धरान । नेपाली साहित्यकाशको गजल विद्याका पिताका रुपमा स्थापित तथा माध्यामिक कालका प्रवद्र्धक मोतिराम भट्टको १५९ औं जन्मजयन्ति धरानमा पनि मनाइएको छ मोति संस्मरण समिति धरानको आयोजनामा आयोजित कार्यक्रममा कवि एवम् साहित्यकारहरुले धरान उपमहानगरपालिकाको परिषरमा रहेको पूर्वाधार निर्माणका क्रममा भत्काइएको प्रति खेद व्यक्त गर्दै आपत्ति जनाएका थिए । उनीहरुले नेपाली भाषामा नयाँ आयाम भिœयाई नेपाली भाषालाई अतुलनीय योगदान दिने मोतिराम भट्टजस्ता राष्ट्रिय विभूतिको नाममा बनाइएको भवन भत्काउने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्ग राईले क्षमा याचना गर्दै संरचना निर्माण गरिदिनुपर्ने बताएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपानेले भन्नुभयो नेपाली भाषालाई सामान्य रुपमा प्रवेश गराउने मोतिराम भट्ट नै हुन् । उनी वहुमुखी प्रतिभा भएका व्यक्तित्व हुनुहुन्थ्यो । कविताको क्षेत्रमा समस्यापूर्ति प्रवेश गराउनुभयो, खण्डकाव्य लेख्नुभयो । नाटक शुरु गर्नुभयो । खासगरि माध्यामिक कालमा लेखिएको नाटक थिएन आख्यान मु्लक थिए । उहाँले कार्यमुलक ढंगले प्रदर्शन हुने गरी नाकट लेख्नुभयो । भानुभक्तीय रामायणको प्रकाशन गराउनुभयो । साहित्यका विटाहरुलाई मुर्त रुप दिने काम गर्नुभयो ।उहाँले आफूले मात्र लेख्ने कार्य गर्नुुभएन अरुलाई पनि लेखाउने कार्य गर्नुभयो ।
उहाँले भन्नुभयो मोति स्मृतिभवन मेयरले भत्काइ त हाल्नु भयो कमसेकम हामीलाई मोतिराम भट्टप्रति श्रद्धाञ्जली गर्ने,माल्यार्पण गर्ने ठाउँत दिनुस भन्नेपछि यो ठाउँ उपलब्ध गराउनु भएको हो । नेपालका राजनीति गर्नेहरुले भाषा, साहित्यको मर्म बुझेनन् । हाल कोशी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बनाउने प्रसंग चलेको थियो । मुख्यमन्त्रीलाई भेटेर आग्रह गरे । प्रतिष्ठान बनाउनलाई अहिलेको ऐन संसोधन गर्नुपर्छ । अहिलेको ऐनमा प्रज्ञा प्रतिष्ठानमा मुख्यमन्त्री कुलपति, सँस्कृतिमन्त्री सहकुलपति र सस्कृति मन्त्रालय हेर्ने जिम्मा त्यसको सविच रहने व्यवस्था छ । यस्तो नि ऐन बनाएको भन्दा बाहिरको मान्छे राख्दा भत्ता दिनुपर्छ । तर मुख्यमन्त्री राख्दा भत्ता दिनुुपर्दैन भने । यहाँ भन्दा अराजक के हुन्छ, उहाँले भन्नुभयो । यसैगरि बरिष्ठ साहित्यकार एवम् पत्रकार गिरिराज आचार्यले भन्नुभयो धरान उपमहानगरपालिकाले मोति स्मृति भवनमा धरान उपमहानगरपालिकाले जुन अतिक्रमण गरेको छ त्यो मोतिराम भट्टप्रतिको अपमान नभएर यो नेपाली साहित्यको अपमान हो । अब हामी साहित्यकारहरुले चुपचाप सहरेर बस्ने परिस्थियित ्रछैन । मेयर आफै पनि एउटा साहित्यकार, कवि गायक पनि हुुनुहुन्छ तर उहाँले आफ्नै नाकमुनि रहेको मोतिराम भट्टको नाममा रहको निर्मित भवन भकाउनु आपत्तिजनक कुरा हो । मोतिराम भट्टको स्मृति भवन, शालिक अन्यत्र भन्दा नगरपालिका परिषरमा संरक्षण हुन्छ भनेर यहाँ राखिएको हो । २०२५ सालमा बालकृष्ण सम धरान आएर मोति स्मृति भवनको शिलान्यास गर्नुभएको थियो सिंहदेवी चौकमा । तर पछि भवन नगरपालिकाको परिषरमा बन्यो । त्यसबेला नेपाल सरकारले ९० हजार दिएर भवन बनेको पनि उहाँले बताउनुभयो । यसैगरि प्रा.डा गोपाल भण्डारीले भन्नुभयो माध्यामिक कालमा सर्वश्रेष्ठ कवि मोतिराम भट्ट हुुनुहुन्थ्यो। भानुभक्तलाई आदिकविमा स्थापित
गराउन मोतिराम भट्टको अतनुलनीय योगदान थियो । नेपाली कवितालाई रुपान्तरण गर्न समस्यापूर्तिको थालनी उहाँले नै गर्नुभएको थियो । त्यसभन्दा अगाडि नेपाली साहित्यमा सामुहिक रुपमा कविता वाचन गर्ने परम्परा नरहेको समेत उहाँले बताउनुभयो । मोति संमरण समिति धरानका अध्यक्ष एवम् धरानका पहिलो पत्रकार गोविन्द तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चारकर्मी हर्ष सुब्बा, समितिकी उपसभापति अम्बिका शाक्यले समेत मोतिराम भट्टका साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो । मच्छेन्द्र खत्री, प्रा.ड खेमराज खनाल, प्रफुल्ल भण्डारीले मोतिराम भट्टप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने सञ्चालन भरत भट्टराई सेनोलीले गर्नुभएको थियो ।