धरान । धरानमा खेलकुदका गतिविधि धेरै हुन्छन् । फुटबल, भलिवल, टेवलटेनिस, बास्केटबल लगायतका खेलकुदका गतिविधिहरु ह्ुने गर्छन् । धेरै खेलहरु तीन तहकै सरकारको सहयोग प्राप्त हुने गर्छ तर धरानमा हुने गरेका बास्केट वल प्रतियोगिताहरु विद्यालय स्तर तथा बास्केटबल सम्बन्धी संघ संस्थाको प्रयासमा हुने गरेका छन् । नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो । धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो । नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ । तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । धरान बास्केट बल संघ, नेपाल बास्केट बल संघ दर्ता हुनुभन्दा अगाडिको संस्था हो । नेपालमा बास्केट बलको सुरुआत धरानबाट भएको इतिहास छ । नेपाल बास्केट बल संघका पूर्व अध्यक्ष दिवंगत लामा टेण्डी शेर्पा जो राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पनि हुनुहुन्थ्यो । ओलम्पिक कमिटीका महासचिव पनि हुनुभयो । तर त्यही इतिहास बोकेको बास्केटको प्रवद्र्धनमा सरकारी स्तरबाट न्यून सहयोग छ विद्यालय तथा बास्केटबलसम्बन्धी संघ संस्थाको बलमै बास्केटबल खेलको विकासमा टेवा पुगिरहेको छ । धरानमा विद्यालय स्तरका दुई वटा प्रतियोगिता हुन्छन् । एउटा डिपोट स्कुलमा अध्ययनरत पूर्व खेलाडी स्व. रेवाहाङ राईको स्मृतिमा रेवाहाङ विद्यालय स्तरीय बास्केटल प्रतियौगिता र अर्को मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप । बर्षैनी हुने यो प्रतियोगिताले ग्रास रुटदेखि नै बास्केट खेलाडी उत्पादन गर्ने काम गरेको छ । त्यस्तै धरान १७ को होराइज क्लबलले कोशी प्रदेशमा रहेका खेलाडीलाई समावेश गरेर प्रत्येक बर्ष बास्केटबल प्रतियोगिताको आयोजना गर्ने गर्छ । हरेक प्रतियोगितामा धरान बास्केट बल संघ र सुनसरी बास्केट बल संघले संयोजनको भूमिका निर्वाह गर्दै आइरहेको सुनसरी बास्केट बल संघका अध्यक्ष नारायण सुवेदी बताउनुहुन्छ ।
अहिले जति पनि प्रतियोगता तथा खेलाडी उत्पादन भएका छन् सबै सरकारी स्तरभन्दा पनि आफ्नै प्रयासले हुने गरेको छ । फुटबल खेलमामा राज्यले जति लगानी गरेको छ बास्केटबल खेलमा त्यति लगानी गर्न भने सकेको छैन । फुटबल खेल लगानी गरे जति बास्केटबल खेललाई पनि राज्यले लगानी गर्न सकेको खण्डमा बास्केट बललले पनि नेपालमा राम्रै स्थान जमाउने प्रशिक्षक विकास राई बताउनुहुन्छ ।
विगतमा बास्केट खेलका संघ संस्था भएपनि विद्यालय स्तरबाट पनि कमै प्रतियोगिता हुन्थे । लगानी नभए पनि बास्केट बल खेल्न विगतको जस्तो अफ्ठ्यारो परिस्थिति भने नभएको बास्केट बलका राष्ट्रिय खेलाडी डा.आशा राई बताउनुहुन्छ ।यता सानै उमेरदेखि बास्केटबल खेलमा लागेकाहरुलाई पनि विद्यालय स्तरबाट हुने गरेका प्रतियोगिताले भविष्यमा राष्ट्रिय खेलाडी हुने चाहनालाई केही हदसम्म पूरा गर्ने प्रयास भने गरेका छन् । विद्यालयहरुले समेत विद्यालय स्तरबाटै हुने प्रतियोगिताले आफ्नो खेलको विकास गर्न सहयोग पुगेको बताएका छन् ।
आफ्नै बलबुतोले सञ्चालन भएका यस्ता प्रतियोगितामा राज्यले खेल क्षेत्रको महत्व नबुझेको खेलाडी तथा खेलको विकासमा लागेकाहरुले बताउने गरेका छन् । राज्यले समेत यस्ता प्रतियोगिताको अपनत्व गरेर अगाडि बढाउन सकेको खण्डमा नेपालमा खेलको प्रवद्र्धनसँगै खेलाडीको भविष्य समेत सुनिश्चित हुनेमा दुईमत छैन ।