नेवार समुदाय आफ्नो संस्कृति बचाउन जुटे

धरान । नेवारी समुदायको युवापुस्तासम्म कला, सँस्कृति तथा नेवारी समुदायमा बजाइने बाजाको पहुच पु¥याउने अभिप्रायले नेवा ः साँस्कृतिक उत्थान मञ्च धरानले धिमेबाजा, बाँसुरी तथा वाद्यवाधन, पौराणाक नृत्य तथा मोलिक जातीय लोकसँस्कृतिक संगालो कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नेवारी संस्कृति युवापुस्ता पु¥याउदै अन्य जातजाति तथा समुदायसम्म नेवारी संस्कृतिको जानकार गराउन कार्यक्रमको आयोजना गरिएकोे आयोजकले जनाएको छ ।
मुलुकमा पश्चिमी संस्कृतिले युवा पुस्तालाई गाँज्दै गएको अवस्थामा आफ्नो भाषा, सँस्कृति तथा परम्परा विर्सदै गएका छन् । युवा पुस्ता डिस्को डान्स लगायत अहिलेका संगीततर्फ आकर्षित बन्दै जाँदा नेवार जातिको संस्कृति लोप हुदै जाने हो कि भन्ने चिन्ताले सताएपछि सार्वजनिक रुपमै सबैलाई समावेश गराएर कार्यक्रमको आयोजना गरिएको हो । विगतदेखि नै नेवारी समुदायका युवा पुस्तालाई नेवारी सँस्कृति, बजागाजाका विषयमा प्रशिक्षण दिइँदै विगत १० बर्षदेख धरान २ भानुचौकमै आयोजना गरिदै आएको कार्यक्रम यस बर्ष भने आर्थिक समस्याका कारण धरान ७ सिद्धी नेवा ः परिषद्को सभाहलमा आयोजना गरिएकोे थियोे । नेवार समुदायले नै आफ्नो कला सँस्कृति जगेर्ना गर्नुपर्छ भन्ने अभिप्रायले प्रत्येक बर्ष सार्वजनिक रुपमा कार्यक्रम गरिदै आएको नेवार साँस्कृतक उत्थान मञ्चकी संस्थापक चन्द्र हलुवाईले जानकारी दिनुभयो ।

कार्यक्रममा मुकुट नृत्य, माता पञ्चकुमारी नृत्य ब्रम्हायणी, वैष्णवी, महेश्वरी, कौमारी, वाराही, अहिल्या, कुन्ती, मन्दोदरी, तारा, द्रौपदीको स्वरूपमा नृत्य प्रदर्शन गरिएको थियो भने नेवार समुदायभित्र सांस्कृतिक रुपमा अत्याधिक प्रयोग हुने धिमेबाजा, बाँसुरी तथा वाद्यवाधनको समेत प्रयोग गरिएको थियो ।
नेवार समुदायको घर घरमा आयोजना गरिने यो कार्यक्रमलाई पछिल्लो सामुहिक रुपमा प्रदर्शनकै रुपमा आयोजना गर्न थालिएको अभियन्ता नविनकिशोर तमोटले बताउनुभयो । युवा पुस्तालाई नेवारी बाजागाजा, संस्कृति, बाजा गाजाको महत्व, प्रयोग गर्ने तरिकाका विषयमा जानकारी समेत गराइएको उहाँले बताउनुभयो । भविष्यमा संस्कृतिकै माध्यमबाट युवालाई स्वरोगार बनाउने उद्देश्य समेत यो कार्यक्रमलाई लिएको उहाँले जानकारी दिनुभयो । विशेष गरी नेवारी समुदायको वाहुल्य मानिने काठमाण्डौ उपत्याभित्रमा बढी नेवारी सँस्कृतिको प्रयोग गर्ने गरिए पनि यसलाई कोशी प्रदेशमा समेत विस्तार गर्ने उद्देश्यले विगत १० बर्षदेखि धरानमा निरन्तर आयोजना गर्दै आएको अर्का अभियन्ता नरेश बाक्यले बताउनुभयो । कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले गर्नु भएको थियो । यस कार्यक्रमलाई सफल बनाउन नेवार समुदायका युवापुस्तादेखि अग्रज ज्येष्ठ नागरिक, विगतदेखि नै अभियानमा सरिक भएका व्यक्तित्वका साथै स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत नेवार समुदायको सँस्कृतिलाई गहना मान्दै सहयोग पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया