धरान । नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १४० औ जन्म जयन्ति कोशी प्रदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
किराँत धर्म, सँस्कृति, संस्कारको प्रवद्र्धन गर्दै सामाजिक विसंगतिहरु अन्त्य गर्न त्यसबेलाको समाजमा सत्प्रेरणा भर्ने, व्यक्तित्व, सतआहार, सत्विचार र सत्कर्मको सन्देश उहाँले ल्याउनु भएको थियो । वि.सं. १९८८ साल वैसाख २४ गते इलाममा जन्मनु भएका फाल्गुनन्दको वि.सं. २००५ सालमा निधन भएको थियो । उहाँलाई नेपाल सरकारले वि.सं. २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
राष्ट्रिय विभूति फाल्गुनन्दको १४० औं जन्म जयन्तिका अवसरमा कोशी प्रदेश सरकारले कोशी प्रदेशमा विदाको घोषणा गरेको थियो भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश व्यक्त गरेका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेता शेखर कोइरालाले इलाममा फाल्गुनन्दको पूर्ण कदको प्रतिमा अनावरण गर्नुभएको छ । यसैबीच धरानमा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको जमन्म जयन्ति परिचर्चाका साथ सम्पन्न भएको छ । धरानमा किरात युमा माङहिम धरान १९ ले शान्ति ¥याली सैनिकचौकबाट शुरु गरी छाताचौक, भानुचौक हुँदै धरान १५ स्थित चुम्लुङहिममा पुगेर परिचर्चा कार्यक्रम सम्पन्न गरेको थियो ।