लक्ष्मी वाचनालयद्वारा देवकोटाको ११६ औ जन्म जयन्ति मनाइयो

धरान । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ति धरानमा विशेष श्रद्धाका साथ मनाइएको छ । विसं १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाका दिन काठमाण्डौको डिल्ली बजारमा जन्मनु भएका देवकोटाको जन्म जयन्ति धरान स्थित लक्ष्मी वाचनालयले हरेक बर्ष लक्ष्मी पूजाको दिन विविध कार्यक्रमका साथ श्रद्धापूर्वक मनाउँदै आएको छ । नेपाली साहित्यका महाकवि देवकोटाले नेपाली साहित्यमा कविता, आख्यान, नाटक, निवन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउनु भएको थियो । धरान १ स्थित रहेको देवकोटाको अर्धकदको प्रतिमामा गत विहीबार लक्ष्मी पूजाका दिन धरानका साहित्य अनुरागी, भाषा शास्त्री, लेखक, कवि, कवयत्रीहरुले सामुहिक रुपमा माल्यार्पण पश्चात वाचानालयको सभाकक्षमा औपचारिक कार्यक्रम गरिएको थियो् ।

भाषा शास्त्री प्रा.डा. टंक प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा परिचर्चाकारका रुपमा प्रा.डा. महानन्द तिम्सिना रहनु भएको थियो । सो अवसरमा डा. गोविन्द सुब्बा र मदन ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मदन ढकालले लक्ष्मीवाचनालायको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुका अलावा एउटा साहित्यकार समेत भएकोले सम्मान गरिएको् थियो भने डा. गोविन्द सुब्बालाई भाषा विज्ञानमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । सुब्बाले भाषा विज्ञान सम्बन्धमा खोज अनुसन्धान र पुस्तक प्रकाशन गर्नुभएको छ । सो अवसरमा डा. महानन्द तिम्सिना, कवि बम देवान, प्रमुख अतिथि प्रा.डा टंकप्रसाद न्यौपानेले देवकोटाका बारेमा चर्चा गर्नुभएको् थियो । देवकोटाको स्मरणमा सुदिप पाख्रिन, सन्तोष थेवे, राजीव आचार्य, प्रफुल्ल भण्डारी लगायतले कविता वाचन गर्नुभएको थियो । लक्ष्मी वाचनालयका अध्यक्ष पुष्पराज ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन डा. भवानी भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया