धरान १६ ले वडा स्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गर्दै

धरान । स्थानीय स्तरमा महिलाहरुको फुटबल प्रतियोगिता नभइरहेको अवस्थामा धरान उपमहानगरपालिका १६ नं. वडा कार्यालयले वडा स्तरिय महिला रनिङ्गकप फुटवल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । ग्रासरुटबाटै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले वडाले जनपथ जागरण समाजको संयोजनमा यही २२ गतेदेखि ३० गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । धरानमा पुरुषलाई लक्षित गरी बुढासुब्बा गोल्डकप, वडास्तरीय गोधुली फुटबल प्रतियोगिता लगायत धेरै प्रतियोगिता हुने गरे पनि महिलालाई लक्षित गरी प्रतियोगिता नहुने भएकोले वडास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको १६ नं. वडा समितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका कारण वडास्तरीय महिला फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुनै अपेक्षा लिएको वडाध्यक्ष भट््टराइले बताउनुभयो ।

फुटबलका खेलका गतिविधि धेरै भएकै कारण धरानलाई मिनी ब्राजिल भनिए पनि महिलालाई लक्षित गरेर राखिएको अहिलेसम्मकै यो प्रतियोगिता रहेको आयोजकको दाबी छ । प्रतियोगितामा धरान २० वटै वडालाई समेट्ने प्रयास भइरहेको वडाध्यक्ष भट्राईले जानकारी दिनुभयो । महिला फुटबल खेलाडी उत्पादनमा तीनै तहका सरकारले खासै चासो नदिइरहेको अवस्थामा १६ नं. वडा समितिले चासो दिएर जुन प्रतियोगिता आयोजना गर्न लगिएको छ यो सह्रानीय भएको फुटबल प्रशिक्षक उमेश जिमीले बताउनुभयो । उहाले यस्ता प्रतियोगितालाई सबैले सहयोग र साथ दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । १६ नं. वडा समितिले आयोजना गर्न लागेको वडा स्तरीय महिला फुटबल प्रतियौगिताले खडेरी रहेको महिला फुटबल खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिइएको
छ ।

तपाईको प्रतिक्रिया