएको थियो । सरल मिजास स्वभावका राई मिलनसारसँगै संगीतमा दत्तचित्त भएर लाग्दै आउनु भएको उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । अन्त्येष्टीमा सहभागी धरानका स्थानीय नविन राईले गायक राईको निधनले सांगीतिक क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
आफू टेम्केक्लबको अध्यक्ष हुदा सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएका गायक स्व. राईले टेम्के क्लबको हरेक सांगीतिक कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको स्मरण गर्नुभयो । उहाँकै नेतृत्वमा भएका हरेक सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उहाँ स्मरण गर्नुहुन्छ । धरानमा मात्र हैन काठमाण्डौ, मोरड, झापा, धनकुटा लगायतका स्थानमा आयोजना गरिएका सांगीतिक साँझले त्यसबेला सांगीतिक माहोल तातिएको उहाँ स्मरण गर्नुहुन्छ ।
संगीतकार संगै गायकको भूमिका निर्वाह गर्दै आउनु भएका स्व. राईले धरानको सांगीतिक विकासक्रममा उहाँले खेल्नु भएको भूमिकाको सबैले प्रशंसा नगरिकन बस्न नसकिने नविन राई बताउनुहुन्छ ।
उहाँको अत्त्येष्टीमा धरानका संगीत क्षेत्रमा लाग्नेदेखि लिएर राजनीतिककर्मी, समाजसेवी, व्यापारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।