नेवार र लिम्बुको सँस्कृति समायोजनको ‘सेवारो हजुर’ छायांकन हुँदै

धरान । नेपालमा पहिलो पटक नेवार र लिम्बु सँस्कृति समायोजन भएको नेपाली कथानक चलचित्र ‘सेवारो हजुर’ को छायाँंकन हुने भएको छ । नेपालका ख्यातिप्राप्त कलाकारहरु उत्तम प्रधान, सोफिया लिम्बु, विनोद पोमु, प्रेम सुब्बा, मुरलिधर, धुव्र नारायण प्रधान लगायतका कलाकारहरु रहेको सेवारो हजुर विजी बर्मा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुने भएको हो । फिल्म धरानका अलिम अन्सारी (सत्रुघन) र काठमाण्डौका राजन महर्जनको संयुक्त लगानीमा निर्माण हुने निर्देशनमा मित्र लिंगदेन मिसाम अनुवन्धित हुनु भएको छ । धरानकी लिम्बुनी युवती र चाकुपाट संखमुल पाटन ललितलपुरको नेवार केटाबीचमा साँस्कृतिक प्रेम रहेको निर्देशक समेत रहेका चलचित्रको लेखन, कथा, पटकथा र गीतकार समेत रहेका लिंगदेनले जानकारी दिनुभयो ।
पछिल्लो पटक अर्थात दशै यता नेपाली चलचित्रहरु पूर्णबहादुरको सांरगी, ज्वाई साहेव, छक्कापञ्जा पाँच, रस्वदीर्घले सोचेको भन्दा राम्रो व्यापार गरेपछि निर्माताद्वय अन्सारी र महर्जन थप नौलो प्रस्तुति लिएर दर्शकमाझ आउन लाग्नु भएको हो । रगमञ्चमा विगत ५० सालदेखि काम गर्दै आउनुभएका निर्देशक लिंगदेनले २०५४ सालदेखि चलचित्र क्षेत्रमा निर्देशनसँगै अभिनय समेत गर्नुभएको छ । उहाँले नुमाफुङ्ग जस्तो सफल नेपाली चलचित्र, माटो, पालम, एकवारको जुनिमा निर्देशन र अभिनय क्षमता देखासक्नु भएको छ । सेवारो हजुर कस्तो खालको चलिचत्र हो त भन्ने जिज्ञासामा निर्देशक लिंगदेनले भन्नुभयो यो एउटा साँँकृतिक चलचित्र हो । सदैव अर्गानिक कथाहरु खोज्ने, साहित्य र सँस्कृतिमा बढी लगाव रहेको बताउनु हुने लिंगदेनले १२ बर्ष अगाडि धरानमा बनाउनु भएको फिल्ममा प्रत्येक नेपालीले् टिष्टाकाँगडा विर्सन नहुने गीत लेख्नु भएको थियो ।


चलचित्रको प्रदर्शन र छायाँकनका सम्बन्धमा जिज्ञासा राख्दा निर्देशक लिंगदेनले भन्नुभयो चलचित्रको छायांकन लिम्बु सँस्कृति भएका पूर्वाञ्चलको धरान, पाँचथर, गुफापोखरी, तेह्रथुम, ताप्लेजुङ र नेवार सँस्कृति भएको काठमाण्डौ, भक्तपुर, ललितपुरमा यसको छायांकन गर्ने योजना छ । छायांकनको सम्पूर्ण कार्य मंसिरभित्रमा सिध्याएर फागुन दोस्रो हप्तादेखि रिलिज गर्छौ । पुरानो हुँदै जाँदा कथाहरु पुरानो हुने, लगानी जाम हुने भएकोले पनि रिलिज चाँडै गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया