तमोर करिडोरको मुलघाट, सुभाङखोला, गणेशचौक सडक खण्ड धमाधम कालोपत्रे हुँदै तीन बर्षभित्रमा ठेकेदार कम्पनीस“ग सम्पन्न गर्ने सम्झौता : न्यून बजेटले काम प्रभावित हुने सम्भावना

धरान । भारत र चीन जोड्ने सबैभन्दा कम दूरीको तमोर करिडोरको मुलघाट, सुभाङखोला, गणेशचौक सडक खण्ड यतिबेला धमाधम कालोपत्रे हुँदैछ ।
सुनसरीको चतरास्थित कोशी पुल हुँदै धनकुटाको मुलघाट (लाबरबोटे) सुभाङखोला सडक निर्माणका लागि नेपाल सरकारको २०७६ भदौ २ गतेको निर्णय अनुसार NHO6 कायम भइ राष्ट्रिय राजमार्गको सञ्जालको रुपमा रहेको छ । सुनसरी जिल्लाको चतरादेखि धनकुटा जिल्लाको मुलघाट हुदै पाँचथरको गणेशचौक सम्म तमोर करिडोर रहेको छ । तमोर करिडोरको निर्माणले मध्यपहाडी लोकमार्ग, जोगवनी किमाथांका कोशी राजमार्ग, मदन भण्डारी राजमार्ग, मेची राजमार्ग र महेन्द्र राजमार्गलाई जोड्न छ भने ताप्लेजुङ, पाँचथर, तेह्रथुम जस्ता पहाडी क्षेत्रका जिल्लाहरुलाई छोटो दुरीमै तराईसँग जोड्छ । यसैगरि भारतको जोगवनीदेखि ताप्लेजुङको नेपाल चीन सीमावर्ती नाका टिप्तला भन्ज्याङ सडक मार्गबाट जोडिने भएको छ । यसका अलावा निर्माणाधीन सडक प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र हुँदै पार्थीभरा मन्दिर जाने प्रमुख मार्ग भएकोले आवागमनमा सहज हुँदा धार्मिक पर्यटकको संख्यामा समेत बृद्धि हुने निश्चित छ । मुलघाट सुभाङखोला गणेशचौक सडक खण्ड नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त (एक्ष्) योजना भएकोले मुलघाट–सुभाङखोला सडक खण्डको चतरा अर्थात चेनेज ०+००० देखि ३४+००० सम्म हालसम्म ठेक्का व्यवस्थापन नभएको हो ।
कालोपत्रेका लागि दुई प्याकेजमा ठेक्का सम्झौता
मुलघाट सुभाङखोला, गणेशचौकसम्मको ११२ किमी सडक खण्डको कालोपत्रे गर्नका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । चेनेज ४३+००० मुलघाटदेखि १०९+००० हांगठुवा सम्मको ६६ किमी सडकको कालोपत्रे गर्ने ठेक्का रौताहा÷क्षमादेवी जेभी काठमाण्डौले पाएको छ । २ अर्ब ४१ करोडको उक्त ठेक्का सम्झौता २०७९ कार्तिक ६ गते भएपनि हालसम्म उसले १६ किमीमात्र कालोपत्रेको काम सम्पन्न गरेको छ । तमोर करिडोर सडक आयोजनाका प्रमुख प्रदीप निरौलाका अनुसार हालसम्म रौताहा÷क्षमतादेवीको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । यसैगरि चेनेज १०९+००० हाँगठुवा देखि १५५+००० गणेशचौक सम्मको दोस्रो प्योजको ४६ किमी सडक कालोपत्रेको जिम्मा एपेक्स कस्ट्रक्सन काठमाण्डौले पाएको छ । कुल १ अर्ब २७ करोडमा भएको उक्त सडकको भौतिक प्रगति ४० प्रतिशत रहेको छ । आयोजनका प्रमुख निरौलाका अनुसार २०७९ कार्तिक ६ गते सम्झौता भएर २०८२ कार्तिक ५ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ११ ठाउँमा आएको पहिरो र सोको व्यवस्थापनका लागि अध्ययन भइरहेको र बजेट माग गरिएको छ । मुलघाट सुभाङखोला, गणेशचौकसम्मको ११२ किमी सडक खण्डको कालोपत्रे गर्नका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । चेनेज ४३+००० मुलघाटदेखि १०९+००० हांगठुवा सम्मको ६६ किमी सडकको कालोपत्रे गर्ने ठेक्का रौताहा÷क्षमादेवी जेभी काठमाण्डौले पाएको छ । २ अर्ब ४१ करोडको उक्त ठेक्का सम्झौता २०७९ कार्तिक ६ गते भएपनि हालसम्म उसले १६ किमीमात्र कालोपत्रेको काम सम्पन्न गरेको छ । तमोर करिडोर सडक आयोजनाका प्रमुख प्रदीप निरौलाका अनुसार हालसम्म रौताहा÷क्षमतादेवीको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । यसैगरि चेनेज १०९+००० हाँगठुवा देखि १५५+००० गणेशचौक सम्मको दोस्रो प्योजको ४६ किमी सडक कालोपत्रेको जिम्मा एपेक्स कस्ट्रक्सन काठमाण्डौले पाएको छ । कुल १ अर्ब २७ करोडमा भएको उक्त सडकको भौतिक प्रगति ४० प्रतिशत रहेको छ । आयोजनका प्रमुख निरौलाका अनुसार २०७९ कार्तिक ६ गते सम्झौता भएर २०८२ कार्तिक ५ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ११ ठाउँमा आएको पहिरो र सोको व्यवस्थापनका लागि अध्ययन भइरहेको र बजेट माग गरिएको छ । उहाँले भन्नुभयो, ठेक्का रकमको अनुपातमा न्यून बजेट विनियोजन भएको हुँदा निर्माण कार्यको भुक्तानी समयमै हुन नसक्दा निर्माण प्रगतिमा असर परेको छ । हालसम्म एपेक्स कस्ट्रक्सनले कुनै प्रकारको कालोपत्रे गर्न सकेको छैन । ओभरअल दुवै आयोजनाको प्रगति विवरण ५५ प्रतिशत भएपनि नाली, वाल, अलाइमेन्टमा धेरै खर्च गर्नुपर्ने हुन्छ । अबको काम धेरै देखिने खालको हुन्छ कालोपत्रे मेटेरियल भएमा मेसिनले गर्ने हुँदा त्यो चाँडै हुन्छ । तर बजेट अभावले काम प्रभावित हुने देखिएको आयोजना प्रमुख निरौलाको कथन छ ।
हेवा खोलाको बाढीले आठ सय मिटर सडक बगायो


गत असोज १०, ११ र १२ गतेको अविरल बर्षाका कारण हेवा खोलामा आएको बाढीले तमोर करिडोर अन्तर्गतको ८ सय मिटर सडक माझीटारमा पूर्ण रुपमा बगाइदिएको छ । सो सडकको पुन : निमाण बैकल्पिक Alignment तथा Alignment Shift गर्ने पूर्व तयारी भइरहेको समेत आयोजना प्रमुख निरौलाले जानकारी दिनुभयो । हाल उक्त सडक खण्डमा डाइभर्सन गरेर यातायात चलाइएको छ । हेवा खोलाको बेलीब्रिज समेत बगाएको छ । अब माझीटारको क्षतिग्रत सडकलाई रि एलाइमेन्ट गर्ने कि त्यही ठाउँबाट गर्ने भनेर विभागसँग सल्लाह भइरहेको छ । शायद त्यसमा अलिकति एलाइमेन्ट चेन्ज हुन्छ होला । अहिले भएको स्थानबाट ३० मिटर माथि भित्ताबाट अर्को एलाइमेन्टको तयारी पनि हुँदैछ र यसका लागि स्वीकृति लिने प्रयास भइरहेको छ ।
११२ किमीमा नौ वटा पुल, चारवटाको ठेक्का व्यवस्थापन
तमोर करिडोरको मुलघाटदेखि गणेशचौकसम्मको सडक खण्डमा साना ठूला गरी ९ वटा पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म कुनै पुल नबने पनि ४ वटा पुलको भने काम शुरु भइसकेको छ । उक्त सडक अन्तर्गत छरुवा खोलाको पुल लुम्बिनी रौतहा खिम्ति जेभीले रु १७२३७९५४० र धुवाखोला, कम्भुवा खोला, भगुवा खोलाको कुमार श्रेष्ठ स्वामी नारायण आर्शीवाद जेभीले रु २२५२७५७८०, हेवा खोला, लोरिप्पा खोला, लखुवा खोला, नावा खोलाको शर्मा सगुन जेभीले रु ३७२१५३६४० र तमोर खोला चतराघाट धनकुटाको कुमार श्रेष्ठ स्वामी नारायण आर्शीवाद जेभीले रु २९८७२४३०० मा ठेक्का लिएका छन् । तर हाल नारा खोलाको काम शुरु भएको छ, रघुवा खोलाको फाउन्डेशन मात्र शुरु भएको, छरुवा र कम्भुवा खोलामा समेत निर्माणको तरखर भएको छ ।
चतरादेखि मुलघाटसम्मको ४३ किमी सडक अलपत्र
चतरादेखि मुलघाट हुँदै तुम्बेवा, कुम्याङसम्मको माझीटार, मौवा, फलामेटार (धनकुटा) लगायतका स्थान जोड्दै गणेशचौकसम्म जोड्ने तमोर करिडोरको जिरोमाइल चतरादेखि मुलघाटसम्मको सडक यतिबेला बजेट अभावमा अलपत्र परेको छ । आयोजना प्रमुख प्रदीप निरौलाका अनुसार चतरादेखि मुलघाटसम्मको ४३ किमी सडक खण्डको सडक विभागले ट्रयाक खोलेपनि थप काम अगाडि बढ्न सकेको छैन । त्यताको सडक अवस्था अहिले जस्ताकोतस्तै छ । सडक विभागले ट्रयाक खोलिसकेपछि विभागसँग पैसा माग्यौ पैसा पाइएन । अहिलेसम्म उक्त सडकको बहुबर्षीय योजना अन्तर्गत स्वीकृति समेत भएको छैन । पैसा आउने सम्भावना पनि छैन । अपग्रेसनका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयबाट वहुबर्षीय स्वीकृति आउनु पर्ने हो । यसका लागि गत बर्ष पनि प्रयास गरियो । यो बर्ष पनि प्रयास गरियो । तर त्यसमा कुनै पनि बजेट विनियाजन भएको छैन । बजेट विनियोजन नभएपछि ठेक्का व्यवस्थापन हुने कुरा पनि भएन ।

तपाईको प्रतिक्रिया