दश बर्षमा विश्वकप खेलाउनका लागि एन्फाको लक्ष्य

धरान । २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको धरान एकाडेमीले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । २०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमी अहिले चौथौ व्याचको प्रशिक्षण सञ्चालन भइरहेको छ । एकाडेमीले आगामी १० भित्रमा खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेसँगै यो योजनालाई अगाडि बढाउन तीनै तहको सरकारले सहयोग पु¥याउन एकाडेमीले आग्रह समेत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत सञ्चालित एन्फा एकाडेमी धरानमा सञ्चालित एकाडेमीमा बार्षिक १ करोड १० लाख रुपैया खर्च हुने भएकोले सञ्चालनमा समस्या भएको जनाएको छ । एन्फा एकाडेमी सञ्चालन समितिका अधयक्ष, प्रदेश फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका मानार्थ उपाध्यक्ष किशोर राईले कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीसमक्ष न्यून बजेटका बाबजुद पनि एकाडेमी सञ्चालनमा आएको वृतान्त सुनाउनु भएको थियो । उहाँले एन्फाबाट २६ लाख सहयोग प्राप्त हुने र बाँकी स्थानीय सरकार, खेलकुदको विकासमा चासो राख्नेहरुसँग सहयोग जुटाउँदै सञ्चालनमा गर्दै आएको मुख्यमन्त्री कार्कीसमक्ष राख्नुभयो । उहाँले स्थानीय सरकार तथा कोशी प्रदेश सरकारले सहयोग गर्दै आएको बजेट घट्दै गएको गुनासो पोख्नुभयो । उहाँले आगामी १० बर्षभित्रमा यहाँबाट उत्पादन भएका खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेका कारण प्रदेश सरकारले यो योजनालाई अगाडि अगाडि बढाउन सहयोग पुग्ने गरी बजेट सुनिश्चिता गर्न मुख्यमन्त्री कार्कीसमक्ष माग गर्नुभयो ।


विद्यार्थी खेलाडीहरुलाई खेलकुद सामाग्री वितरणका लागि धरान १७ एन्फा एकाडेमीको हलमा पुग्नु भएका मुख्यमन्त्री कार्कीसमक्ष सो कुरा राखिसकेपछि मुख्यमन्त्री कार्कीले यसलाई सरकारात्मक रुपमा लिनु भएको थियो । उहाँले सरकारले खेलकुद क्षेत्रमा बजेट अन्त्यन्तै न्यून छुट्याएको बताउदै आगामी दिनमा बजेट बढाउने कुरामा पहल गर्ने बताउनुभयो । उहाँले एन्फा एकाडेमीले बनाएको १० बर्षै कार्ययोजना प्रदेश सरकारसमक्ष लिखित रुपमा बुझाउन आग्रह गर्दै यसमा कोशी प्रदेश सरकारले खुलेर सहयोग गर्ने प्रतिबदता जनाउनुभयो । अहिले एकाडेमीमा ३० जना विद्यार्थीहरु फुटबलको प्रशिक्षण लिँदै आएका छन् । खेलाडी कोशी प्रदेशका १६ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु यस एकाडेमीमा प्रशिक्षण लिँदै आएका छन् । सानै उमेरदेखि प्रशिक्षण दिई राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ एकाडेमीसँगै ग्रास रुटदेखि नै फुटबल प्रतियोगिता गर्दै आएको एन्फाले एकाडेमी गरे पनि बजेट अभावले सञ्चालनमा समस्या उत्पादन हुदै आएको छ । तर कोशी प्रदेश सरकारले १० बर्षे सम्झौता नै गरेर बजेट सुनिश्चता गरेर एकाडेमी सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै एमाडेमीको १० बर्षै योजनालाई सहयोग पुग्ने अपेक्षा एन्फा एकाडेमी सञ्चालन समितिले राखेको छ ।

तपाईको प्रतिक्रिया