आदिवासी जनजातिमा पर्ने उराउ जाति संस्कृति संरक्षणमा जुटे

धरान । आदिवासी जनजातिमा सूचिकृत उराउ समुदायले आफ्नो जातिको उत्थान, प्रवद्र्धन र सांस्कृतिक जागरण जनमानसमा पु¥याउन हरेक सार्वजनिक कार्यक्रममा आफ्नो भाषा सँस्कृतिलाई प्रचलनमा ल्याउन थालेका छन् । बहुभाषिक, वहुजातीयको बसोबास रहेको नेपालमा उराउहरुले समेत आफ्नो पहिचान स्थापित गर्न जातिको उत्था, प्रवद्र्धन र साँस्कृतिक जाँगरणलाई अगाडि बढाएका हुन् उराउ आदिवासी जनजातिभित्रको पनि लोपोन्मुख जातिभित्र पर्छ । आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरले आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा सुनसरी र मोरङ्गमा रहेका झाँगड (उराव), अति लोपोन्मुख भनि सूचीकृत गरिएको पाइन्छ । उनीहरुले अन्य जातिसँगै विभिन्न प्रकारका साँस्कृतिक पर्वहरु मनाउने गर्छन् । घर घरमा मनाउदै आएका यस्ता पर्वहरु अन्य जातजातिसँगै सामुहिक रुपमा मनाउने प्रचलन थालेका हुन् । उनीहरुले यस बर्ष देउसी भैलो समेत आफ्नै भाषामा खेले । आफ्नै भाषामा देउसी खेल्दै बीचबीचमा आफ्नै भाषामा गीत प्रस्तुत गरे । मोरङको केराबारीमा देउसी खेल्दै गर्दा भेटिएका उराउ जातिले देउसीसँगै उनीहरुले प्रस्तुत गरेको गीत पृथक रहेको थियो । सो अवसरमा मोरङका उराउ जातिका ज्येष्ठ सदस्य चन्द्र उराउले उराउ जातिको संस्कृतिमा आधारित गीत प्रस्तुत गर्नुभयो । उनीरुले साँस्कृतिक पर्वमा प्रयोग गर्ने बाजा प्रयोग गर्दै आफ्नै भेषभुषामा ा विभिन्न चाडपर्वमा गीत गाउँदै नाचिने साँस्कृतिक नृत्य प्रयोग गरेका थिए । यस अभियानमा युवा पुस्ता समेत अगाडि आएका छन् । मोरङका सुमन उराउले भाषा संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो जातिको पहिचानको संरक्षणका लागि सार्वजनिक कार्यक्रमलाई अगाडि बढाउन थालिएको बताउनुभयो ।

केही समय अगाडि राराउ जातिले आफ्नो भाषा, सँस्कृति र पुराना ऐतिहासिक दस्ताबेज संरक्षणका लागि नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ । इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी संग्रहालय निर्माण गरिएको हो । पछिल्लो समय राज्यबाट उपेक्षित उराउ जातिले आफ्नो जातिको वृतिविकास, सँस्कृति जगेर्ना तथा शिक्षा, स्वास्थ्य र आफ्नो जातिको संरक्षणसँगै पहिचान झल्किने खालका कामहरुलाई अगाडि बढाउन थालेका छन् । विशेष गरी उराउ जाति झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने गर्छन् । उनीहरु अहिले आफ्नो सँस्कृति बचाउदै समुदायलाई स्थापित गर्ने काममा अग्र पंक्तिमा आउन थालेका छन् ।

तपाईको प्रतिक्रिया