धरान । प्रदेश नं. १ पुन ः नामांकन संयुक्त संघर्ष समितिले मुक्कुम्लुङ (पाथीभरा) मा केवल कार निर्माणका नाममा भएको गुण्डागर्दी शैलीको आक्रमण र
प्रहरीको ज्यादतिको घोर निन्दा र भत्र्सना गरेको छ । संघर्ष समितिले कार्तिक २३ गते भएको उक्त घटनाको निन्दा एवम् भत्र्सना गर्देै विज्ञप्ती प्रकाशित गरेको हो । विज्ञप्तीमा भनिएको छ प्रदेश नं. १ को ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र मुक्कुमलुङको तल्लो फेदी (काफ्ले पार्टी) मा अतिक्रमणकारी दलाल पूँजीवादी चन्द्र ढकालको नीजि कम्पनीले राज्य सत्ताको सुरक्षा कर्मीहरुको आडमा घटाएको आपराधिक घट्नाप्रति संयुक्त संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केवलकार शिलान्यास गर्ने वहानावाजीमा मेयर अमिर मादेन, डम्बरध्वज तुम्वाहाम्फे, इन्द्र केदेम, मीना गुरुङ, सागर गौतम, गोपाल न्यौपाने लगायतले आफ्नो नेतृत्वमा खुकुरी लगायत धारिला हातहाियतर बोकाएर टोउकोमा हेलमेट लगाई सुनियाजित रुपमा केही जत्था पु¥याई मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्र मादेनको टाउकोमा ढुंगा प्रहार गरी र एक निर्दोष सर्वसाधारण अर्जुन लिम्बुमाथि धारिलो खुकुरी प्रहार गरी सुरक्षाकर्मीकै उपस्थिति र संरक्षणमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको छ । प्रहरी प्रशासनले आक्रमण्कै लागि सुनियोजित रुपमा हतियार बोकाएर आक्रमणकारीहरुलाई संरक्षण गर्दै उल्टै घाइते मादेनलाई पक्राउ गरी हात समेत भाँचिदिएका छन् । केवलकार पक्षधर अतिक्रमण कारीहरुको त्यो आपराधिक कार्य र प्रहरी प्रशासनको जयदतिको घोर निन्दा एवम् भत्र्सना विज्ञप्तीमा गरिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ घाइतेहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । आक्रमणकारी र त्यसका निर्देशक नाइकेहरुलाई सरकारबाट तुरुन्त पक्राउ गरी कडा कानूनी कारबाहीको जोडदार माग गर्दछौं । साथै घटनाको सम्पूर्ण जिम्मेवारी चन्द्र ढकाल र उसलाई साथ दिने सरकारले लिनुपर्ने र घाइतेको सम्पूर्ण उपचार तथा क्षतिपूर्ति चन्द्र ढकालको कम्पनी र सरकारले दिनुपर्ने कुरामा संघर्ष समिति अडिग रहँदै आन्दोलनको पक्षमा उभिनु हुन र केवलकार खारेजीको पक्षमा सबै तरिकाले उत्रन विज्ञप्तीमा अपिल गरिएको छ ।