धरान । राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई दुई दिनभित्रमा सर्वोच्चमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।सरकारले प्रसाईको बढ्दो लोकप्रियता र उनले सञ्चालन गरेको अभियानलाई निस्तेज गर्न किर्ते, विद्युतीय कारोबार र सम्पत्ति सुद्धिकरण अभियोगमा पक्राउ गरी गैरकानूनी थुनामा राखेको छ । उनलार्ई आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल जलासले दुई दिन भित्रमा अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
प्रसाईका छोरा निराजन प्रसाईले मंसिर ८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो । निवेदनमा उहाँले गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्नुभएको थियो । प्रसाईले पछिल्लो समय प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा २० करोड डलर लगानी रहेको भिडियो सार्वजनिक गर्नुभएको थियो । सोही विषयलाई लिएर प्रसाईप्रति प्रतिशोध साध्न प्रहरीले साइबर अपराधमा पक्राउ गरेको थियो ।