धरान । विराटनगरकी साहित्यकार सविता गौतम दाहालसँगै नेपाल स्रष्टा समाजमा पूर्व अध्यक्ष विधान आचार्य, त्रिभुवन विश्व विद्यालयका नेपाली विभागका सहप्राध्यापक डा. नेत्र एटम, चन्द्र गुरुङ, डा. नाज सिंह, अभय श्रेष्ठ, द राइजिङ्ग नेपालका नायव कार्यकारी सम्पादक सहितको सात सदस्यीय सहित्यकारहरुको टोली भारतको दिल्लीमा भएको फाउण्डेशन अफ सार्क राइडर्स एण्ड लिटरेचर (फेसवाल) को ६५ औं बार्षिक महोत्सवमा सहभागी भएर फर्किएका छन् ।
यस पटकको फेसवालको नारा थियो ‘हाम्रो लोन्मुख ग्रह, हाम्रो एकमात्र घर, घाइते संसारलाई निको पारौ ।’भारतकी विख्यात साहित्यकार ९० बर्षीय अजित कौरले विगत ६५ बर्षदखि हरेक बर्ष महोत्सवको आयोजना गर्दै आउनु भएको छ । अजित कौरलाई भारत सरकारले उच्च सम्मान गर्दे पद्याश्री सम्मानबाट सम्मानित गरिसकेको छ । भारतको नयाँदिल्लीमा कार्तिक २५ देखि २८ गतेसम्म चलेको ६५ औं महोत्सवमा दर्जनभन्दा बढी पुस्तकका लेखक विधान आचार्यलाई सार्क प्रभावेचर अवार्डबाट सम्मान समेत गरिएको थियो । सो अवसरमा बोल्दै विख्यात साहित्यकार कौरले भन्नुभयो, हिमालका नदीहरु घट्दै जाँदा, समुन्द्रको सतह बढ्दै जाँदा र प्राकृतिकका सुन्दर अनुप बाक्ला जंगलहरु जमिनमा सुख्खा देखिन थालेपछि सार्क क्षेत्रमा कलम चलाउनेहरुले यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।सो अवसरमा सविता गौतम दाहालको् पिरामिड अफ लेक्सिकल रिपल्स कविता संग्रहको कार्यक्रमका प्रमुख अतिथि,
संरक्षणवादी सन्त बलवीसिह सचेवाल र अजित कौरले संयुक्त रुपमा लोकार्पण गर्नुभएको् थियो । कार्यक्रममा सविता गौतम दाहाल, डा. नेत्र एटम, अभय श्रेष्ठ लगायतले आफ्ना रचना पाठ गर्नुभएको थियो भने बीपी कोइरालाको मोदी आइन र अभि सुवेदीको नाटक सान्दाजुको भारतमाथि टिप्पणी गर्नुभएको् थियो ।